उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीले अब आउने नयाँ बजेटमा छात्राहरुका लागि १२ कक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था गरिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा जैन श्वेताम्बर तेरापन्थ महिला मण्डलले शनिबार आयोजना गरेको महिला सम्मेलन तथा सम्मान कार्यक्रममा अधिकारीले नेपाली महिला शिक्षाबाट बञ्चित रहँदै आएकाले उनीहरुलाई शैक्षिकरुपमा सशक्त बनाउन यस्तो व्यवस्था गरिने बताउनुभयो । सहरी क्षेत्रका भन्दा ग्रामीण क्षेत्रका महिलामा आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायतका धेरै समस्या देखिएको भन्दै उहाँले तल्लोस्तरका महिलाहरुका लागि काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा उपप्रधानमन्त्री अधिकारीले धार्मिक क्षेत्रमा योगदान दिएबापत समाजसेवी पुखराजदेवी सेठियालाई नारी सम्मान-२०११ बाट सम्मानित गर्नुभयो ।
Posted by: Raju Gurung