नेपाली सेना हतियारको लागि आफूमा निर्भर होस् भन्ने भारतको चाहना


हतियार बेच्न भारत र अमेरिकाको चासो-
ऋषिकेश दाहाल, काठमाडौं, चैत १  – नेपालको माओवादी विद्रोहलाई ‘सुरक्षा समस्या’का रुपमा व्याख्या गर्दै आएको भारत र अमेरिका दुबैको चासो नेपालको सुरक्षामा भन्दा हतियार बेच्ने होडमा केन्द्रित देखिएको छ। विकिलिक्सले सार्वजनिक गरेको एक केबुलका अनुसार अमेरिकाले नेपाली सेनालाई उपलव्ध गराउने भनेको एम १६ हतियारको परिमाण जान्न भारतीय अधिकारीहरुले पटक पटक प्रयास गरेका थिए।

अमेरिकी दूतावासले २००२ मा गरेको पत्राचारमा भारतीय राजदूत श्याम शरणले अमेरिकी समकक्षी माइकल इ मेलोनोस्कीलाई सोधेका थिए, ‘नेपाली सेनालाई स्वचालित हतियार दिने अमेरिकी तयारी के छ ?’ उनको चासो’bout केबलमा लेखिएको छ, ‘उनी नेपाललाई अमेरिकाले कति हतियार दिँदैछ भन्ने थाहा पाउन चाहन्थे ताकि भारतले दिँदै आएको इन्सास राइफल अब कति संख्यामा नेपाली सेनालाई उपलव्ध गराउँदा ठीक हुन्छ।’

केबुलमा अमेरिकाको चासो आफ्नो हतियार बिक्री गर्नुमा रहेको समेत खुलेको छ। भारतीय अधिकारीहरुसँग कुरा गर्दै अमेरिकी अधिकारीले ‘नेपाल सरकारको पैसामा सेनालाई हतियार बेच्नमात्र अमेरिकी सरकार प्रतिवद्ध’ रहेको बताएका छन्। दुई पटक गरी ५ हजार एम १६ बेच्ने तयारी भएको समेत उनीहरुले खुलासा गरेका छन्। जबकि त्यतिखेर नेपाली प्रेसले ५५ हजार राइफल ल्याउन लागेको समाचार लेखेको समेत केबुलमा उल्लेख छ। नेपाली प्रेसको कुरा गलत भएको दूतावासले पत्राचारमा उल्लेख गरेको छ।

नेपाललाई अन्य सहयोग नदिने ’bout अमेरिकाले भारतलाई विश्वस्त तुल्याउने प्रयास समेत गरेको देखिन्छ। नेपालको सेनालाई सहयोग गर्ने भारतको लामो परम्परालाई अमेरिकाले नबिथोल्ने आश्वासन समेत केबुलमा छ।

‘माओवादीविरुद्ध नेपाली सेनालाई उत्रन भारतको सहयोगमा प्रेरित गरिएको’ समेत भारतीय अधिकारीहरुले नेपालमा रहेको अमेरिकी राजदूतावासका अधिकारीसँग खुलेरै बताएका छन्। उनीहरुले नेपाललाई अमेरिकी सेनाले हतियार बेच्न लागेकोमा आपत्ति नभएको समेत बताउँदै त्यसलाई ‘चासो’का रुपमा मात्र बुझ्न आग्रह गरेको केबुलमा उल्लेख छ।

अमेरिकी अधिकारीहरुले नेपालमाथि भारतको ‘चासो’लाई अन्य कुनै पनि मुलुकमा भन्दा फरक रुपमा व्याख्या गरेका छन्। अमेरिकी सहयोगले भारतको चासोलाई थप सहयोग पुर्‍याइरहेको केबुलमा उल्लेख छ।
नेपाली सेनालाई अमेरिकी सहयोग’bout भारतीयको बुझाई ‘जटिल’ रहेको उनीहरुले उल्लेख गरेका छन्। ‘एकातिर उनी (भारतीय)हरु पारदर्शी रुपमा नेपालमाथि द्विपक्षीय कुराकानी भएकोमा खुशी छन् अर्कोतिर केही भारतीय तत्वहरु अमेरिका र बेलायतको नेपाली सेनामा सहयोग बढ्दा आफ्नो प्रभुत्व गुम्ने हो कि भन्ने रहेको,’ केबुलमा उल्लेख छ।

कतिपय साना हतियार अरु मुलुकबाट ल्याएको भए पनि भारतीय अधिकारीहरु नेपाली सेना हतियारको लागि पूर्णत भारतमा निर्भर होउन् भन्ने चाहेको समेत केबलमा खुलासा गरिएको छ।

Posted ny: Shiva Paudel

Source: Nagariknews

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.