पाल्पाको इस्लामपुरमा मुसलमान भाषामा पठनपाठन


पूर्वी पाल्पाको दुर्गम गाविस दर्छामा मुसलमान समुदायका व्यक्तिको प्रयासमा साचालन गरिँदै आएको एक विद्यालयमा मुसलमान भाषामा नै पठनपाठन हुँदै आएको छ । स्थानीय मुसलमान समुदायले दर्छाको इस्लामपुरमा मुसलमान भाषामा नै शिक्षा दिने उद्देश्यले २०५३ सालमा स्थापना गरिएको मदरसा नहुँदा प्राथमिक विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले २०५५ सालमा अनुमति दिएको थियो । 

अधिकांश मुसलमान समुदायको बसोबास रहेको उक्त गाउँको नाम पनि उनीहरुले इस्लामपुर राखेका हुन् । उक्त विद्यालयमा हाल २०० बालबालिकाले अध्ययन गरिरहेका छन् । त्यहाँको बासिन्दाले प्रत्येक वर्ष भित्रुइएको बालीको २५ प्रतिशत र विदेश गएका मुसलमानबाट प्राप्त मासिक १० डलर अनुदानबाट विद्यालय साचालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक अब्दुल कलामले बताउनुभयो ।

दसजना शिक्षकले अध्यापन गराइरहेको उक्त विद्यालयमा आवासीय सुविधासमेत प्रदान गरिँदै आएको छ । नेपालमा रहेका मुसलमान समुदायको पुख्र्यौली पेसा चुरापोतेको व्यापार भए पनि यहाँका अधिकांश मुसलमान समुदायले भने कृषि पेसा नै अँगालेका छन्- स्थानीय मुक्तिराम न्यौपानेले भन्नुभयो ।

स्थानीय मुसलमान समुदायको प्रयासमा साचालित सो विद्यालय क्षेत्रीय शिक्षा निर्देशनालय पोखरामा शैक्षिक गुठीमा दर्ता गरिएको बताइएको छ । विद्यालयमा अन्य भाषामा समेत पठनपाठन हुने गरेको छ । विद्यालयमा धार्मिक सहिष्णुतालाई कायमै राख्दै मुसलमान र गैरमुसलमान समुदायका बालबालिकाले अध्ययन गरिरहेका छन् ।

सरकारले मातृभाषामा पठनपाठन र मदरसा साचालन गर्न स्वीकृति प्रदान गरेको भए पनि सो विद्यालयलाई भने सरकारका तर्फबाट विषयगत शिक्षकको सहयोग नभएको स्थानीयवासीले गुनासो गरे । सरकारको पाठँक्रमको साथसाथै सो विद्यालयमा पुरान उर्दु दिनियातलगायतका भाषामा पनि पठनपाठन गरिने र सोका लागि तराईका विभिन्न जिल्लाबाट शिक्षक ल्याइएको बताइएको छ ।

Posted By: DPR                                             Source: Nayasamachar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.