एकै दिन ५ सय पर्यटक


मनोज पौडेल
कपिलवस्तु, चैत्र १ – पुरातात्विक महत्त्व बोकेको पर्यटकीय स्थल तिलौराकोट (प्राचीन कपिलवस्तु) मा आइतबार एकै दिन ४ सय ९० विदेशी पर्यटक आएका छन् । एक दिन आएको पर्यटकको यो संख्या ५ वर्षयताकै सबैभन्दा धेरै हो । उक्त दिन यहाँ ३ सय ८० कम्बोडियाली, ४५ थाई र १६ नेदरल्यान्डका पर्यटक आएका थिए । त्यस्तै ४५ श्रीलंकाली, २ बेलायती र २ लग्जम्बर्गका पर्यटक आएको लुम्बिनी विकास कोषद्वारा तिलौराकोटमा राखिएको आगन्तुक पुस्तिकाको रेकर्डले देखाएको छ । उक्त दिन ११ वटा ठूलो बस र ८ वटा साना गाडीबाट पर्यटक आएको तिलौराकोटका रामु पौडेलले बताए ।

सरकारले सन् २०१० लाई पर्यटन वर्ष मनाउने अभियान चलाएपछि यहाँ पर्यटक आगमन ह्वात्तै बढेको छ । यस वर्ष मार्च महिनाको १३ तारिकसम्ममै २ हजार ५ सय ४८ पर्यटक तिलौराकोट अवलोकन गरी फर्किएका छन् । अघिल्लो वर्ष २०१० मा पनि मार्च महिनाभरि सबैभन्दा ३ हजार ४ सय ८२ पर्यटक यहाँ आएका थिए । यस वर्षको जनबरीमा २ हजार ९ सय ६५ र फेब्रुअरीमा ३ हजार ३ सय ६८ पर्यटक आएका थिए ।

विगत ३ वर्षदेखि विदेशी पर्यटक आगमन बढेको बताउँदै तिलौराकोटस्थित लुम्बिनी विकास कोषका कर्मचारी माधव आर्चायले यस वर्ष पनि पर्यटक आगमन बढ्ने निश्चित भएको बताए । उनले २०१० मा १६ हजार २ सय १६ विदेशी पर्यटक यहाँ आएकोमा यस वर्षको अढाई महिनामै त्यसको आधी बराबर अर्थात् ८ हजार ८ सय ७५ पर्यटक आइसकेका छन् । यहाँ आउने ७० प्रतिशतभन्दा बढी पर्यटक भारतीय मार्ग भई आउने गर्दछन् ।

यहाँ आउने ८० प्रतिशत बढी विदेशी शान्ति सद्भावको कामना गर्न र धार्मिक तीर्थयात्राका लागि आउने गरेको लुम्बिनी विकास कोषका पुरातत्त्व अधिकृत कृष्णबहादुर केसीले बताए । यहाँ आउने पर्यटकहरूमा सबैभन्दा बढी श्रीलंका र म्यानमारका हुन् । त्यसपछि क्रमशः कम्बोडिया, भियतनाम, थाइल्यान्ड र दक्षिण कोरियाका छन् ।

दुई वर्षयता जापानी पर्यटकहरू घटेका छन् भने चीनका बढिरहेका छन् । त्यस्तै यहाँ बेलायत, फ्रान्स र नेदरल्यान्डका पर्यटकहरू पनि बढेका छन् । तिलौराकोट भगवान् गौतम बुद्धले २९ वर्ष जीवनयापन गरेको क्रीडास्थल हो । उनका पिता राजा शुद्धोदनको राजप्रासादका रूपमा यो ठाउँ विश्वमा परिचित छ । यस स्थललाई बुद्ध धर्मावलम्बी पवित्रस्थल मान्ने गर्दछन् । जिल्लामा भगवान् गौतम बुद्धसँग सम्बन्धित सय बढी ऐतिहासिक, पुरातात्विक र सांस्कृतक स्थलहरू छन् ।

Posted by: Shiva Paudel

Source: Kantipuronline

 

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.