Daily Archives: 19/03/2011

गजल !!


राजेन्द्र शर्मा “राजन” कुवैत

जुनको ज्योति, शीतको थोपा एउटा चिसो रात थियो
वरपिपलको छाँया मुनि प्रियसिको न्यानो साथ थियो

बाघ, भालुको पहरेदारभित्र घना जंगलको बीचभागमा
जवानीको उन्माद पोख्ने त्यहाँ गरमा गरम बात थियो पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

हिमालमा कन्सर्ट


विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविरमा सांगीतिक महोत्सव हुने भएको छ । हिमाल आरोहीमात्रै जम्मा हुने ५ हजार ४ सय मिटरको आधार शिविरमा यो पटक अन्तर्राष्ट्रिय गायकहरूको सांगीतिक समूहसहित नेपाली गायक–गायिकाहरू पनि पुग्नेछन्, तर हिमाल आरोहणका लागि भने होइन, शिक्षा, स्वास्थ्य र वातावरणको प्रवद्र्धनका लागि केही भए पनि सहयोग गर्न । पढ्नेक्रम जारी राख्नुहोस्

पैसावाललाई प्रेमको बढी खोजी


विश्वमा यस्तो कुनै वस्तु छैन, जुन मायाको पूरक बन्न सकोस् । सायद यसै कारण अकुत धनसम्पत्ति र इज्जतले पनि मायाको चाहनालाई कम गर्दैन,बरू अझ बढाउँछ । धनी बन्ने चक्करमा व्यक्तिविशेष पहिले पैसालाई प्राथमिकता दिन्छन् ।

तर जब पैसाको वर्षा हुन थाल्छ अनि उनीहरूलाई मायाको कमीले पिरोल्न थाल्छ । एउटा अध्ययनले के खुलासा गरेको छ भने विश्वका धनाढ्य व्यक्तिहरूमा रहेको पीडा भलै नदेखियोस्, तर वास्तविकता के हो भने अत्यधिक धनसम्पत्ति भए पनि उनीहरू मनले खुसी छैनन् । पढ्नेक्रम जारी राख्नुहोस्

पुष्पकमल दाहाललाइ यो वर्षको महामूर्ख सम्मेलनबाट महामूर्खको उपाधि हासिल


कम रेट प्रचण्ड अर्थात् पुष्पकमल दाहाल यो वर्षको महामूर्ख सम्मेलनबाट महामूर्खको उपाधि हासिल गर्न सफल भएका छन् । उनकै   भनाइमा शक्तिशाली विस्तारवादी भारतलाई राजनैतिक रूपमा पछार्न सफल भएकाले उनले यो उपाधि हासिल गरेका हुन्, तर कम रेटले ढाँटेका रहेछन्,एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री झलनाथ खनालले पढ्नेक्रम जारी राख्नुहोस्

नेपालकी चर्चित कलाकार निशा सुनारको कुवेत आगमन (फोटो फिचरसहित)


जय आले, कुवेत

१८ मार्च । नेपाल पर्यटन बर्ष २०११ लाई बिश्वव्यापी रुपमा प्रचार-प्रसार गर्ने सन्दर्भमा कुवेतमा प्रस्तुत हुन गईरहेको “युएई एक्सचेंज लाईभ कन्सर्ट-२०११” मा सहभागीता जनाउन नेपालकी चर्चित कलाकार “जो गायिका/नायिका/मोडल भनेर परिचित छिन” निशा सुनारको १८ मार्च २०११ को दिन, बेलुकीको ८ बजे कुवेत आगमन भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

जापानको विकिरणका कारण हङकङमा नुन अभाव / चिनी भन्दा नुनको भाउ दोब्बर बढी


निर्मल श्रेष्ठ
हङकङ, चैत्र ४ – सम्भवतः खाद्यपदार्थहरुमध्ये सबैभन्दा सस्तोमा पाइने नुन चिनीभन्दा दोब्बर बढी मुल्यमा विक्री भइरहेको तपाई पत्याउनुहुन्छ ? नपत्याएर के गर्नु कुरा सत्य हो । हङकङमा नुन चिनीभन्दा दोब्बर  बढी मुल्यमा विक्री भइरहेको छ जापानमा हालै आएको भुकम्प र सुनामी सँगै परमाणु भट्टी विस्फोटनबाट निस्किएको विकिरण फैलिएको प्रमाणित भएपछि यहाँ एकाएक नुनको अभाव भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

टोकियोबाट नेपाली दूतावास सार्ने निर्णयको विरोध


 काठमाडौं, चैत्र ५ – जापानमा भुकम्प तथा सुनामीको प्राकृतिक बिपत्तिपछि फैलिएको आणविक त्रासका कारण राजधानी टोकियोबाट नेपाली दूतावास सार्ने निर्णयको विरोध भएको छ । टोकियोस्थित नेपाली दूतावासले अवस्था हेरी आगामी मंगलबारदेखि ओसाकाबाट काम सुरु जनाएको छ । दूतावास सार्ने तयारी सुरु भएपछि कांग्रेस निकट जनसम्पर्क समिति र एमाले निकट नेपाली लोकतान्त्रिक मञ्चले विरोध गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

यस्तो छ फागुले रंगिएको राजधानी


ऋषिकेश दाहाल – शुक्रबार साँझको झरीले चिसिएको राजधानी बिहानदेखि पूरै खुल्न सकेको छैन्। बादलले रंगहीन बनाउन खोजेपनि पनि वसन्तको आगमनको संकेत गर्ने फागुनले राजधानी रंगमय बनेको छ। ओसिएका भुईहरु आज सुक्ने छाँट छैन।
राजधानीका दुई प्रमुख केन्द्र बसन्तपुर क्षेत्र र ठमेल पूरै रंगमय छन्। स्वदेशीमा भन्दा विदेशीमा मोह देखिएको छ फागुको। होलिका वधको कथाले भन्दा पनि रङ र पानीले रौसिन चाहने फागुलाई रङ्ग्याएको छ। अनुहारभरि विभिन्न रङ पोतेर युवा युवती अरुभन्दा फरक देखिने होडमा छन्। पढ्नेक्रम जारी राख्नुहोस्