नेपाली दूतावास कुवेतमा एम्नेष्टीको चहलपहल र नेपालकुवेत मजदुर सँघको सहकार्य…


जय आले, कुवेत

कुवेत सरकारले ०१ मार्च देखि ३० जुन २०११ सम्म लागु हुने गरि कुवेतमा गैह्र कानुनी रुपमा बस्दै आएका विदेशी नागरीकहरुलाई बिना सजायँ आफ्नो मुलुक फर्किन प्रदान गरेको एम्नेष्टी (आम माफी)को अवसरमा आ-आफ्नो ट्राभल डकुमेन्ट बनाई स्वदेश फर्कन चाहने “कुवेतमा गैह्र कानुनी (इलिगल) बनेका” नेपालीहरुको नेपाली राजदूतावास कुवेतमा दिनानुदिन घुँईंचो लागेकाले दूतावास परिसर भिडले खचाखच भएको छ भनें दूतावासका कर्मचारीहरुलाई भ्याई-नभ्याई “उडुँ कि गुडूँ म” भनें जस्तो भएको छ ।

दूतावासमा सिमित कर्मचारीहरु मात्र रहेका र कामको ओभर लोडले गर्दा अफिस टाइम पश्चात राती अबेरसम्म र बिदाका दिनहरुमा पनि मरिमेटेर खटिनु दूतावास कर्मचारीहरुको अहिले दैनिकी बन्दै आएको दूतावासका दित्तिय सचिव श्री पुष्पराज भट्टराईले बताउनु भयो, भनें आफ्ना पीडित नागरिकहरुको उद्वारको खातिर दूतावास यसरी रातदिन खटेको प्रत्यक्ष रुपमा देख्दा कुवेतवासी नेपालीहरुले केही मात्रमा भए पनि राहतको सास फेरेका छन् र वर्तमान परिस्थितिमा नेपाली समाजसेवी र बिभिन्न सँघ-संस्थाहरुको दूतावासलाई सहकार्य एवं सहयोगको निकै आवश्यकता परेको अनुमान गर्न सकिन्छ । तर, आ-आफ्नै जागिरे जीबनको परिवेशसँग परिवन्दित रहेका नेपालीहरुले राम-राम भने पनी काँध थाप्न सक्ने स्थिती भनें वास्तवमै देखिन्न ।

फेरीपनी, मेनपावर एशोसियसन, एन.आर.एन.ए र जन–जागृती जस्ता केही संस्थाहरुले चालेको पहल या सहकार्य भनें अतुलनिय छ । यसका अतिरिक्त, दूतावाससँग हातेमालो गर्दै व्यावस्थापन र अन्य आवश्यक सहयोगका लागि आफ्ना सहयोगी हातहरु अगाडि बढाई रहेका छन्, कुमार झापालीले । “कुमार झापाली” हाम्रो लागि कुनै एउटा चिर-परिचित नाम नभए पनी विवश नेपालीहरुको समर्पणमा उनको दौडधुप र योगदान देख्दा २/४ शब्द नलेखी यो स्तम्भकार बस्न सकेन ।

दूताबासबाट ट्राभल कागजात प्राप्त गरी दूताबासको गेट अगाडि अलपत्र अवस्थामा रहेका मजदुर नेपालीहरु कसैबाट नठगिउन भन्ने मनोसायकासाथ उनिहरुलाई सहयोगस्वरुप “अन्य प्रयोजनका लागि” सम्बन्धित निकायसम्म नि:शुल्क पुर्‍याई दिने र उचित सल्लाह, सुझाव दिने कार्य शुरुदेखी नै गर्दै आईरहेको र एम्नेष्टीको अवधीभरनै निरन्तर रुपमा गरी रहने झापालीले कुवेतनेपाल डटकमलाई बताए ।

यसैगरी, फ्लाई दुबई मार्फत नेपाल जान चाहेमा ४१ के.डी मा टिकट र ३० के.जि वजनको ब्यागेज समेत लान पाउने गरी स्वयं आफै उपस्थित भई एअरलाईनबाट टिकट उपलब्ध गराई दिने !! एअर अरेबियाबाट जान चाहानेलाई ५ जनाको ग्रुप बनाई ३९ के.डी मा टिकट उपलब्ध गराइदिने !! कसैउपर कुनै किसिमको केस दर्ता गरिएको भएमा कुवेती वकिल खटाई कानुनी परामर्श दिलाउने !! र, सबैभन्दा महत्वपूर्ण कुरा त आजसम्म सार्वजनिक नभएको “नेपालकुवेत मजदुर सँघ” नामक संस्थासँग आफु आवद्द रही उक्त सँघको संयोजक समेत आफै रहेको र सँघको तर्फबाट पीडितहरुको अवस्थाको अवलोकन गरी बढी मर्कामा परेका १० जनालाई कुवेतदेखी नेपालसम्मको १० वटा एअर टिकट उपलब्ध गराई दिने निर्णय पनि वहाँले घोषणा गर्नु भएको छ ।

