यस्तो छ फागुले रंगिएको राजधानी


ऋषिकेश दाहाल – शुक्रबार साँझको झरीले चिसिएको राजधानी बिहानदेखि पूरै खुल्न सकेको छैन्। बादलले रंगहीन बनाउन खोजेपनि पनि वसन्तको आगमनको संकेत गर्ने फागुनले राजधानी रंगमय बनेको छ। ओसिएका भुईहरु आज सुक्ने छाँट छैन।
राजधानीका दुई प्रमुख केन्द्र बसन्तपुर क्षेत्र र ठमेल पूरै रंगमय छन्। स्वदेशीमा भन्दा विदेशीमा मोह देखिएको छ फागुको। होलिका वधको कथाले भन्दा पनि रङ र पानीले रौसिन चाहने फागुलाई रङ्ग्याएको छ। अनुहारभरि विभिन्न रङ पोतेर युवा युवती अरुभन्दा फरक देखिने होडमा छन्।

ठमेलका दुई प्रमुख चोकमा पानी र रङ खेल्नेहरु अन्यत्रभन्दा धेरै सक्रिय छन्। यहाँ विदेशीहरु नेपालीभन्दा धेरै भेटिनु स्वभाविक पनि हो। नजिकैका रेस्टुराँहरुमा कफीमा मस्त रहेका विदेशीका गालामा हरिया, निला र राता रङहरु आकर्षक देखिएका छन्। सेतो छाला फागुका रङका लागि अझ राम्रो ‘क्यानभास’ झै लाग्छ। ‘खै किन यस्तो गरेको त थाहा छैन तर रमाइरलो लागेको छ,’ काठमाडौं गेष्टहाउस अगाडि भेटिएकी क्यानडाली क्याथेरिनाले भनिन्। उनी संवाददातासँग कुरा गर्दा पनि चटपटे नजरले चारैतिर भ्याइरहेकी थिइन्। उनको हातमा जो क्यामरा थियो।

कम्प्याक्ट डिजिटलदेखि डीएसएलआरका लेन्स घुमाउनेहरु पनि सजग देखिन्थे। क्यामराको लेन्ससम्मै प्लास्टिको वर्षादी लागेका छन्। रेष्टुराँका छतबाट कुनबेला कसले पानी ओइर्‍याइदिन्छ के भर ! क्यामरा जोगाउनु कम जोखिम छैन, यहाँ। राम्री विदेशी युवती ठमेलका युवाको छिटो ‘सिकार’ हुने हरेक वर्षकै ‘रोग’ हो। यसले फागुलाई यौनिक बनाएको छ। तर, विदेशीले विदेशीलाई रङ दल्दै ‘ह्याप्पी होली’भन्दा सबैले रमाइलो अनुभूति गर्छन नै। शुक्र’bout झरीले ओसिएका ठमेलका गल्ली आज सुख्खा हुने सम्भावना कमै छ। 

ठमेलको तुलनामा वसन्तपुर धेरै खुला छ। स्वभाविक पनि हो। राजधानीवासीमा ‘फागु फुक्यो’ भन्ने संदेश दिन गाडिएको चीर नयाँ सडकको गेट छिर्नासाथ देखिन्छ। तर मानिसहरुको चहलपहल यहाँ कमैमात्र छ। फराकिलो ठाउँ भएको र पानी खेल्न नसकिने भएकाले यहाँ रङ खेल्नेहरुमात्र देखिएका छन्। फाट्टफुट्ट पर्यटकहरु रंगिन अनुहारसहित देखा परेका छन्।

यसपाला फागुमा हुने होहल्ला केही कम महशुस गरेका छन्, राजधानीवासीले। सडक हरेक फागुमा जस्तै सुनासान नै छ। समूहमा फागु खेल्न हिड्नेहरुको संख्या तुलनात्मक रुपमा कम देखिन्छ। अघिल्लो वर्षजस्तो प्रहरीको परिचालन पनि देखिन्न। बेलुनलाई प्लास्टिकले विस्थापित गरेकाले ‘लोला’को परिभाषा फेरिनुपर्ने हो कि जस्तो देखिएको छ। प्रहरीले केही समयदेखि देखाएको सक्रियताले फागुमा हुने ‘खराब कुरा’ नियन्त्रणमा रहेको देखिन्छ।

संस्कृतिका आधारमा महत्त्व जे भएपनि व्यापरिक पनि बनेको छ यो पर्व। फागुको उपलक्ष्यमा राजधानी रेष्टुराँमा ‘प्याकेजहरु’ तयार छन्। मदिराहरु प्रायोजक बनेर ‘डिस्को संस्कृति’मा समेत ‘एड्जस्ट’ भएको देखिन्छ यसपालाको फागु।

Posted by: Shiva Paudel

Source: Nagariknews

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.