Daily Archives: 17/03/2011

बस दुर्घटनामा चार जनाको मृत्यु


३ चैत्र, नुवाकोट । जिल्लाको नर्जामण्डपबाट काठमाडौंतर्फ गइरहेको यात्रुबाहक बस बिहीबार दिउँसो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ३९ जना घाइते भएका छन् ।बाहुनवेसीबाट यात्रु बोकेर काठमाडौं गइरहेको वस मध्यान्ह ओखरपौवाको जलुकेनीमा सडकबाट ४० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको लागि लैजाँदै गर्दा मृत्यु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

ज्ञानेन्द्र शाह नयाँ दलाई लामा !


३ चैत्र, काठमाडौं । तिब्बतबाट निर्वासित भएपछि दलाई लामालाई आफ्नो देशमा आश्रय दिएर चीनविरुद्ध प्रयोग गरिरहेको भारतले आफ्नै योजनामा पद्धचुत्य गराइएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई नेपालमा भएको परिवर्तन रोक्ने कार्डका रुपमा प्रयोग गर्ने योजना बनाइरहेको छ ।पछिल्लो समय नेपालको राजनीति आफ्नो प्रतिकुल हुँदै गएको महसुस गरेको भारतको संस्थापन पक्षले ज्ञानेन्द्रलाई आफ्नै पहलमा संघीयता, धर्म निरपेक्षता र गणतन्त्रविरुद्धको कार्डका रुपमा प्रयोग गर्ने रणनीति बनाएको उच्च स्रोतले बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सफल तर अपूर्ण मेरो प्रेम…!! (भाग-१)


कहाँबाट शुरु गरौं जिन्दगीका पानाहरु !! लुटाइसकें मेरा सबै जिन्दगीका खुशीहरु !! थाकिसके लेख्दा लेख्दै बियोगान्त कथाहरु !! आज फेरी लेख्दैछु म तितामिठा ब्यथाहरु…!!

मन कुमार गुरुङ्ग, कुवेत

जीवन एक यात्रा रहेछ, यात्रा पक्कै स्थिर हुँदैन । मेरो जवानी सँग-सँगै बिपरीत लिङ्गी प्रतिको आकर्षण डाँडा गाउँकी मेरी उनले बोकि हिंडेको सौन्दर्य माथी गएर टक्क अडियो । बिस्तारै उनका ति चञ्चल नयनहरु पनि मेरो अन्जान मायाको नशाले लठ्ठिदै गयो । छोटो समयको अवधिमा म उनको ह्रदयमा अटाउन सफल भएं, एक अर्कालाई बिना देखे अब दिनहरु बित्न कठिन हुन थाल्यो । पढ्नेक्रम जारी राख्नुहोस्

भइहाल्छ नि


 कास्की, चैत्र ३ – लेकसाइडको मुख्य चोकमा हालै एक जोडी युवायुवती कुममा कुम मिलाउने तयारी गरिरहेका थिए । एकातिरबाट गीत भन्किरहेको थियो । त्यहाँ एमएस अग्रज निर्देशित ‘भइहाल्छ नि’ को नृत्यको सुटिङ भइरहेको थियो । तालमा ताल मिलाउनेमा थिए अभिनेत्री गरिमा पन्त र विशाल पोखरेल । विशाल नवनायक हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

जनगणनामा मोबाइल, सवारी, इन्टरनेट पहुँच र सदस्य विदेसिनुका कारण सोधिने


अर्जुन सुवेदी,

काठमाडौं, चैत ३- असारमा हुने एघारौं राष्ट्रिय जनगणनामा घरको समेत लगत संकलन गर्ने केन्द्रीय तथ्यांक विभागले निर्णय गरेको छ। दैवीप्रकोपको बेला उद्धार सहज हुने तथा आपराधिक गतिविधि नियन्त्रण गर्न सघाउ पुग्ने तर्क गर्दै गृहमन्त्रालयले घरको तथ्यांक पनि लिन विभागलाई सिफारिस गरेको थियो।
पढ्नेक्रम जारी राख्नुहोस्

बहराइनका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह


सुरेन्द्र पौडेल,

 काठमाडौं, चैत ३- सरकारले बहराइनमा रहेका झन्डै ४० हजार नेपाली कामदारलाई आवश्यक खाद्यान्नको जोहो गरी घरभित्रै रहन आग्रह गरेको छ। सिया मुस्लिम समुदायले गरेको आन्दोलन दबाउन त्यहाँको सरकारले छिमेकी राष्ट्रबाट सैनिक मगाएलगत्तै सरकारले बुधबार नेपालीलाई यस्तो आग्रह गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियामा साँस्कृतिक धमाका २०६८ हुने


योगेन्द्र वियोगी “हिमाल” /क्वालालम्पुर मलेसिया

नेपाली नयाँ वर्ष २०६८ को अवसर पारेर प्रबासी मगर सँघ निलाई इकाई कमिटि मलेसियाले भब्यरुपमा मलेसियाको नेगरी सेम्बिलानस्थित बन्दरबरु निलाईमा साँस्कृतिक धमाका २०६८ आयोजना गर्ने जानकारी दिएका छन् । मलेसियाको निलाई शहरमा नै पहिलो पल्ट साँस्कृतिक धमाका आयोजना हुन लागेको आयोजकहरुले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

यसरी भए ‘अकुत’चिरञ्जीवी वाग्ले


 चैत्र ३ – २०४८ जेठ १५ मा पहिलोचोटि मन्त्री बन्दा चिरञ्जीवी वाग्लेसँग जम्मा गोरखा बुँकोट-८ मा ६ रोपनी घरघडेरी र ५९ रोपनी खेतीयोग्य जग्गा थियो । चार महिनापछि सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनले ९० हजार रुपैयाँ र ९ तोला सुन देखाएका थिए (गोरखापत्र, २० भदौ २०४८) । पहिलो भ्रष्टाचारी राजनीतिकर्मी ठहरिएका वाग्लेसँग त्यतिबेला न काठमाडौं र चितवनमा घरघडेरी थिए,न त गाडी । प्रजातन्त्र पुनःस्थापनापछि उनी पढ्नेक्रम जारी राख्नुहोस्