माओवादीप्रतिको भारतीय दृष्टिकोणमा अमेरिका असन्तुष्ट


चैत्र २ – नेपाली माओवादी’bout भारतले अख्तियार गरेको तत्कालीन नीतिप्रति अमेरिकाको असन्तुष्टि तथा नेपाली राजनीतिक परिवर्तनका उतारचढावमा भारतीय र अमेरिकी चासो एवं सहकार्यसम्बन्धी २००३ देखि २००७ सम्मका सूचना विश्व विख्यात वेबसाइट विकिलिक्सले खुलासा गरेको छ । २००४ देखि तीन वर्षसम्म अमेरिकी राजदूत रहेका जेम्स एफ मोरियार्टी र उनका पूर्ववर्ती माइकल मेलेनोस्कीद्वारा अमेरिकी विदेश मन्त्रालयलाई प्रेषित चार फरक शीर्षकका गोप्य इलेक्ट्रोनिक पत्र अर्थात् केबल मंगलबार सार्वजनिक भएको हो । ती चारै केबल सेक्रेट अर्थात् गोप्य/विदेशीलाई पहुँच नभएको समूहमा राखिएका छन् ।

सन् २००६ सेप्टेम्बर २२ मा पठाएको केबलमा राजदूत मोरियार्टीले माओवादीले सत्ताको पूर्ण नियन्त्रण चाहेको र ऊ  विजय नजिक पुग्दै गर्दासमेत नयाँ दिल्लीले नजरअन्दाज गरेको भन्दै भारतीय नीतिको घुमाउरो आलोचना गरेका छन् । माओवादी र तत्कालीन सात दललाई औपचारिक रूपमा सक्रिय राजतन्त्रविरुद्ध एकै स्थानमा उभ्याउने १२ बुँदे समझदारी भारतको पहलमा भएको प्रति इंगित गर्दै उनले त्यस सम्बन्धले उत्पन्न हुन सक्ने जटिल परिस्थितिलाई भारतले आत्मसात् गर्न नचाहेको टिप्पणी गरेका छन् । त्यस्तो जटिल परिस्थितिको चित्रण गर्न उनले एक प्रसिद्ध बेलायती लेखिकाको भूतपिचाससम्बन्धी उपन्यासको दैत्य प्रवृत्तिको पात्र ूप|mान्केनस्टेनस मोनस्टरको प्रयोग गरेका छन् ।

क्रन्च टाइम इन नेपाल ? अर्थात् नेपालमा जटिल समय ? शीर्षकमा प्रेषित उक्त केबलमा मोरियार्टीले अमेरिकी कदमसँगसँगै भारतलाई पनि राखिरहन थप प्रयास गर्नुपर्ने सुझाव विदेश मन्त्रालयलाई पठाएका थिए । आफूले पनि भारतीय राजदूत श्यामशरणसँग समन्वय गरिरहेको उल्लेख गर्दै उनले हतियारसहित माओवादीलाई सरकारमा पठाउन नहुने विषयमा दुवैको एउटै अडान रहेको बताएका छन् ।

नेपाली सेनासँग अमेरिकाले गरिरहेको तालिम’bout भारतीय दूतावासले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेको थाहा पाएपछि भने म केही क्रुद्ध भएको थिए । तर पछि भारतीय समकक्षीले त्यो सूचना नयाँदिल्लीको निर्देशनमा नभएको भनेर मलाई आश्वस्त पारेका थिए, उनले केबलमा उल्लेख गरेका छन् ।

मोरियार्टीले त्यतिखेर माओवादीलाई सातदलीय अन्तरिम सरकारमा समावेश नगराउन आफूले दलहरूलाई दबाब दिएको र त्यसमा आफू धेरै हदसम्म सफल भएको टिप्पणी गरेका छन् । सरकारमा सहभागी नगराए अक्टोबरमा माओवादीले विशाल प्रदर्शन गर्ने तथा नोभेम्बरमा शहरी विद्रोह गर्ने विश्वस्त सूचना आएको भन्दै उनले सम्भावित खराब अवस्थाका लागि पहिलेदेखि तयार रहन विदेश मन्त्रालयलाई सचेत गराएका थिए । त्यस्तो तयारीस्वरूप माओवादी हिंसाको छिटो ओलाचना गर्नुका अतिरिक्त नेपाली सेनालाई उपलब्ध गराउन अमेरिकी सरकारले तयार राखेको ४५ सय हतियार पनि दिनुपर्ने तर्क उनले गरेका थिए ।

