सुनको मूल्य सामान्य गिरावट


चैत्र ६ – स्थानीय बजारमा गत साता उच्च बिन्दुमा पुगेको सुनको मूल्य फेरि ओरालो लागेको छ । अघिल्लो साता स्थानीय बजारमा नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य यस साता तोलामा तीन सय रुपैयाँले घटेको छ । जापानले यसै साता सुन बेचेकाले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा केही गिरावट आएको हो । लिबियाको समस्या अझै नसुल्भिmएकाले मूल्यमा उल्लेख्य गिरावट नआएको विश्लेषकहरू बताउँछन् ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार स्थानीय बजारमा साताको पहिलो दिन प्रतितोला सुनको मूल्य ४० हजार ४ सय ५० (दस ग्राममा ३४ हजार ६ सय ८०) रुपैयाँ कायम भएको थियो । शुक्रबार गिरावट आएर ४० हजार १ सय ५० (दस ग्राममा ३४ हजार ४ सय २५) रुपैयाँ कायम भयो । यसअघि अघिल्लो सोमबार प्रतिदस ग्रामको मूल्य ४० हजार ६ सय ९५ रुपैयाँ पुगेको थियो ।

‘जापानले सुन बिक्री गरेकाले अन्तराष्ट्रिय मूल्यमा केही गिरावट आएकाले स्थानीय मूल्य ओरालो लागेको हो,’ संघका अध्यक्ष तेजरत्न शाक्यले भने, ‘लिबियाको समस्या सुधार नभएकाले उल्लेख्य गिरावट आउन सकेन ।’

स्थानीय बजारमा सोमबार सुनको मूल्य साताकै उच्च बिन्दुमा पुगेको थियो । सोमबार प्रतिदस ग्राम सुनको मूल्य ३४ हजार ८ सय ९० रुपैयाँ कायम भएको थियो । अन्तर्राष्ट्रिय बजारमा पनि सोमबार मूल्य उच्च भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिआउन्स सुनको मूल्य १ सय १ हजार ४ सय ३१ अमेरिकी डलर रहेको थियो । सोमबार बढेर आउन्समा १ हजार ४ सय ३७ डलर पुग्यो । शुक्रबार यो मूल्यमा गिरावट आई १ हजार ४ सय १२ डलर पुगेको थियो ।

संघका अनुसार स्थानीय बजारमा मंगलबार प्रतिदस ग्राम सुनको मूल्य ३४ हजार ७ सय ६५ डलर कायम भयो । बुधबार अझ घटेर दस ग्रामको ३४ हजार ६ सय ३५ पुग्यो । बिहीबार अघिल्लो दिनको भन्दा केही गिरावट आई दस ग्राममा ३४ हजार ६ सय ८० कायम भयो ।

यस साता चाँदीको भाउ भने उच्च बिन्दुमा रहेको छ । साताको पहिलो दिनको दाँजोमा तोलामा झन्डै ११ रुपैयाँ बढेर शुक्रबार प्रतितोला चाँदीको भाउ एक हजार -दस ग्राममा ८ सय ५७ दशमलव ५०) रुपैयाँ कायम भयो ।

साताको पहिलो दिन प्रतिदस ग्राम चाँदीको मूल्य ८ सय ४७ रुपैयाँ रहेको थियो । बुधबार प्रतिदस ग्राममा ८ सय ६२ पुगेर उच्च मूल्य कायम गर्‍यो । अन्तर्राष्ट्रिय बजारमा यस साता चाँदीको भाउ आउन्समा ३६ डलर माथि पुगेको छ ।

Posted by: DPR                                                                          Source:ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.