सफल तर अपूर्ण मेरो प्रेम…!! (भाग-१)


कहाँबाट शुरु गरौं जिन्दगीका पानाहरु !! लुटाइसकें मेरा सबै जिन्दगीका खुशीहरु !! थाकिसके लेख्दा लेख्दै बियोगान्त कथाहरु !! आज फेरी लेख्दैछु म तितामिठा ब्यथाहरु…!!

मन कुमार गुरुङ्ग, कुवेत

जीवन एक यात्रा रहेछ, यात्रा पक्कै स्थिर हुँदैन । मेरो जवानी सँग-सँगै बिपरीत लिङ्गी प्रतिको आकर्षण डाँडा गाउँकी मेरी उनले बोकि हिंडेको सौन्दर्य माथी गएर टक्क अडियो । बिस्तारै उनका ति चञ्चल नयनहरु पनि मेरो अन्जान मायाको नशाले लठ्ठिदै गयो । छोटो समयको अवधिमा म उनको ह्रदयमा अटाउन सफल भएं, एक अर्कालाई बिना देखे अब दिनहरु बित्न कठिन हुन थाल्यो । बिना निन्द्रा नै मदहोशी आँखाहरुले कयौं सपनहरु देख्न थाले । हाम्रो सपना, सपनाकै संसारमा बिलीन नहोस् भनेर हाम्रो प्रेमलाई विवाहमा रुपान्तरणा गर्ने निर्णय सँगै एक रात हामी घर छाडेर भाग्ने पक्का गर्यौ ।

बर्षाको समय रातको १० बजेको थियो, घरका सबै सदस्यहरु निदाइसकेका थिए । सुनसान रातमा जुनको मधुरो प्रकाश, झ्याउँकीरीको एकोहोरो आवाज्, सिमसीम पानी परिरहेको अनि माथि लिबाङटारको भोटेकुकुर एकनासै भुकीरहेको थियो । शायद हामी भाग्दैछौं भन्ने सुईंको पाएर होला । मनभित्र एक प्रकारको अज्ञात त्रास सँग-सँगै एक अर्कालाई पाउँदाको अनौठो मिठास मनभरी बोकेर, घर परिवार र सिङ्गो गाउँलाई नै चिर निन्द्रामा पारी हामी घरबाट अलग्गियौं ।

पहाडका बाटोहरु मेरो लागि अलिक असहजनै थियो । किन की म मधेशको समतल धरातलमा हुर्कीएको मान्छे, त्यही माथि बर्षातले बनाएको चिप्लोबाटो, जुकाको टोकाइ, थेग्न नसक्ने झोला अनि उर्फ फाबीङ्को उकालो कम कष्टपद थिएन । तर पनि एक अर्काको सहारामा हात समाएर पालो गरी गरी झोला बोक्दै माथि चौतारामा पुगी फुको चाउचाउ र पानी पिउँदाको मिठास नै अलग्गै थियो । यात्रा अझै धेरै बाँकि थियो । हामी निरन्तर रातभर अनकण्टार जंगलको बाटो हिंडी नै रह्यौं । १२ घण्टाको हिंडाई पछी बल्ल हामी बस पाउने ठाउँ आईपुग्यौं । त्यो दिन त्यही बसी भोलीपल्ट हामी मेरो घर गयौं । केही दिनको पाहुना गएको म गतिलो कोशेली लिएर घर फर्केकोमा मेरो परिवार म भन्दा कम खुशी थिएन । म त झन अंगालो भरीको मायालु पाउँदा त्यसै फुरुङ्ग थिएं ।

