विषादीले एकै दिन १५ गिद्ध मरे


जटायु रेस्टुरेन्टमा संरक्षण गरिएका १५ वटा गिद्ध विषादीका कारण मरेका छन् । बिजौरीस्थित पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रले सञ्चालन गरेको जटायु रेस्टुरेन्ट क्षेत्र नजिकै विषादी हालेको सिनो खाएपछि गिद्ध मरेका हुन् । हापुर ६, हिम्मतपुरका टेकबहादुर रोकाको कुकुरलाई कसैले विष खुवाएर मारिदिएपछि गिद्धले खाएका थिए ।

बिष हालेको सिनो खाएपछि १४ गिद्ध उक्त ठाउँमै मरेको र एक गिद्ध रेन्टुरेन्टभित्रै मरेको केन्द्र अध्यक्ष डिल्लीबहादुर रावतले बताए । सिनोका कारण अन्य २५ भन्दा बढी गिद्ध पनि मरेको हुनसक्ने रोकाले बताए । ‘दुःख गरी संरक्षण गरेका गिद्ध एकै दिन नष्ट भए’, उनले भने, ‘मानिसको सानो लापरवाहीले ठूलो क्षति भयो । ‘मरेका सबै गिद्ध डंगर प्रजातिका रहेको उनले बताए । बिजौरी ९, स्यालापानीमा सञ्चालित जटायु रेस्टुरेन्टमा विभिन्न प्रजातिका सयभन्दा बढी गिद्ध रहेको रावतले बताए । ‘शुद्ध आहाराका लागि रेस्टुरेन्टमा स्वच्छ पशु राखिएको छ । ३० वटा पशु राखेर पशु वृद्धाश्रम पनि बनाइएको छ’, उनले भने, ‘गिद्ध आहारा खोज्दै टाढासम्म पुग्ने भएकाले चाहेअनुसार संरक्षण गर्न कठिन भयो ।

गाउँलेको लापरवाहीले ठूलो लगानी खेर गयो । ‘जटायु रेस्टुरेन्ट खुलेपछि गिद्धको संख्या बढेको थियो । साथै जिल्लालाई गिद्ध मृत्युको मुख्य कारण मानिएको ‘डाइक्लोफेनेक’ औषधिमुक्त क्षेत्र घोषणा गरिएको छ । विषादी प्रयोग गरिएका सिनो सुरक्षित गाड्नुपर्नेमा चेतना फैलाउन नसक्दा संरक्षित गिद्ध पहिलोपटक यति ठूलो संख्यामा मरेका हुन् । ‘मुक्त क्षेत्र घोषणा गरे पनि कार्यान्वयन हुन सकेन’, रावतले भने, ‘चेतना अभावमा यस्तो गल्ती भएको हो ।

‘लालमटिया ४ स्थित कालिका सामुदायिक वनमा स्थानीय वन समूह र बिजौरी ३, स्यालापानीमा पर्यावरणीय दिगो विकास केन्द्रले तीन वर्षदेखि जटायु रेस्टुरेन्ट सञ्चालन गरेका छन् । नेपालमा पाइने ८ प्रजातिमध्ये लालमटियामा सात प्रजातिका गिद्ध पाइन्छन् । हाडफोर बाहेक डंगर, सानो खैरो, खैरो, हिमाली, सुन, गोब्रे सेतो र राज जातका गिद्ध रहेको कालिका जटायु रेस्टुरेन्टका संयोजक मोती अधिकारीले बताए । सबै नागरिक सचेत नहुँदासम्म गिद्ध संरक्षणम कठिनाइ हुने उनले बताए । कालिका वनमा अहिले १ सय ३५ बढी गिद्ध रहेको अधिकारीले बताएका छन् । पशुमा विषादी प्रयोग नरोक्दासम्म गिद्ध बचाउन समस्या हुने उनले बताए ।

Posted by: DPR                                                     Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.