नायिका भन्दा चश्माको चर्चा, नायक भन्दा खलनायक हिट


टवल-बुटवलमा शनिवार भएको कलाकार र नृत्यकारहरुको विच खेल भएको खेलमा फुटवल प्रतियोगिता भन्दा पनि चश्माको बढी चर्चा चल्यो, त्यो पनि नायकीहरुको मात्र । फिफा टेक्निकल सेन्टर देवीनगरमा भएको प्रतियोगितामा मैदानमा खेलाडीको रुपमा मैदानमा नदेखिए पनि फुटवल पोसाकमा मैदान बाहिर तीन नायिकाको चश्माको चर्चा निकै चल्यो । नन्दिता केसी, गरिमा पन्त र युना उप्रती तीनै नायिका कालो रेगनका साथमा उपस्थित मैदान बाहिर थिए ।

कार्यक्रममा कार्यक्रम साचालकले कलाकारको परिचय गराउने क्रममा लुम्विनी अाचलकी भएकी कारण सवैभन्दा पहिलो पनि मौका पाएकी नन्दिका केसीले आफ्नो परिचय दिन नभ्याउदै कार्यक्रममा उपस्थित दर्शकले चश्मा खोल्न आग्रह गरे । पहिलो त चश्मा खोल्न हिच्किएको नन्दिताले दर्शकका आग्रह टार्न नसकेपछि पछि चश्मा निकाले र दर्शकको वाह वाहीले रंगशाला गुाजायमान बनेको थियो । त्यसपछि पालो आयो गरिमा पन्तको । उनले पनि के आफ्नो परिचय सुरु गरिन फेरी दर्शकको हल्ला सुरु भयो चश्मा खोल्नुपर् यो ।

त्यसपछि चश्मा खोल्दै उनले भनिन चश्मा खोल्दा राम्रो कि लगाउदा राम्रो दर्शक दीर्घको एउटै उत्तर थियो खोल्दा राम्रो अर्को पालो कुरिरहेको नायिका युना उप्रतीले चश्माको अत्याधिक चर्चा हुन थालेपछि पहिले नै चश्मा खोलेर प्रकट भइन र सोध्न थालिन म त पहिले नै चश्मा खोलेर आए त्यसपछि दर्शकको वाहवाह बटुलिन उनले पनि ।

तीनै जना नायिकाहरु फुटवल हेर्न भन्दा पनि आफ्नो चलचित्रको बित्रापन गर्न आएजस्तो लाग्दथ्यो । तीनैजना नायिकाहरु फुटवल खेल्ने जसीमा देखिएपनि उनीहरु फुटवल खेलेनन् । उनीहरुले आफ्नो परिचयको क्रममा मात्र आफ्नो आगामी चलचित्रको बिज्ञापनमात्रै गरे । नायिका नन्दिताले आगामी चलचित्र मालतीको भट्टी र युना र गरिमाले चलचित्र पि्रतीको फुलको बिज्ञापन गरे । र दर्शकलाई अपाुनो चलचित्र हेरिदिन आग्रह पनि गरे । तीनै नायिकाले माथि फुटवल जसर्ी लगाए पनि गरिमा स्कर्टमा नन्दिता ट्राउजरमा र युना जिन्स प्ोन्टमा कार्यक्रममा देखिएका थिए । देवीनगर रंगशलामा अर्को आर्चश्य के पनि देखियो भने दर्शकले नायक भन्दा पनि बढी खलनायक रुचाए ।

प्राय चलचित्र हेर्दा नायकलाई पर्दामा देखिदा हुटिङ सुरु गर्ने दर्शकहरुको मत शुक्रवार भने उल्टो देखियो । कार्यक्रममा स्थलमा उपस्थित नायकहरु राज तिमिल्सीना जयकिसन बस्नेत धिरेन शाक्य सुमन िसंह भन्दा पनि खलनायक सुनिल थापालाई हेर्न दर्शक धेरै आतुर देखिए । तलदेखि माथिसम्म कालो ड्रेसमा उपस्थित थापाले कार्यक्रममा आएर अभिवादन गरिरहदा दर्शकले तालीले बाजीरहेको थियो । गुण्डा बदमास भनेर आफुलाई परिचय गराइरहदा दर्शकले दिल खोलेर हासिरहेको देखिन्थे । मुम्वईमा मुन्नी र नेपालमा आफु बदनाम भएको बाक्य टुङयाउदा दर्शकको हासो थामिनसक्नु थियो ।

फुटवल खेल्न्को लागि महानायक राजेश हमाल, चर्चित नायिका रेखा थापा पनि आउने भनिएपनि शनिबार भने फुटवल मैदान फिफा टेक्निकलमा राजेश, रेखा दुवैजना देखिएनन् । दर्शकलाई आर्कर्षित गर्ने हेतुले केही दिन अगाडिदेखि नायक राजेश र रेखा आउने भनि व्यापक प्रचार प्रसार गरिएको थियो ।

Posted by : DPR                                   Source: Nayasamachar

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.