माओवादीका कटु आलोचकका रूपमा परिचित मोरियार्टीले माओवादीले बलपूर्वक सत्ता लिए मानवीय संकट उत्पन्न हुने र  क्षेत्रीय स्थायित्व खतरापूर्ण हुने दाबी गर्दै त्यस्तो परिस्थिति आउन नदिन सम्भव सबै उपाय अवलम्बन गर्नुपर्ने बताएका छन् ।

विश्व बैंकका प्रतिनिधि माओवादी अध्यक्षका खाजा साथी नेपालमा विकसित घटनाक्रम’bout विदेशी प्रतिनिधिहरूको फरक बुझाइका कारण कूटनीति निकै जटिल रहेको ’bout उनले विदेश मन्त्रालयलाई जानकारी गराएका छन् । यहाँको कूटनीति जटिल बन्दै गएको छ । युरोपेलीहरूमा पछिल्लो घटनाक्रम’bout फरक धारणा देखिन्छ । विशेषगरी सहायता कार्यक्रमका कारण प्रभाव रहेका डेनिस र नर्वेजियनहरू दिगो शान्ति कायम भइहाल्नेमा आश्वस्त देखिन्छन् र उनीहरू सरकारलाई सकेसम्म लचिलो हुन भनिरहेका छन् । बि्रटिसहरू माओवादी छिट्टै सत्तामा आउने र त्यो सोचेजस्तो खराब नहुने’bout आश्वस्तजस्ता देखिन्छन् । चिनियाँहरू कमजोर र अप्रभावकारी सरकारसँग तिब्बत मामलालाई अघि बढाउन इच्छुक देखिन्छन्, उनले केबलमा उल्लेख गरेका छन् ।

विश्व बैंकका स्थानीय प्रतिनिधि भ्रष्टाचारबाट वाक्क भएर माओवादी अध्यक्षका खाजा साथी हुन थालेको व्यंग्य पनि उनले गरेका छन् । उनले नेपालस्थित बेलायती प्रतिनिधिसँग उच्च तहबाट छलफल गर्नुपर्ने आवश्यकता औल्याउँदै माओवादीले शान्तिभन्दा सत्ता चाहेको ’bout सबै युरोपेलीलाई बुझाउनुपर्ने बताएका छन् ।

भारतीय गुप्तचर निकायको गतिविधिप्रति शंका

२००३ डिसेम्बर ४ मा पठाएको केबलअनुसार तत्कालीन अमेरिकी राजदूत मेलोनोस्कीले नेपाली माओवादीलाई भारतमा तालिम दिएको तथा काठमाडौंस्थित भारतीय गुप्तचर निकायका अधिकारीहरूले अमेरिकी नीतिको गलत ढंगले व्याख्या गरेको भन्ने सम्बन्धमा आफूलाई सूचना आएको भारतीय समकक्षी श्याम शरणलाई सुनाएका थिए ।

नेपाली स्रोतहरूका अनुसार भारतीय गुप्तचर निकायका अधिकारीहरूले अमेरिकाले नेपालको सार्वभौमिकता उल्लंघन गर्न खोजेको भन्ने तरिकाले अमेरिकी नीतिलाई व्याख्या गरेका रहेछन् । नेपाली महिला माओवादीलाई भारतको देहरादुनस्थित सुरक्षा तालिम केन्द्रमा तालिम दिइएको अपुष्ट सूचना पनि हामीलाई आएको छ,  उक्त केबलमा उल्लेख छ ।

आफूलाई सूचना दिने स्रोतप्रति पूर्ण विश्वास नगरेको बताउँदै उनले मित्रका रूपमा आफूले ती कुरा भारतीय समकक्षी श्याम शरणसमक्ष राखेको केबलमा लेखेका छन् । जवाफमा शरणले ती सूचना दुर्भाग्यपूर्ण रहेको र त्यस’bout आफ्नोतर्फबाट बुझ्ने कोसिस गर्ने बताएका थिए । उनले भारत सरकारका विभिन्न शाखाका व्यक्ति कहिलेकाहीँ आफ्नै ढंगले सञ्चालित हुने गरेको विषय आत्मसात्समेत गरेको मेलोनोस्कीले पठाएको केबलमा उल्लेख छ ।