साथै, माथिका सबै सेवाहरु नि:शुल्क हुन, कसैबाट कसैलाई कुनै किसिमको ठगी भएमा कार्वाहीको लागि सम्बन्धित निकायमा उजुरी गरिने छ । कुवेतमा कृयाशिल रहेका नेपाली सँघ-संस्थाले हाम्रो यस कार्यलाई राम्रो पक्षमा लिनु हुनेछ र नेपाली मिडियाका मिडियाकर्मिहरुले नेपाली जनमानसमा राम्रो सन्देश जाने गरी लेखी दिनु हुनेछ भन्ने कुरामा आफुहरु विश्वस्त रहेको पनि श्री झापालीले थप्नु भयो ।

संयोजक: कुमार झापाली / नेपालकुवेत मजदुर सँघ
फोन: ९९४५१३१४

Advertisements

7 responses to “नेपाली दूतावास कुवेतमा एम्नेष्टीको चहलपहल र नेपालकुवेत मजदुर सँघको सहकार्य…

  1. Kumar Jhaapani ji ko saraniya kaamparti ma khusichhu keep it up.

  2. Kumar Jhapali le gareko sahayog laai hami kasile bhullnu hunna wanhaa le jun gareko kam ho saayad arule garna sakdainan kina ki aphano phano bayastatale garda kirpaya lagatar suchaaru rakhanu hola ra khusi ko khabar chai yaha kuwait maa pani majdur sangha khulechha pheri badhaai chha kumar jhapali lai.

  3. thax kumar jhapali g hajur yo kuwaitko thauma basera aparchhit rupama basi aaerahepani aaj yo parasthitima hajurle soja nepali daju vai didi bahiniharulai yeti sahayog garidinu vayako ma hajurlai dharai dharai dhanyabad agami dinharuma pani hami hajurko sahyogko partichhama chhu thanx TARA PAUDEL HAL KUWAIT

  4. kuwait ma bolne ta dherai rahe6na kam chahi garne simit . simit bhitra ataunu bhayako6 kumar ji thanks to u. keep it up

  5. Comments!
    Kunai article prati khulera comments garnu ta ekdamai ramro paksha ho tara chhadambesi name rakhera comments garne haruko karan le comments padhne ra lekhne prati mero teti chaso ta thiyena tara KUMAR JHAPALI sir ko yo udaharaniya kamle garda malai pani tapai ko kam lai hridaya kholera prashansa garna man lagyo Sath sathai yaha ko kanun prati sajag rahera aafno sangathan bistar garne tarfa aghi badhnu hola bhanera sallah pani dina chahanchhu.
    Yesai comments marfat yahaka dhani barga haru jo 300 kd bhanda mathi salary liyera basnu bhako chha waha harulai pani 3 years pachhi khuleko amnesty ma kamsekam euta ticket upalabdha gareyera ta sahayog garnus, samaj ma samajik kam ta jasle pani garna hunchha ni. matra 50- 60 KD salary khane majdoor harule matra ta hoina ni, samaj prati tapai haru ko kehi dayitwa ta hola ni , hoina ra?

  6. सम्पूर्ण पाठक बृन्द बिरालोको छाला ओढ़दैमा कोहि बाघ हुन सक्दैन, कुमार झापाली ले वर्तमान मा गरेको काम सराहनीय छ यो म पनि मान्छु तर तपाइहरुलाई थाहा छ कि छैन कुमार झापाली एउटा मेनपावर अफिसमा काम गर्ने मान्छे हो र कुवेतमा अलपत्र पर्ने केटा मान्छे मद्धे धेरै जना उसैको छ र म पनि हो, जब कुवेतमा दुताबास आएर बिमा सम्बन्धि काम मा पनि म बिमा गर्दिन दुताबास र मेनपावर एसोसियसन ले कारबाही गर्न सक्छौ भने गरेर देखाऊ भनेर नेपालकुवेत डट कम मा बिज्ञप्ति निकाल्ने मान्छे पनि यहि हो, मान्छेलाई खाडलमा धकल्ने अनि दुख पाएपछि डोरी लगायो भन्दैमा महान भैदिन महान हुनको लागि पहिलानै दुख नदिनु पर्छ, यो कुरा सत्यता हो कसैलाई चित्त बुझ्दैन भने मलाई सम्पर्क गर्नु होला – lovenepal88@yahoo.com

  7. really kumar ji you are great

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.