समय आफ्नै गतिमा निरन्तर बगि रहयो । हामी बीचको प्रेम बिस्तारै फितलो हुँदै थियो । हामी बीचको प्रेम देखेर डाँहा गर्नेहरुको कमी थिएन, साथै अतित र बर्तमानमा मेरो कट्मेरो दिमागले गरेको अपरिपक्क ब्यवहारले उनको गगन चुम्ने सपनालाई लथालिङ्ग पारिदियो । प्रेम अन्धो भए पनि यसका नाक, कान र बोल्ने मुख सकृय हुन्छन भन्ने कुरालाई भुल्नु, आफ्नो घर-परिवारलाई भन्दा साथीभाइलाई धेरै प्राथमीकता दिनु नै मेरो ठुलो भुल भयो । फलस्वरुप: उनि फाटेको मन लिएर म बाट सदाको लागि च्यातिएर गईन । मैले हिजो गरेको कुकर्महरुसँग आजको मेरो गाढा प्रेम देख्न नचाहने दुश्मनले मितेरी लगाए पछिको परिणाम थियो यो । कि त, उनले जुन-ताराको चाहा गर्दा उनको सामु टुकी बालीदिनु, उनको मन कहिल्यै नदुखाउने वाधा गरे पनी उनि रुँदा काखमा राखी आँशु पुछीदिनु या आफ्नै मेहनत बेचेर जीवनका आवस्यकताहरु किन्न म परदेश लाग्नुनै मेरो भुल थियो भनें मलाई सम्झाउने प्रयत्न किन गरिनन् उनले ? उदारताको अर्को नाम धोका नै हो भने मलाई नजिकबाट हेर्ने मौका किन दिइनन् ? शायद्, उनले बुझेको प्रेम या त मेरो ठम्याइहरु गलत थियो । जे जस्तो भएपनी उनले रोजेको बाटोले उनलाई खुशी दिन्छ भने उनको बाटो रोक्नु उचित ठानिन । मैले मन पराएको फुल मेरै बगैंचामा फुल्नु पर्छ भन्ने छैन जहाँ फुले पनी आखिर मैले मन पराएको फुल हो हेरेरै चित्त बुझाउँछु भनेर । असम्भव कुरालाई लोभ गरेर पाउन सकिन्न भनेर जीवनमा पछाडी फर्केर हेरीन अनि घर डढेर खरानी भै सकेपछी डढ्नुको कारणा थाहा पाउनुमा कुनै औचित्य पनि देखीन । त्यसैले म एक्लो जीवनमै रमाउन थालें । आज हामी छुट्टिएको पनि आठौं बसन्त बितिसकेछ । यती लामो समयबीच जीवनमा धेरै कुराहरुको उतार चढाब भोग्नु पर्‍यो । सधै मेरो जीवनमा उनकै अभाब खट्किरहयो । आजसम्म पनी जीवनलाई किनारा लाउन सकेको छैन । सुख र खुशिको ओठ चुम्न जीवनलाई सधै चन्दन घोटे झैं घोटि रहें तर खुशी र सुख सधै मेरो प्रतिद्वन्दी बनेर सधैं पिडा र दु:खको काखमा फ्याँकिदिन्छ । तर पनि झिनो आशाको त्यान्द्रोमा अल्झिएर जीवनलाई हिंडाउन नसके पनि सकिनसकी घिसारिई रहें । चुक घोप्ट्याइएको कालो रात जस्तो अन्धकर भबिश्य बोकेर, उनिसँगको तिता मीठा सम्झनाहरुलाई काखी च्यापेर, जीवन यस्तै रहेछ भन्दै दु:खै दु:खको बिशाल पहाडलाई सम्याउने असफल प्रयस गरी रहें ।

आज जीवनले फेरी एउटा अपत्यारिलो कोल्टे फेर्‍यो । यो संसार र मनिसको जीवन साँचिकै बिचित्रको हुँदो रहेछ । सधैं कल्पना भन्दा बाहिरको वास्तविकतालाई स्विकार्नु पर्ने कती अनौठो बनेको छ मेरो जीवन…! २१औं शताब्दिको बिधुतीय सञ्चार अनि बिश्वको धेरै मनिसलाई एउटै थलोमा उभ्याउन सफल फेसबुकबाट म पनि अलग रहन सकिन । एकदिन त्यही मेरो फेसबुकको फोटोमा गरिएको कमेन्ट हेर्न म हतारिएं, कता कता नाम सुने झैं तर झट्ट हेर्दा उनको मुहारलाई ठम्याउन सकिनं । हतार हतार उनको प्रोफाइल खोलेर हेरें अनि आफै छक्क परें…! उनित त्यही आठ बर्ष पहिला म बाट चोइटिएर गएकी मेरै अतित पो रहिछिन । आफुले आफैलाई असहज महशुस गरे । अब के गर्ने भनेर एकछिन अल्मलिए । मनभित्र खुशी र पिडाको सतह समान भयो, न हास्न सकें न त रुन नै ! तै पनि उनले बुझ्न चाहेको मेरो बर्तमान उनको अधिकार ठानेर प्रतिउत्तर पठाएं । उनको पुन. उपस्थितिले फेरी एकपल्ट अतितलाई सम्झन बाध्य बनायो मलाई । हामीले रोपेको प्रेमको फुल फुल्न नपाउँदै ओइलिएर झर्दाको ब्यथा, अंगालोमा बेस्मरी बाँधेर धित मरुन्जेल चुम्न नपाउँदै, काखमा हाम्रै मायाको उपहार स्वरुप जन्मिएको मुटुको टुक्रा खेल्न नपाउँदै छुट्टिनु पर्दाको पिडा, उफ…!!

