अस्ट्रेलियाले जित्छ। ’cause, यो टिम सन्तुलित छ । उसको बलिङ्, ब्याटिङ् र फिल्डिङ् तीनै पक्ष राम्रो छ ।-भारतले जित्छ । भारतीय टिममा सचिन तेन्दुलकर छन् । र, सबै खेलाडी ‘र्फम’मा देखिन्छन् । -श्रीलंका नै यसपटकको विश्व च्याम्पियन बन्छ। ’cause, संगाकाराजस्ता कप्तान, तिलकरत्ने दिल्सान, माहेला जयवर्द्धनेजस्ता विस्फोटक ब्याट्सम्यान र बलिङ्तर्फ मुरलीधरन र मालिंगा चम्केपछि कसको के लाग्छ र?-दक्षिण अपि|काले जित्छ । ’cause, यो टिम ज्यादै सन्तुलित छ। साथै, सधैँ अभागी टिमका रूपमा चित्रित हुन चाहन्न । नेपालसँगको कुराकानीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, प्रशिक्षक जगत टमाटा, अभिनेत्री ऋचा शर्मा र व्यवसायी सौरभ ज्योतिले क्रिकेटका ’boutमा यस्तै यस्तै आकलन गरेका छन्। यी क्रिकेटप्रेमीमध्ये कसको आकलन सही ठहरन्िछ, त्यो हेर्न अझ केही साता कुर्नैपर्छ। तर, विश्वकप क्रिकेटको पहिलो चरणका खेल समाप्त हुनै लाग्दा यसका ’boutमा अनुमान गर्ने र विभिन्न निचोड निकाल्ने क्रिकेट पारखीको संख्या भने ह्वात्तै बढ्न थालेको छ। ६ चैतमा वेस्टइन्डिज र भारतबीचको खेल सकिनासाथ पहिलो चरणका खेल समाप्त हुनेछन् भने ९ चैतदेखि नकआउट चरण सुरु हुनेछ।
क्रिकेट आफँैमा अनिश्चित खेलका रूपमा चिनिन्छ। यसमा अन्तिम बल र विकेट रहेसम्म नतिजा कसको पक्षमा जान्छ भन्ने अनुमान गर्न कठिन छ। तैपनि, खेलाडीको योग्यताका आधारमा कुन टिम कत्तिको बलियो छ भन्ने अनुमान गर्न भने कठिन छैन। नेपाली यू-१९ समूहका प्रशिक्ष्ाक टमाटा यसपालिको विश्वकप क्रिकेटमा भारत र दक्षिण अपि|कालाई बलियो दाबेदारका रूपमा प्रस्तुत गर्छन्। भन्छन्, “दुवै टिममा स्टार खेलाडीको बाहुल्य छ र सन्तुलन पनि त्यही मात्रामा छ।”
४३ दिन लामो यस क्रिकेट यात्रामा पनि ‘टस’को स्थान महत्त्वपूर्ण हुने निश्चित छ। मैदानको अवस्था अनुसार ब्याटिङ् र फिल्डिङ् रोज्ने अवसर टस जित्नेलाई हुन्छ। त्यसैले यस विश्वकपमा कसको पल्ला भारी छ भनेर अनुमान लगाउनु अहिले नै कठिन छ। खेल हेरेर आफ्नो रोजाइका टिमका ’boutमा लख काट्नेहरूका तर्क आ-आफ्नै ठाउँमा छन्। तीन देशका १३ वटा रंगशालालाई प्रयोगमा ल्याइएको यस विश्वकपका लागि तयार भएका अधिकांश मैदान ब्याटिङ् र स्िपन बलरलाई सघाउने खालका छन्।
विश्वकप क्रिकेटको पहिलो चरण पार गरसिक्दा कतिले आफ्नो प्रभुत्वलाई कायम राख्न सकेका छैनन् भने कतिले विगतका भन्दा राम्रा प्रदर्शन गररिहेका छन्।
निकै जोडदार र तामझामका साथ छिमेकी मुलुकहरूमा सुरु भएको विश्वकप क्रिकेटलाई निकै रोचकपूर्ण तरकिाले टीभीदेखि इन्टरनेटहरूमा यसको स्कोर थाहा पाउन क्रिकेटका पारखीहरू लालायित भएका छन्।
अहिलेसम्मका खेलमा समूह ‘ए’बाट न्युजिल्यान्ड, पाकिस्तान, श्रीलंका र अस्ट्रेलियाले क्वार्टरफाइनल अर्थात् नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरसिकेका छन्। समूह ‘बी’बाट दक्षिण अपि|का र भारतको नकआउट चरण प्रवेश निश्चित भइसके पनि वेस्टइन्डिज, बंगलादेश र इंग्ल्यान्डमध्ये कुन दुई टिम अर्को चरणमा प्रवेश गर्ने हुन्, त्यो भने हेर्न बाँकी नै छ। विश्वक्रिकेटको जन्मदाताका रूपमा चिनिने इंग्ल्यान्डले ३ चैतमा वेस्टइन्डिजमाथि सनसनीपूर्ण जित हासिल गरे पनि उसको नकआउट चरण प्रवेश भने
