पैसावाललाई प्रेमको बढी खोजी


विश्वमा यस्तो कुनै वस्तु छैन, जुन मायाको पूरक बन्न सकोस् । सायद यसै कारण अकुत धनसम्पत्ति र इज्जतले पनि मायाको चाहनालाई कम गर्दैन,बरू अझ बढाउँछ । धनी बन्ने चक्करमा व्यक्तिविशेष पहिले पैसालाई प्राथमिकता दिन्छन् ।

तर जब पैसाको वर्षा हुन थाल्छ अनि उनीहरूलाई मायाको कमीले पिरोल्न थाल्छ । एउटा अध्ययनले के खुलासा गरेको छ भने विश्वका धनाढ्य व्यक्तिहरूमा रहेको पीडा भलै नदेखियोस्, तर वास्तविकता के हो भने अत्यधिक धनसम्पत्ति भए पनि उनीहरू मनले खुसी छैनन् ।

‘खुसी एवं धनका द्विविधाहरू’ शीर्षकमा जारी यो अध्ययन बोस्टन कलेजको वेल्थ एन्ड फिलान्थ्रोपी सेन्टरले गरेको हो । सेन्टरका अनुसार बढी पैसा भएकाहरू बढी बेचैन छन् । उनीहरूलाई काम गर्न मन लाग्दैन । प्रेम पाउने चक्करमा उनीहरूको घरसमेत प्रभावित हुन्छ ।

अति यौनेच्छा मनोविकार

यौनलाई लिएर मरिहत्ते गर्ने बानी छ, यौनेच्छा सामान्यभन्दा धेरै बढी छ भने यसलाई मनोविकारको श्रेणीमा सामेल गरिनेछ । अमेरिकी मनोविज्ञान संघका तर्फबाट प्रकाशित पुस्तिकामा योसँग सम्बन्धित चर्चा प्रकाशित गरिएको छ ।

अत्यधिक यौनेच्छाको विषय त्यो समय सबैभन्दा बढी चर्चामा आयो, जब टाईगर उड्स र रसेल ब्रान्डले यो स्थितिका लागि उपचारको माग गरेका थिए । उड्सले आपmनी श्रीमती रसेललाई धोका दिएको र धेरै युवतीसँग सम्बन्ध राखेको स्वीकार गरेपछि सन् २०१० मा उड्सले ६ महिनासम्म अति यौनेच्छा हटाउन उपचार गराएका थिए ।

बि्रटेनको स्वास्थ्य सेवा अन्तर्गत पनि यौनेच्छासँग सम्बन्धित विकारका लागि एउटा प्रारम्भिक परियोजना सुरु गर्न थालिएको छ ।

Posted by: DPR                                                                  Source: ekantipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.