Daily Archives: 14/03/2011

पाल्पाको इस्लामपुरमा मुसलमान भाषामा पठनपाठन


पूर्वी पाल्पाको दुर्गम गाविस दर्छामा मुसलमान समुदायका व्यक्तिको प्रयासमा साचालन गरिँदै आएको एक विद्यालयमा मुसलमान भाषामा नै पठनपाठन हुँदै आएको छ । स्थानीय मुसलमान समुदायले दर्छाको इस्लामपुरमा मुसलमान भाषामा नै शिक्षा दिने उद्देश्यले २०५३ सालमा स्थापना गरिएको मदरसा नहुँदा प्राथमिक विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले २०५५ सालमा अनुमति दिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Advertisements

किन थेगि नसक्नु गरी बढ्यो सुनको आयात?


थेग्नै नसकिने गरी भित्रिएको सुन अधिकांश पूँजी पलायनको निम्ति वा नेपालपट्टिको सस्तो भन्सार दरको दुरुपयोग गर्न भारततर्फ गएको अधिकारीहरुको अनुमान छ।गएको एक वर्षमा अघिल्लो वर्षभन्दा तीन गुना बढि करीब ४४ अर्ब रुपियाँको सुन आयात भएको थियो।धान्नै नसकिने गरी सुन भित्रिएपछि सरकारले उक्त बहुमूल्य धातुको आयातमा अस्थायी प्रतिबन्ध लगाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

जापानको परमाणु प्लान्टमा आज फेरि अर्को विस्फोट


दुई हजार शव भेटियो-
फागुन ३० (एजेन्सीहरु)- जापानको भूकम्पप्रभावित फुकुसिमा दाइची परमाणु ऊर्जा प्लान्टमा सोमबार बिहान अर्को विस्फोट भएको छ । विस्फोटबाट ३ जना घाइते भएको र ७ जना बेपत्ता रहेको एपीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अस्ट्रेलियन हिरोइनको पोखराको आकाशमा उडान


सन्तोष पोखरेल/पोखरा, फागुन  ३०- टलक्क टल्केको माछापुच्छ्रे, अन्नपूर्ण हिमशृंखला अनि पोखराको चिसो मौसम। शनिबार बिहान पोखराको आकाशमा अल्ट्रालाइट जहाजबाट सयर गर्ने जो सुकैले खुला हिमाल र चिसो मौसमको अनुभव गर्न पाउँथे । शनिबार खुला आकास सयर गर्ने भाग्यमानी पर्यटकसँगै अस्ट्रेलियाकी हिरोइन सारा माबे पनि एक थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्

संविधान निर्माणमा सहमति भएका ४० विषय पारित


फाल्गुन ३० -नयाँ संविधानमा देखिएका विवाद अन्त्यका गर्नका लागि संवैधानिक समितिले बनाएको उपसमितिले अहिले सम्म सहमति गरेका ४० वटा विषयलाई पारित गरेको छ । सोमबार बिहान  सिंहदरबारमा बसेको उपसमिति बैठकले यसअघि सहमति गरेका सबै विषय पारित  गर्ने निर्णय गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

‘राजाका तस्विर भएका नोट कसैसँग नलिनूस्’ चैत १ देखि चल्तीमा नआउने


३० फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वराजाका तस्विर अंकित नोट चलन चल्तीमा नल्याउने अभियान तीव्र पारेको छ । चैत एक गतेदेखि पूर्वराजाका तस्विर भएका र पुराना झुत्रा नोट चलनचल्तीमा नल्याउने गरी राष्ट्र बैंकले तयारी थालेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

लिंग र योनी झुन्ड्याएर होली मनाउँदै


मकर श्रेष्ठ/भक्तपुर, फाल्गुन ३० । सबैजसो ठाउमा होली विभिन्न रंग र अबिर दलेर सुरुवात हुन्छ । अझ आजोभाली होली आउनु १० दिन अघि देखि नै लोला हान्ने गर्छन । लोलामा पानी राखेर हिर्काउन थालेपछि होली आएको महसुस गर्छन् । पढ्नेक्रम जारी राख्नुहोस्