जापानद्वारा अठासी करोडभन्दा बढीको सहयोग


३ चैत । जापान सरकारले खाद्य सहायता परियोजनाअन्तर्गत नेपाललाई रु ८८ करोड ८० लाख अनुदान सहयोग गर्ने भएको छ । अनुदानस्वरुप प्राप्त रकम चामल खरिद तथा ढुवानीमा खर्च गरिने छ । अन्तर्राष्ट्रिय बजारबाट चामल खरिद गरेर खाद्यान्न अभाव भएका स्थानमा परिपूर्ति गरिने छ ।

नेपाल खाद्य संस्थानले कार्यान्वयन गर्ने उक्त परियोजना अन्तर्गत खाद्यसुरक्षा सुनिश्चितता तथा अर्थतन्त्रलाई स्थायित्व प्रदान गर्न सघाउने छ । अनुदान सहायतासम्बन्धी सहमतिपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ सचिव रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानी राजदूत तात्सुओ मिजुनोले हस्ताक्षर गर्नुभयो ।

त्यसअवसरमा राजदूत मिजुनोले सन् २०१० को राष्ट्रसङ्घीय मानवीय सङ्क्रमण अपिललाई उद्धृत गर्दै ३४ लाख नेपाली पर्याप्त खाद्यपदार्थको अभावमा पीडित भएका बताउनुभयो । बन्द हडतालजस्ता राजनीतिक अनिश्चितता तथा जलवायु परिवर्तनजस्ता प्राकृतिक कारणले खाद्यान्न उत्पादनमा ह्रास आउनुका साथै खाद्य सामग्रीको चर्को मूल्यवृद्धिले ग्रामीण क्षेत्रका बासिन्दामा खाद्य सङ्कट परेको उहाँको भनाइ थियो ।

सचिव खनालले दैवी विपत्तिको मारमा परेको अवस्थामा पनि जापानबाट यति ठूलो सहयोग प्राप्त हुनु नेपालप्रतिको उसको सदासयता झल्कन्छ भन्नुभयो ।

Posted by: DPR                                               Source: Nayasamachar

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.