एसएलसी परीक्षाको तयारी पूरा


एसएलसी परीक्षा सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ ।

चैत १० गतेदेखि सुरु हुने २०६७ सालको प्रवेशिका परीक्षा सञ्चालन गर्न आवश्यक सबै तयारी पूरा भइसकेको परीक्षा नियन्त्रक सूर्य गौतमले बताए । यसपालिको परीक्षामा देशभरी पाँच लाख पाँचजना परीक्षार्थी सामेल हुनेछन् ।

परीक्षा सञ्चालनका लागि देशभरिमा एक हजार ६ सय ७५ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षालाई मर्यादित बनाउन एक हजार ६ सय ७५ जना केन्द्राध्यक्ष नियुक्ति गरिसकेको र २५ परीक्षार्थी बराबर एकजना परीक्षा निरीक्षकसमेत तोकिएको छ ।

यसपटक नेपालमै जनक शिक्षा सामग्री केन्द्रमा प्रश्नपत्र छापेर जिल्ला–जिल्लामा पु¥याइसकेको परीक्षा नियन्त्रक गौतमले जानकारी दिए । एसएलसी परीक्षामा हुने अनियमितता, चिट चोर्ने र चोराउनेलाई नियन्त्रण गर्न परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र रहेको विद्यालय ’round मानिसको जमघट हुन नदिने तयारी गरेको जनाएको छ ।  यसपटकको परीक्षामा सबैभन्दा बढी काठमाडौंमा ३२ हजार ८३ जना र सबैभन्दा कम मुस्ताङमा ९० जना परीक्षार्थी  छन् ।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.