संविधान निर्माणमा सहमति भएका ४० विषय पारित


फाल्गुन ३० -नयाँ संविधानमा देखिएका विवाद अन्त्यका गर्नका लागि संवैधानिक समितिले बनाएको उपसमितिले अहिले सम्म सहमति गरेका ४० वटा विषयलाई पारित गरेको छ । सोमबार बिहान  सिंहदरबारमा बसेको उपसमिति बैठकले यसअघि सहमति गरेका सबै विषय पारित  गर्ने निर्णय गरेको छ ।

फागुन मसान्त सम्मको समयावधि पाएको उपसमितिले अझै ३५ बुँदामा सहमति जुटाउन सकेको छैन । शासकीय स्वरुप निर्वाचन प्रणाली लगायत गहन विषयमा उपसमितिमा अझै छलफल हुन सकेको छैन । उपसमितिको समयावधि थप गर्ने या नगर्ने विषयमा मंगलबार बस्ने संवैधानिक समितिले निर्णय गर्ने सदस्य लक्षमणलाल कर्णले जानकारी दिए ।

संविधानका प्रस्तावित करिब ७५ वटा विषयमा देखिएको विवाद अन्तयका लागि समितिले गत फागुन १३ गते ५ सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिले छलफलबाट टुंगी सकेका तथा बाँकी विवादित विषयलाई समेटी समितिको पूर्ण बैठकमा प्रतिवेदन बुझाउने छ । नयाँ संविधान जारी गर्ने अन्तिम मिति आउन अब ७६ दिन मात्र बाँकी छ

Posted by: DPR                            Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.