३ चैत्र, नुवाकोट । जिल्लाको नर्जामण्डपबाट काठमाडौंतर्फ गइरहेको यात्रुबाहक बस बिहीबार दिउँसो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ३९ जना घाइते भएका छन् ।बाहुनवेसीबाट यात्रु बोकेर काठमाडौं गइरहेको वस मध्यान्ह ओखरपौवाको जलुकेनीमा सडकबाट ४० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।मृत्यु हुनेमा वसका सहचालक हरि लामिछाने, नर्जामण्डप गाविसका २७ वर्षीया निर्मला सुवेदी, थप्रेक गाविसका ६८ वर्षीया पेम्वा तामाङ र ककनी गाविसका सात वर्षीया रोजिना तामाङ रहेकी छिन् । मृत्यु हुनेमध्ये सहचालक लामिछानेको उपचारका लागि लैजादै गर्दा बाटोमा र अन्य तीनको घटनास्थलमै बसले थिचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
नर्जामण्डपको बाहुनवेशीवाट काठमाडौं जादै गरेको वा २ ख ६६८६ नम्वरको बस ओखरपौवा गाविस वडा नं. १ जलकुनीमा सडकवाट चालीस मिटर तल खसेर दुर्घटना भएको थियो । घाईतेमध्ये मध्ये ३३ जनाको जनमैत्री, ३ जनाको वीर र ३ जनाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
Posted By : Narayan Nepal Source : Onlinekhabar