नेपालकी चर्चित कलाकार निशा सुनारको कुवेत आगमन (फोटो फिचरसहित)


जय आले, कुवेत

१८ मार्च । नेपाल पर्यटन बर्ष २०११ लाई बिश्वव्यापी रुपमा प्रचार-प्रसार गर्ने सन्दर्भमा कुवेतमा प्रस्तुत हुन गईरहेको “युएई एक्सचेंज लाईभ कन्सर्ट-२०११” मा सहभागीता जनाउन नेपालकी चर्चित कलाकार “जो गायिका/नायिका/मोडल भनेर परिचित छिन” निशा सुनारको १८ मार्च २०११ को दिन, बेलुकीको ८ बजे कुवेत आगमन भएको छ ।

युएई एक्सचेंज कुवेत/हिमाल रेमिटको प्रायोजन र बिभिन्न क्षेत्रबाट नेपाली समाज कुवेतमा परिचित युवाद्वय श्री सौगात सुवेदी एवं कृष्ण मल्लज्यूको व्यक्तिगत आयोजनामा आगामी २५ मार्च २०११ का दिन प्रस्तुत हुन गईरहेको युएई एक्सचेंज लाईभ कन्सर्ट-२०११ को मुख्य पात्र बनेर निशा सुनार कुवेत आएकी हुन ।

‘जबकी कन्सर्ट प्रस्तुतिको समयावधी पुरा १ हप्ता बाँकी नै रहेको अवस्थामा निशालाई कुवेत झिकाईनुको रहस्य के हो’ भनी कुवेतनेपाल डटकमले राखेको जिज्ञासामा -खासगरी यो कन्सर्ट कुवेतका स्थानिय नेपाली कलाकारहरुलाई समेटी प्रस्तुत गरिने भएको र निशा सुनार गायन तथा नृत्य दुवै क्षेत्रमा निपूर्ण कलाकार भएकीले पनि हाम्रा स्थानिय कलाकारलाई प्रयाप्त मात्रमा अभ्यास र कुवेतवासी नेपालीलाई कन्सर्टबाट थप मनोरञ्जन मिलोस् भन्ने मनसायले निशा’लाई छिट्टै कुवेत ल्याईएको र भोलीदेखी नै निशा कुवेतका स्थानिय कलाकारहरुलाई अभ्यास/तालिम दिनमा खटिने आयोजक श्री सौगात सुवेदीले बताउनु भयो ।

यस्तै, कुवेतका कुन-कुन साँस्कृतिक संस्थाले यस कन्सर्टमा आफ्ना कलाकारलाई सहभागी गराएका छन भन्ने हाम्रो अर्को जिज्ञासामा साँस्कृतिक मञ्च, तामाङ्ग घेदुङ्ग र अन्य केही नव आगन्तुक कलाकारहरुले यस कन्सर्टमा भाग लिंदै रिहर्सलमा व्यस्त रहेको पनि वहाँले बताउनु भयो । साथै, “अब निशा’लाई कहाँ/कुन होटलमा बस्ने प्रबन्ध मिलाईएको छ त यती लामो समयको लागि” भन्ने हाम्रो अन्तिम जिज्ञासामा कुवेतको रिगाईस्थित आफ्नै निवासमा निशा’लाई व्यवस्थित किसिमले बस्ने व्यवस्था मिलाईएको पनि आयोजक श्री सौगात सुवेदीले जानकारी दिनु भयो ।

निशाको स्वागतार्थ कुवेत एअरपोर्टमा कुवेतस्थित बिभिन्न नेपाली सँघ संस्थाका प्रतिनिधिहरु हातमा पुष्प गुच्छा र खादा दोसल्लासहित उपस्थित थिए । जसमा -आयोजक सौगात सुवेदी, कृष्ण मल्ल, प्रायोजक युएई एक्सचेंज/हिमाल रेमिटका प्रतिनिधि राम बस्नेत, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका अध्यक्ष किरण पौड्याल (परिवार सहित), उपाध्यक्ष माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव एवं NRNA कुवेत श्रीमान/श्रीमती धर्मराज गिरी, NRNA कुवेत ICC प्रतिनिधि राजन कुवँर, नेपालकुवेत डटकमका प्रबन्ध निर्देशक सुजन के.सी, प्रधान सम्पादक राजन रिमाल, कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आले, सम्पादक/फोटो पत्रकार बिक्रम थापा, सह-सम्पादक शिवराम पौडेल र अन्य उपस्थितमा रबी बन्जाडे, कुमार नेपाली, आर्जु थापा लगायत अन्य नेपालीहरु समेत हुनुहुन्थ्यो ।

एअरपोर्ट स्वागतका झलकहरु:

Advertisements

2 responses to “नेपालकी चर्चित कलाकार निशा सुनारको कुवेत आगमन (फोटो फिचरसहित)

  1. BADHAI CHHA SAUGAT SUBEDI JI LAI…..YEHA KO HIMMAT RA AATMA BISHWAS KO LAGI

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.