जनगणनामा मोबाइल, सवारी, इन्टरनेट पहुँच र सदस्य विदेसिनुका कारण सोधिने


अर्जुन सुवेदी,

काठमाडौं, चैत ३- असारमा हुने एघारौं राष्ट्रिय जनगणनामा घरको समेत लगत संकलन गर्ने केन्द्रीय तथ्यांक विभागले निर्णय गरेको छ। दैवीप्रकोपको बेला उद्धार सहज हुने तथा आपराधिक गतिविधि नियन्त्रण गर्न सघाउ पुग्ने तर्क गर्दै गृहमन्त्रालयले घरको तथ्यांक पनि लिन विभागलाई सिफारिस गरेको थियो।
‘मुलुकभर कतिवटा र कस्ता घर छन् भन्ने जानकारी संकलन गर्ने तयारीमा छौं,’ विभागका प्रवक्ता तथा उपमहानिर्देशक विकास विष्टले दसकपछि हुन लागेको जनगणना’bout नागरिकसँग भने ‘विश्वकै थोरैमात्र मुलुकले लिने गरेको यस्तो तथ्यांक हामीकहाँ पहिलो पटक संकलन गर्न लागेका हौं।’

विष्टका अनुसार असार ३ गते देखि १३ सम्म हुने जनगणनामा सबै जानकारी समेटिने करिब ५० प्रश्न समावेश गरि”दैछ जसअनुसार घरका सदस्य, सवारीसाधन, मोबाइल, इन्टरनेट पहुँच र सदस्य बिदेसिनुका कारण, द्वन्द्वबाट भोग्नुपरेका समस्याजस्ता नयाँ विषय समेटिएका छन्।

विभागका अनुसार जनगणना प्रतिनिधिले प्रत्येक घरमा गएर भवनको अवस्था, वर्ष, प्रयुक्त सामग्री’bout जानकारी लिनेछन्। ‘घरको भौतिक बनावटको निरीक्षणपछि रेकर्ड राखिनेछ,’ उनले भने, ‘यसले दैवीप्रकोपको समयमा उद्धार गर्न र वास्तविक अवस्था पत्ता लगाउन सजिलो हुनेछ।’

भूकम्पीय जोखिम उच्च रहेको नेपालमा घरहरूको अवस्था जान्न नसक्दा भूकम्प गइहाले कसरी उद्धार गर्ने भन्ने ठूलो समस्या रहेको भुकम्पविद्हरूले बताउ”दै आएका छन्। भुकम्प प्रविधी राष्ट्रिय समाजका कार्यकारी निर्देशक आमोदमणि दीक्षितले भने ‘घरहरुको जानकारी लिन सक्नु नै जोखिम उद्धारका लागि आधा तयारी हुनु हो।’

महानगरमा घर निर्माणको स्विकृति दिने काठमाडौं महानगरपालिकास”गै यहा”का घरको स्पष्ट तथ्यांक छैन। महानगरका अधिकृत महेश काफ्लेले भने, ‘जनगणनाले यो विषय समेट्न सके कुन घरमा के-कस्ता सदस्य बस्छन्, घर कस्तो छ भन्ने जानकारीमात्र होइन, व्यवस्थित सहरिकरण गर्न समेत सहयोग पुग्छ।’

घरको तथ्यांक यकिन हुन सके आपराधिक गतिविधि नियन्त्रणमा सघाउ पुग्ने गृहमन्त्रालयको ठम्याइ छ। मन्त्रालयका प्रवक्ता जयमुकुन्द खनालले भने, ‘कुन मान्छे कहाँ छ भन्ने जानकारी भएपछि अपराध गरेर कोही उम्कन पाउँदैन।’

 Posted by: Shiva Paudel

Source: Nagariknews

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.