पूर्व युवराज पारस शाहको पेशी आज


आज पारसले सफाई पाउने सम्भावना-
चाँदनी हमाल, चितवन फागुन चैत २ – कङ्ग्रेस नेतृ सुजाता कोइरालाको ज्वाई बंगलादेशी नागरिक रुवेल चौधरीलाई ‘गोली हानेको’ आरोपको मुद्दामा पेशी बुझ्न पूर्व युवराज पारस शाह आज चितवन नआउने निश्चित भएको छ। अस्वस्थताका कारण उनी आज चितवन नआउने उनका सहयोगीहरुले नागरिकलाई जानकारी दिए।
 
‘विरामी हुनुहुन्छ त्यसैले नआउने निश्चित छ, उहाँकोतर्फबाट गर्ने काम हामीले नै गर्छौ,’ शाहका वहिकल चुडामणी सापकोटाले भने , ‘उहाँ आउनु र नआउनुले आज कुनै अर्थ राख्दैन।’ तीन महिनामा मुद्दा किनारा लगाउनु पर्ने प्रावधान भएकाले पनि म्याद समेत पुगिसकेकाले आजै मुद्धा टुंगिने उनले वताए। ‘यदी भएन भने हामी पुनरावेदन जान्छौं’, उनले भने।

आज चितवन प्रशासन कार्यालयले प्रमाण पुगे नपुगेको ’boutमा जानकारी लिने छ। प्रतिवादीका तर्फवाट भने घुम्न गएको तर पेस्तोल लिएर गएको भन्ने पुष्टी नभएकाले सफाय पाउँ भनी वहस गर्नेछन्।

प्रशासन श्रोतका अनुसार अंग पुगेन भनी प्रशासनले रुवेल चौधरीसँग वुझ्नु पर्ने भनेर अर्को समय तोक्न पनि सक्ने छ। ‘अंग पुगेको छ कि छैन हामी हेर्ने छौं ,त्यसपछि के गर्ने त्यति वेलै थाहा हुने छ, अहिले केही भन्न सक्दैनौ,’ अनुसनधान अधिकृत एवं चितवनका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले भने। फागुन १९ मा पारसशाह विरुद्धका साक्षिहरुले वयान फेरेकाले आज उनले सफाय पाउने प्रवल संभावना रहेको छ।

चितवन जिल्ला प्रशासनले आफै उपस्थित भएर तारेख लिएका पारसलाई प्रशासनले आजका लागि पेशी तोकेको थियो।
वंगलादेशी नागरीक रुवेल चौधरीमाथि गोली हान्ने प्रयास गरेको भन्दै केही सार्वजनीक ऐन अपराध अन्तरगत मंसिर अन्तिम साता उनी माथि मुद्दा परेको थियो।

चितवन निकुञ्जको टाईगर टप्स होटलमा गोली चलाएको आरोपमा चितवनको मेघौलीका प्रहरी सहायक निक गंगाबहादुर क्षेत्रीले उनीविरुद्ध मुद्दा दायर गरेका थिए। २८ गते पोखरामा पक्राउ परेका पारश शाहलाई पुस १ गते १० हजार धरौटीमा फागुन १९ गते तारिख लिने गरी छाडिएको थियो।

प्रशासन श्रोतका अनुसार मुख्य उजुरी कर्ता गंगा क्षेत्रीले नै सुनेको तर आफुले नदेखेको भनेर वयान फेरी सकेकाले अव कुनै आधार बाँकी छैन। तर पनि वुझ्नु पर्ने भनेर अर्को समय दिन सक्ने छ। पारस शाहका वकिल चुडामणी सापकोटाले आज सफाय हुने कुरामा आफू शत प्रतिशत विश्वस्थ रहेको बताए।

आज प्रतिवादीका तर्फवाट वकिल गणेश केसी, हिरा रेग्मीले, शिव पाण्डे, चुडामणी सापकोटा , र वद्री गौतमले बहस गर्ने छन्। सरकारका तर्फवाट जिल्ला न्यायाधिवक्ता गीताप्रसाद तिमिल्सिनाले वहस गर्नेछन्।

Posted by: Shiva Paudel

Source: Nagariknews

Advertisements

One response to “पूर्व युवराज पारस शाहको पेशी आज

  1. check it out bro

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.