टोकियोबाट नेपाली उद्दार टोली सुनामी प्रभावित क्षेत्रमा जाने


चैत्र १, भूकम्प र सुनामी प्रभावित क्षेत्रमा रहेका नेपालीहरुको उद्दारका लागि राजधानी टोकियोस्थित एक टोली बुधबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । जापानस्थित नेपाली राजदूतावासको सक्रियतामा गठन भएको सहयोग समितिको मंगलबार बसेको बैठकले पीडितहरुको उद्दारका लागि एक टोली पठाउने निर्णय गरेको एनआरएनए जापानका उपाध्यक्ष एवं पत्रकार भूषण घिमिरेले जानकारी दिए । ‘आणविक भट्टी विष्फोटको खबरले झन् त्रासदी भएको छ,’ घिमिरेले मंगलबार साँझ टेलिफोनमा ईकान्तिपुरसित भने, ‘सम्भवतः हाम्रो टोली भोलि नै त्यसतर्फ पठाउने तयारी गरेका छौं ।’शुक्रबार गएको ८ दशमलव ९ रेक्टर स्केलको भूकम्प र सुनामीबाट सान्दाईलगायतका क्षेत्रका केही नेपालीहरु अझै सम्पर्कमा आउन सकेका छैनन् । टेलिफोन सम्पर्क विच्छेद भएकाले सूचना संकलमा समस्या भएको नेपाली राजदूतावासले जनाएको छ । यसैबीच मंगलबार नै जापानस्थित नेपाली राजदूत डा. गणेश योञ्जनको उपस्थितिमा बसेको सहयोग समितिको बैठकले उद्दारलाई प्रभावकारी बनाउन विभिन्न उपसमिति गठन गरेको छ ।

एनआरएन जापानका संयोजक लालबहादुर केसीको संयोजकत्वमा आपतकालिन राहत कोष, एनआरएन आईसीसी सदस्य अरुणकुमार श्रेष्ठको संयोजकत्वमा उद्दार स्वयंसेवक उपसमिति, एनआरएन आईसीसी सदस्य किरणविक्रम थापाको संयोजकत्वमा आवास तथा भोजन व्यवस्थापन उपसमिति र पत्रकार भूषण घिमिरेको संयोजकत्वमा सञ्चार उपसमिति गठन भएको छ ।सहयोग समितिले मंगलबारबाटै उद्दारका लागि सहयोग संकलन पनि सुरु गरेको छ । पहिलो दिन १६ लाख २० हजार जापानी येन संकलन भएको घिमिरेले जानकारी दिए ।

Posted by: DPR                                         Source: ekantipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.