तत्कालीन भारतीय रक्षामन्त्रीले नेपाली माओवादीविरुद्धको लडाइँ भारतको पनि भएको उल्लेख गरे पनि केही भारतीय भने माओवादीसँग सम्पर्क कायम राखिरहनुपर्ने पक्षमा रहेको शरणले बताएका थिए । भारतीयहरूको केही अंश माओवादीसँग सम्पर्क कायम राख्नुपर्ने पक्षमा छन् ताकि उनीहरूमाथि प्रभाव पार्न सकियोस् र कुनै अवस्थामा उनीहरूले सत्ता कब्जा गरिहाले भने संवादको मार्ग नटुटोस्, शरणको भनाइ उद्धृत गर्दै मेलोनोस्कीले लेखेका छन् ।

संवादको मार्ग खुला राख्ने तथा कहिलेकाहीँ भारतीय सरकारका व्यक्ति आफ्नै ढंगले चल्ने गरेको शरणको भनाइले भारतीय दूतावासका केही व्यक्तिले आधिकारिक भारतीय नीतिभन्दा बाहिर गएर काम गर्ने गरेको हुन सक्ने केबलमा उल्लेख छ ।

भारतीय दैनिकलाई पनि विकिलिक्समा पहुँच विकिलिक्सका गोप्य दस्तावेज तथा सूचनामा पहुँच पाउने पत्रपत्रिकाको सूचीमा भारतीय दैनिक दी हिन्दु पनि थपिएको छ । आफूले पहुँच पाएको ५ हजारभन्दा बढी केबलमा आधारित रहेर उक्त दैनिकले मंगलबारदेखि समाचार तथा लेख प्रकाशन सुरु गरेको छ ।

यसअघि न्युयोर्क टाइम्स, दी गार्डियनलगायत चार अन्तर्राष्ट्रिय पत्रपत्रिकाले विकिलिक्सको सूचनामा पहुँच पाएका थिए । दी हिन्दुले ती सूचनामाथि पहुँचका लागि निकै मिहिनेत गरेको उल्लेख गर्दर्ै उक्त दैनिकले त्यसका लागि कुनै आर्थिक लेनदेन नभएको प्रस्टसमेत पारेको छ ।

 

अमेरिकी हतियार विषयमा भारतको चासो

 

भारतीय राजदूत श्याम शरणले अमेरिकाले नेपाललाई हतियार उपलब्ध गराएको ’bout चासो राखेको मेलोनोस्कीले केबलमा उल्लेख गरेका छन् । तथापि उनले कुनै गुनासो वा चेतावनी भने नदिएको उनले लेखेका छन् । तत्कालीन प्रतिरक्षा अधिकारी जर्ज माठाईंले  भने नेपाललाई उपलब्ध गराउने घातक हतियारमा कमी ल्याउन अमेरिकी पक्षलाई दबाब दिएको केबलमा उल्लेख छ ।

राजदूत शरणले पनि एम-१६ हतियार अमेरिकाले उपलब्ध गराउने विषयमा भारत सरकारको आपत्ति नभए पनि राइफलजस्ता पुरातन हतियार उपलब्ध गराउन भारत उपयुक्त अवस्थामा रहेको र उच्च प्रविधिको उपकरण तथा सहायता अमेरिकाले उपलब्ध गराओस् भन्ने चाहेको बताएका थिए ।

 

 

‘सेनामा माओवादी लडाकु अस्वीकार्य’

२००७ मा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले गरेको भारत भ्रमणका क्रममा भारतीय गृहमन्त्री प्रणव मुखर्जीले माओवादीको ज्यादतीविरुद्ध सातदलीय एकता कायम राख्न जोड दिएका थिए । भेटमा सँगै रहेका भारतीय राजदूत शिवशंकर मुखर्जीका अनुसार त्यतिखेर प्रणवले माओवादी लडाकुलाई कुनै पनि हालतमा नेपाली सेनामा समायोजन गर्न नहुनेमा जोड दिएको कुरा २००७ जुन १८ मा पठाइएको केबलमा उल्लेख छ ।

राजदूत मुखर्जीका अनुसार भारत भ्रमण गर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको अनुरोध भारतीय अधिकारीहरूले अस्वीकार गरिदिएका थिए । माओवादीले आफ्ना पूर्वप्रतिबद्धताहरू पालना नगरेकाले दिल्ली जान उपयुक्त समय नभएको खबर मध्यस्थकर्तामार्फत दाहाललाई खबर गरिएको मुखर्जीेले बताए । राजदूत मोरियार्टीले माओवादीलाई भ्रमणका लागि नयाँदिल्ली बोलाइएको सम्बन्धमा राखेको जिज्ञासामा मुखर्जीले त्यस्तो बताएको उक्त केबलमा उल्लेख छ ।

Posted by: DPR                                     Souece: ekantipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.