सद्भावना अध्यक्ष आनन्दी देवीको निधन


शिवहरि भट्टराई/नेस-राजविराज, नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व. गजेन्द्रनारायण सिंहकी धर्मपत्नी आनन्दीदेवी सिंहको सोमबार राजविराज-४ स्थित आफ्नै निवासमा ८१ वर्षको उमेरमा निधन भएको छ । सोमबार दिउँसो १२-४५ बजे आनन्दीदेवीको निधन भएको उनका भतिजा जसबन्त सिंहले बताए । २०५८ माघ १० गते गजेन्द्रनारायण सिंहको निधनपछि २०५९ सालमा राजविराजमा आयोजित नेपाल सद्भावना पार्टीको महाधिवेशनमा पार्टी विभाजन भएपछि आनन्दीदेवी नेसपा आनन्दीदेवी को अध्यक्ष रहँदै आएकी थिइन्। २०६२/०६३ को जनआन्दोलनका क्रममा नेसपा आनन्दीदेवी को नेतृत्व आनन्दीदेवीले नै गरेकी थिइन्। उमेरका कारण प्रायः अस्वस्थ रहने गरेकी सिंह विगत ३ वर्षदेखि भतिजा जसबन्त र भतिजीबुहारी सविताको रेखदेखमा स्व. गजेन्द्रनारायणले स्थापना गरेको सप्तरी सेवाआश्रममा रहँदै आएकी थिइन्। २०६३ को परिवर्तनपछि आनन्दीदेवी भरतविमल यादव र गोविन्द चौधरी नेसपा (आनन्दीदेवी) का तर्फबाट सांसदसमेत भइसकेका छन्।

आनन्दीदेवीको जन्म भारतको विहार राज्य समस्तिपुर जिल्लाअन्तर्गतको कसौर गाउँमा भएको हो। १५ वर्षको उमेरमा गजेन्द्रनारायण सिंहसँग उनको विवाह भएको थियो। उनको आज मंगलबार १२ बजे कोइलाडीमै अन्त्येष्टि गरिने परिवारजनबाट थाहा भएको छ। यसैबीच आनन्दीदेवी सिंहको निधनमा प्रधानमन्त्री झलनाथ खनालले गहिरो दुःख व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री खनालले सोमबार शोकविज्ञप्ति जारी गरी नेत्री सिंहको निधनले तराई-मधेसमा स्वतन्त्रता र स्वाभिमानका निम्ति संघर्ष गर्न जुर्मुराइरहेका तमाम महिलाको राजनीतिमा सहभागिता सचेतना र जागरण अभियानमा निकै ठूलो क्षति भएको उल्लेख गर्नुभएको छ।

नेत्री सिंहको निधन भएकोमा सद्भावना पार्टीले दुःख व्यक्त गर्दै ३ दिनसम्म पार्टीको झन्डा झुकाई शोक मनाउने भएको छ। पार्टी अध्यक्ष राजेन्द्र महतोले सोमबार शोकवक्तव्य जारी गरी केन्द्रीय कार्यालयलगायत सम्पूर्ण जिल्ला कार्यालयमा समेत झन्डा झुकाउन आग्रह गर्नुभएको छ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.