अन्योलमै छ।
प्रशिक्षक टमाटाको अनुमानलाई आधार मान्ने हो भने श्रीलंका र अस्ट्रेलिया अन्तिम चारमा पुगिसकेका छन्। बंगलादेशबाहेक सबै खेल घरेलु मैदानमा खेल्ने भएकाले मात्र भारतलाई बलियो मानिएको होइन, वीरेन्द्र सहवाग र विराट कोहली र्फममा रहनु र युवराज सिंह र्फममा फर्किने सम्भावनाले पनि भारतलाई बलियो दाबेदारका रूपमा हेरनि थालिएको छ। सचिन तेन्दुलकरको विस्फोटक ब्याटिङ् र युवराज सिंह तथा हरभजन सिंहको घातक बलिङ् विपक्षीको ब्याटिङ् ‘लाइन-अप’लाई धराशयी पार्न सक्षम छ। आयोजकका हिसाबले भारतमाथि घरेलु दर्शकको ठूलो अपेक्षा र दबाब पनि रहेको छ। तर, यस दबाबलाई थेग्दै आफू अनुकूल नतिजा निकाल्न कप्तान महेन्द्रसिंह धोनी सक्षम हुन्छन् कि हुँदैनन् भन्ने कुराको निक्र्योल आगामी खेलहरूले नै गर्ने छन्।
यसपल्टको अर्को आयोजक बंगलादेश भने भिन्नखाले दबाबमा छ। माथिल्लो स्तरमा क्रिकेट खेल्न सक्षम छु भनेर देखाउन बंगलादेशलाई सहज छैन। इंग्ल्यान्डलाई हराएर अप्रत्यासित नतिजा निकालेको यस टिममा युवा पुस्ताको प्रभुत्व भएकाले बंगलादेशी टिमलाई पनि कम आँक्न नहुने टिप्पणीहरू सुनिन थालिएको छ। बंगलादेशले हालै भएको एक दिवसीय शंृखलामा न्युजिल्यान्डजस्तो टिमलाई जितेर सबैलाइै छक्क पारेको थियो। श्रीलंका पनि पहिलो खेलमा सजिलै क्यानाडाविरुद्ध विजयी रह्यो। एकथरी क्रिकेट विशेषज्ञ श्रीलंकालाई सम्भावित विजेता मान्छन्। तर, अहिलेको टिमसँग पछिल्लो विश्वकप विजेता टोलीको जस्तो इख छैन। फेर ियसपल्ट कप्तानका रूपमा अर्जुन रनतुंगा पनि छैनन्। यसपल्टको विश्वकपकोे चर्चा गर्दा पाकिस्तान दुर्भाग्यशाली देश हो, आयोजन गर्ने मौका पाएर पनि सुरक्षाका कारण यसले विश्वकप आयोजन गर्ने मौकासमेत गुमायो। इमरान खानको नेतृत्वमा विश्वकप जित्दा पनि यस्तै स्िथति थियो। तर, टिमले गुपचुप विश्वकप जितेको थियो। लडाकू प्रवृत्तिका पाकिस्तानी खेलाडी कतिखेर र्फममा आउँछन्, अनुमान लगाउन गाह्रो छ।
पाहुना टिमका रूपमा रहेका अस्ट्रेलिया र दक्षिण अपि|कालाई पनि आफूलाई उत्कृष्ट टोलीका रूपमा प्रस्तुत गर्ने असली मौका यो बनेको छ। पहिलो चरण पार गरेको अस्ट्रेलिया लगातार चौथोपटक विश्वकप जित्ने अभियानलाई साकार पार्ने मुडमा देखिन्छ। तर, उसका लागि पनि बाटो भने सहज छैन। प्रतिस्पर्धी टिमका खारएिका र अनुभवी खेलाडीका कारण उसले आफ्नो चुनौतीलाई कडै रूपमा प्रस्तुत गर्न सक्नुपर्छ। विश्व क्रिकेटको कुरा गर्दा दक्षिण अपि|का ज्यादै सन्तुलित र बलियो टिम मानिन्छ।
अभागी टिमका रूपमा चिनिने दक्षिण अपि|की टिमका अहिलेसम्मका म्याचलाई हेर्दा विगतका संस्करणहरूमा जस्तै सबल र सन्तुलित टिमकै रूपमा देखा परेको छ। तर, निणर्ायक चरणमा असफल हुने विगतको शंृखलालाई यसपटक दोहोरनि नदिए यस टिमले विश्वकप नजित्ला भन्न सकिन्न। यसबाहेक जिम्बाबे, केन्या, नेदरल्यान्ड्स, आयरल्यान्ड र क्यानाडा निकै कमजोर साबित भएका छन्। नकआउट चरण पुग्नुअगावै यी टिम घर र्फकने तयारीमा छन्।
नेपालमा विश्वकपको प्रभाव यसका खेलाडीहरूमा मात्र होइन, आमदर्शकमा पनि पर्न थालेको छ। विश्वकप क्रिकेटको तापले सबैलाई छोएको छ। यस महासंग्राममा कसले बाजी मार्ला, त्यसका लागि १९ चैतमा मुम्बईमा हुने फाइनलसम्म भने कुर्नैपर्छ ।
Posted By: DPR Source:ekantipur