पूर्वमन्त्री वाग्लेलाई डेढ वर्ष जेल सजाय


भ्रष्टाचार गरेको सर्वोच्चको ठहर…

२ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री चिरञ्जीवी वाग्लेले भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतले डेढ वर्ष जेल सजाय सुनाएको छ ।सर्वोच्चको फैसला अन्तिम भएकोले अब पूर्व मन्त्री वाग्लेले अनिवार्य रुपमा जेल बस्नु पर्नेछ ।

वाग्लेले भ्रष्टाचार गरेको ठहर गर्दै २०५९ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतमा २ वर्ष ६ महिना कैद र दुई करोड ७२ लाख जरिवाना गर्ने फैसला सुनाएको थियो ।

 विशेष अदालतको फैसलामा असन्तुष्ट वाग्लेले सर्वोच्चमा पुनरावेदन गर्नु भएको थियो ।पुनरावेदनमाथि बुधबार अन्तिम फैसला गर्दै प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ र न्यायाधीश खिलराज रेग्मीको संयुक्त इजलाशले भ्रष्टाचार भएको ठहर गर्दै २ करोड ३ लाख पाँच हजार ६ सय ४७ रुपैयाँ ७४ पैसा जरिवाना र त्यत्ति बराबरकै विगो असुल पर्ने फैसला सुनाएको सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलले अनलाइनखबरलाई जानकारी दिनुभयो ।

१२ बर्षीय बहुदलीय कालमा पटक पटक राम्रा मन्त्रालय पाएका वाग्लेले पदको दुरुपयोग गरि स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ । तर, वाग्लेले भने आफुले किताव लेखेर धन आर्जन गरेको बताउँदै आएका थिए ।

Posted By : Narayan Nepal                                                Source: Onlinekhabar

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.