ज्ञानेन्द्र शाह नयाँ दलाई लामा !


३ चैत्र, काठमाडौं । तिब्बतबाट निर्वासित भएपछि दलाई लामालाई आफ्नो देशमा आश्रय दिएर चीनविरुद्ध प्रयोग गरिरहेको भारतले आफ्नै योजनामा पद्धचुत्य गराइएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई नेपालमा भएको परिवर्तन रोक्ने कार्डका रुपमा प्रयोग गर्ने योजना बनाइरहेको छ ।पछिल्लो समय नेपालको राजनीति आफ्नो प्रतिकुल हुँदै गएको महसुस गरेको भारतको संस्थापन पक्षले ज्ञानेन्द्रलाई आफ्नै पहलमा संघीयता, धर्म निरपेक्षता र गणतन्त्रविरुद्धको कार्डका रुपमा प्रयोग गर्ने रणनीति बनाएको उच्च स्रोतले बताएको छ ।माओवादी-एमाले गठवन्धनसँगै आफ्नो नेपाल नीतिमा परिर्वतन गरेको भारतले सरकारविरुद्ध बृहत लोकतान्त्रिक मोर्चा निमार्णसँगै ‘ज्ञानेन्द्र कार्ड’लाई उच्च प्रथमिकता दिएको छ । ‘झलनाथ खनाल नेतृत्वको सरकारलाई असफल बनाउने लोकतान्त्रिक मोर्चा निमार्ण गर्ने र सरकारलाई असफल बनाई संविधानसभा भङ्ग गर्ने भारतको योजना छ’ उच्च स्रोतले भन्यो-’त्यसपछि भारतले ज्ञानेन्द्रलाई संघीयता, धर्म निरपेक्षता र गणतन्त्रविरुद्ध प्रयोग गर्नेछ ।’ त्यसका लागि पछिल्लो समय भारतले ज्ञानेन्द्र र उसका विश्वास पात्रहरुसँगको छलफललाई तिव्र पारेको छ । आफन्तका बिहेमा सहभागी हुन भन्दै हालै भारत गएका पूर्वराजा ज्ञानेन्द्रले भारतको संस्थापन पक्षसँग भेटवार्ता गरेको स्रोतको भनाई छ । ज्ञानेन्द्रको भारत भ्रमण पछिल्लो समय निकै बाक्लिएको छ भने ज्ञानेन्द्रका व्यपारिक साझेदारका रुपमा रहेका प्रभाकर शमशेर राणा पटक-पटक नयाँदिल्ली पुगेर राजनीतिक भलाकुसारी गरिरहन्छन् ।

भारतको बिपक्षी दल भारतीय जनता पार्टी पहिलेदेखि नै नेपाललाई धर्म निरपेक्ष र हिन्दु राज्य बनाएकोमा असन्तुष्ट रहेको थियो । बेलाबखत भारतबाट आउने जोगीहरुले पनि हिन्दु धर्मका लागि भन्दै नेपालमा बबण्डर गरिरहन्छन् ।

अघिल्लो हप्ता आफ्ना सदाबहार विश्वासपात्र मानिएका सूर्यबहादुर थापालाई नयाँदिल्ली बोलाएर आफ्नो रणनीति कार्यान्वयनका लागि पहल थालेको भारतले अहिले फोरम लोकतान्त्रिक, तमलोपा र सद्भावना पार्टीका अध्यक्षहरुसँग छलफल गरिरहेको छ । प्रधानमन्त्रीका सुरक्षा सल्लाहाकार एवं पूर्व भारतीय बिदेशसचिव शिवशंकर मेननको अगुवाईमा अहिले नेपाल नीति तय भइरहेको बताइएको छ ।

मधेसवादी दलका अध्यक्षहरुसँगको भेटमा भारतले संविधानसभाको म्याद थप्न खोजिए सामुहिक राजिनामा गर्न सुझाउने स्रोतको भनाई छ । संविधानसभाको म्याद एक दुई महिना थपेरै भएपनि संविधान जारी गर्ने तयारीमा लागेको खनाल-प्रचण्ड गठवन्धनको तयारीलाई निस्तेज पार्न कुनैपनि हालतमा म्याद थप्न नदिने रणनीतिमा भारत लागेको छ ।

यसअघि सूर्यबहादुर थापासँगको भेटमा भारतको संस्थापन पक्षले तोकिएको समयमा नयाँ संविधान बन्न नसक्ने परिस्थीति निर्माण हुने र जेठ १४ पछि प्रधानमन्त्री बनाइदिने आश्वासन दिएको थियो ।

Posted By : Narayan Nepal                                       Source : Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.