मलेसियामा दुईसय नेपाली अलपत्र


क्वालालम्पुर । विना सूचना अचानक कामबाट निकालेपछि जोहोरस्थित सेरी गार्मेन्ट कम्पनीमा कार्यरत झण्डै २ सय नेपालीहरू अलपत्र परेका छन् । तामान गम्बिरास्थित सो कम्पनीले बिना सूचना दुईसय नेपालीहरूलाई १५ दिन अघि कामबाट निकालिदिएपछि उनीहरू अलपत्र भई बस्न बाध्य भएका हुन् । कम्पनीले कामबाट किन निकाल्यो भन्ने प्रष्ट छैन ।

विगत ९ महिनादेखि सोही कम्पनीमा कार्यरत दोभान ७ नुवाकोट घर भएका अलपत्रमध्येका लोकनाथ बस्यालले टेलिफोनमा भने, ‘हामीलाई बिना सूचना एकैचोटी कामबाट निकालियो । किन निकालियो भन्ने केही बताइएको छैन । बिना तलब होस्टलमा यसरी बस्नुपरेको १५ दिनभईसक्यो, अझै काममा लगाइएको छैन ।’ उनले केहीलाई भने काम दिइरहेको बताए ।

विराट ओभरसिज, लक्की ओभरसिज, फ्युजन इन्टरनेशनल, ह्युमर ओभरसिज र शेर्पा इन्टरनेशनल लगायत मेनपवार कम्पनीमार्फत् आएका दुई सयभन्दा बढी नेपालीहरू विभिन्न समयदेखि सो  कम्पनीमा काम गर्दै आएका थिए । बस्यालका अनुसार अलपत्र सबैलाई काम दिलाउन नेपालबाट मेनपावरका प्रतिनिधिहरू केही दिनदेखि मलेसियामै छन् । मेनपावर प्रतिनिधिहरूले अलपत्र अवस्थामा रहेका केहीलाई अर्को एक कम्पनीमा काम गर्न प्रबन्ध मिलाएको भए पनि उचित तलब तथा सुविधा नभएको भन्दै नयाँ कम्पनीमा कामका लागि लगिएका कामदारहरू पुनः पुरानै कम्पनीको होस्टल फर्किएका छन् ।

बस्यालले भने ‘मेनपावर प्रतिनिधिहरूले हाम्रा केही साथीहरूलाई बातुपहातस्थित होंङ्ग सिंङ गार्मेन्टमा काम गर्न प्रबन्ध मिलाएका थिए । तर, त्यहाँ काम लगाइएका साथीहरू पहिलेकै कम्पनीको अनुपातमा (सेरी गार्मेन्ट) भन्दा कम तलब तथा सेवा सुविधाहरू भएकाले काम नगर्ने भन्दै पुनः फर्किएका छन् ।’ कामदारहरूले उपयुक्त काम दिलाउनुपर्ने जिकीर गरेका छन् । अबिलम्ब काम मिलाइदिने भन्दै मेनपावर प्रतिनिधिहरूले आश्वासन मात्र दिएको तर उपयुक्त काम दिलाउन भने निकै ढिलाई गरेको आरोप अलपत्र नेपालीहरूको छ । उनीहरूले समस्या समाधान गरीदिन आग्रह गर्दै यहाँस्थत नेपाली दूतावासमा समेत सम्पर्क गरेको बताए ।

कामदारहरूका अनुसार आफ्नै खर्चमा स्वदेश फर्कन चाहने कतिपयलाई पासपोर्टसमेत उपलब्ध गराउन कम्पनी व्यवस्थापन पक्षले आनाकानी गरिरहेको छ । कम्पनीले घर फर्कन चाहनेहरूले प्रतिव्यक्ति २ हजार रिंगेट तिर्नुपर्ने शर्तसमेत अघि सारेको छ । उक्त गार्मेन्टमा उत्पादित तयारी कपडाहरू अमेरिका, क्यानडा, युरोप र सिंगापुर लगायत देशहरूमा निर्यात हुँदै आएको छ । सन् १९८९ मा स्थापित मलेसियाकै पुरानोमध्येको उक्त गार्मेन्ट कम्पनीमा विभिन्न देशबाट गरी ५ सयभन्दा बढी कामदारहरू कार्यरत छन्न् तीमध्ये झण्डै आधाजसो नेपाली छन् ।

Posted by: Jay Ale                                         Source: FN News

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.