मनभित्र अनेकौ सम्झना र प्रश्नहरु एकपछी अर्को गर्दै निरन्तर आइरहयो । यतिका बर्षसम्म गुम्सिएर बसेको कती प्रश्नहरुको उत्त्र केवल उनले मात्र दिन सक्थिन । त्यसैले एक दिन हामी अनलाईनमा भेट्यौं । बोझिलो मन लिएर भए पनी उनको सामु प्रफुल्लित मुद्रामा प्रस्तुत भएं म । हामी बीचको भिडियो च्याट्मा एक अर्कालाई लामो समयको अन्तराल पछी प्रत्यक्ष देख्न पाउँदा म साँचिकै खुशी पनि थिएं । मैले आफ्ना मनका सबै कुराहरु लगातार भनिरहें उनि पनी माछा झैं मौन बनेर सुनि रहीन । बिच-बिचमा मैल सोधेको प्रश्नहरुको छोटो जवाफ बाहेक धेरै बोल्न चाहिनन् तर पनि उनको मौनतालाई छिचोलेर वास्तविकता बुझ्न कत्तिबेर लागेन मलाई ।

आधा झुकेको नजरमा पानी टम्म भरिएको भए पनी केहि खोजिरहेको भान हुन्थ्यो । सुक्खा ओंठहरु काँपेर वास्तबिकता ओकल्न सकिरहेको थिएन । उजाड डांडा झैं फुङ्ग उडेको अनुहारलाई चिप्लो केशराशिले ढाक्ने असफल प्रायस गरि रहीन अनि युद्ध हारेको सिपाहीको जस्तो थकान थियो उनको बोलीमा…! उनले रोजेको बाटोले उनलाई फेरी गन्तब्यमा पुर्‍याउन सकेनछ । खुशिहरु पछयाउँदै गर्दा, दु:खहरुले लखेटेको थाहै भएनछ । त्यसैले त आज बेसाहारा एक्लो जीवनसँगै परदेश लागिछन । बिश्वासको डोरी चुँडिए पनि आशाको धागोमा पलपलको माया र सम्झना उनेर मेरै आगमनको पर्खाईमा हर साँझ आँशु पिएरै भए पनी बाँचिछन् । त्यो रातभर म छट्पटाइ रहें निदाउन गाह्रो भयो । मनमा अनेकौ सवालहरु तछाड्-माछाड् गर्दै आइरहे । मन थाम्न सकिनं सिरकले गुम्लुङ्ग मुख छोपी घोप्टो परेर धेरै बेर रोइरहे उनको पिडामा…!

आज भोली हाम्रो दिनचर्या नै बनेको छ फेसबुक र भिडियो च्याट । एक अर्काको पिडामा फेरी दुख्न थालेको छ हाम्रो मन । थाहा छैन यो हाम्रो दुइ आत्मबीचको अदृश्य प्रेम सहभाषले कस्तो परिस्थितिलाई जन्माउँछ तर पनि आज हामीलाई थोरै भए पनी खुशी मिलेको छ, जिउने साहश बढेको छ, एक अर्काको बर्तमानलाई बुझ्ने बहानामा आज उनि मेरो आवश्यकता बनिसकेकी छिन । शायद, म उनको चाहना…!!

क्रमश…

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.