लिबिया सरकारद्धारा युद्धविरामको घोषणा


४ चैत्र, काठमाडौं । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले नो फ्लाई जोनको प्रस्ताव पारि गरेलगतै लिबिया सरकारले युद्धविरामको घोषणा गरेको छ । लिबियाका विदेशमन्त्री मूसा कूसाले पत्रकारहरुसाग कुरा गर्दै सरकार विरोधी प्रदर्शनकारीमाथिको सैन्य कारवाही तत्कालका लागि रोकिएको घोषणा गर्नु भएको हो । सरकारले आमनागरिकको सुरक्षाका लागि युद्ध विरामको घोषणा गरेको उहाँको भनाई छ । उहाँले सुरक्षा परिषद्द्धारा पारित प्रस्तावले लिबियाको सम्प्रभुताको उल्लंघन गरेको पनि बताउनु भयो ।

यसैबीच बेलायतका प्रधानमन्त्री डेविड क्यामरुनले लिबियामा टोरनेडो र टाइफून लडाकू विमान तैनाथ गरिने बताउनु भएको छ । उहाँले लिबियाका जनतालाई त्यहाँका शासक कर्नेल मोअमर गद्धाफीको आक्रमणबाट बचाउन यो कदम चाल्न लागिएको बताउनु भयो । फ्रान्सका सरकारी प्रवत्ताले लडाकू विमानले केही घण्टाभित्रै लिबियाको हवाई क्षेत्रमा तैनाथ हुने बताएका छन् ।

यसअघि राष्ट्रसंघ सुरक्षा परिषद्ले लिबियामा नो फ्लाई जोन घोषणा गर्ने प्रस्ताव पारित गरेको थियो । बेलायत, फ्रन्स र लेबनानको प्रस्तावमा भएको निर्वाचनमा १० मत प्रस्तावको पक्षमा परेको थियो भने स्थायी सदस्य चीन, रुस र तीन अस्थायी सदस्य जर्मनी, भारत र ब्राजिलले निर्वाचनमा भाग लिएनन् । लिबियामाथि कुनै प्रकारको सैन्य कारवाहीको विपक्षमा रहेका चीन र रुसले भिटो पावर भने प्रयोग गरेन । प्रस्ताव पारितसागै लिबियामा राहत सामाग्री बोकेको बाहेकका अन्य कुनै पनि विमानलाई उडान भर्न अनुमति हुादैन । प्रस्तावमा विदेशी थल सेननको प्रयोगलाई भने अनुमति दिइएको छैन ।

Posted By : Narayan Nepal                             Source : Onlinekhabar

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.