बनभोज र मेरो हराएको पात्र… भाग-४ !!


राजेन्द्र शर्मा “राजन” कुवैत

म स्तब्ध बनें र एकोहोरो उसलाई हेरिरहें न त म बोल्न सकें, न त म चल्ननै बस टोलाईरहें…! म अन्तिमपटक भएपनि उसलाई स्पर्श गर्न चाहन्थें तर मेरा हातहरु सल्बलाउन सकेनन, म उसलाई चुम्न चाहन्थें तर मेरा ओठहरु खुल्न सकेनन, म उसलाई अंगालोमा कसेर धेरै बेरसम्म रुन चाहन्थें तर म मेरो शरीर चलाउन सकिन, उफ: मेरो शरीर…! उसको शिर मेरो काखमा थियो बस म अनुभव मात्र गर्न सक्थें उसको शरीर काँपेको अनुभब हुन्थ्यो, शरीर निकै शिथिल भैसकेको थियो, मेरा आँखाहरु रसाए अश्रुधाराहरु वर्षी रहे साउने झरी बनि, आँसुको पोखरीमा डुब्न विवश म डुबी रहें अनि डुबाई रहें उनीलाई । अचानक मेरा आँखाहरु बन्द भए, हात-खुट्टाका नङ्नारीहरु गलेर आए, चारैतिर अन्धकार नै अन्धकारले छायो कता-कता यो सारा ब्रम्हाण्डनै घुमेको अनुभूति भयो त्यसपछि के भयो ! केहि थाहा भएन, म हावामा उडिरहें…!

अचानक मेरा आँखाहरु खुले, मस्त निन्द्राबाट अचनाक ब्यूँझेको मानिसझैँ म निकै  हड्बडाएं तर मेरो शरीर शिथिल र कमजोर बनेको थियो, दुवै हातद्वारा सलानको पानि चढाईएको थियो त मुख र नाकमा अक्सिजनको नली जडित थियो, म बोल्न खोज्थें शब्द थिएन, चिच्याउन खोज्थें आवाज थिएन, रुन खोज्थें आँसु थिएन । चारैतिर हेरें अस्पतालका बेडहरु बिरामिहरुलाई कुरिरहेका थिए अनि विरामीहरु डाक्टरलाई तर म…! चारैतिर  छरपष्ट रुपमा औषधि छरिएका थिए अनि मेरो भित्रि आवाज सुनिदिने र मलाई बुझी दिने कोहि थिएनन्, म टुलुटुलु हेरिरहें सबैका आफन्तहरु थिए तर मेरो मुटु थिएन मलाई निकै पिडा महसुश हुन्थ्यो । म पिडामा तडपिरहें अनि बर्बराउन थालें “मेरो मुटु, मेरो जीवन, मेरी प्राण प्यारी, मेरी श्रीमती…! तर मेरो आवाज सुनिदिने कोहि थिएनन ।

अचानक एउटा छायाँ म तर्फनै बढ्दै आउँदै थियो, सेतो कपडाले ढाकेको थियो उसको शरीर… अनि हातमा केहि इन्जेक्शनहरु बाहिरी ड्रेस उफ… हेर्दा पक्का नर्स नै हुनुपर्छ । म उसलाई हेरिरहें… मेरा नजरहरु उसको त्यो लामो चुच्चे नाकमा गएर ठोकियो म झस्किएं र अचम्म मान्दै हेरिरहें उही नाक, उही आँखा अनि तिनै मिलेका परेलिहरु ! जहाँ मेरा लोभी नजरहरु ठोकिएका थिए, म सम्झिरहें त्यहि रमाइलो दिन “ग्रीन आईल्याण्डको रमाइलो बनभोज” अनि उही मेरो हाराएको पात्र…! मैले पिडा कम भएको महसुस गरें, ऊ मेरो सामिप्यमा आई र मेरो शारिरमा इन्जेक्शन लगाई दिई तर मलाई दुखेन पटक्कै दुखेको महशुश भएन, मनमा केहि शितलताको अनुभव भयो । मैले उसलाई हेरिरहन सकिन अनि आँखा बन्द गरे… आँखा खोल्दा ऊ थिइन । मलाई अस्पतालले डिस्चार्ज गरि सकेको थियो । भारी मन माथि थपिएको एउटा नखोलिएको रहस्यको पोको लिएर मनमनै यो गीत गुनगुनाउँदै म मेरो मुटु यानी मेरी प्राण प्यारी श्रीमतीको खोजीमा लागें “न बिर्सें तिमीलाई न पाएं तिमीलाई बिना अर्थ दिलमा सजाएं तिमीलाई…!”

गहभरी आँसु र मुटुभरी माया साँचेर मेरै प्रतीक्षामा अस्पतालको बेडमा जीवन र मृतुसंग संघर्श गरिरहेकी मेरी श्रीमतीलाई देख्दा म निकै खुशीले गदगद बनें । सबैकुरा थाहा भयो, यो हामी दुवैले होश गुमाएकाले छिमेकीले हामीलाई अस्पताल लगेका रहेछन । उनीहरु प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दै हामी दुवै लाग्यौं घरतर्फ । कोठामा सामानहरु लथालिंग थिए, उनि सामान मिलाउने तर्फ लागिन त म लागें बाथरूम तर्फ, बाथरूमबाट आउँदा मेरी श्रीमती खाना पकाउने तयारीमा जुटिन, म टेलिभिजन तर्फ… तर त्यो दिन अनि त्यो रात म के गरें, के खाएं के सुनें, के बोलें, के हेरें मलाई केहि थाहा भएन । मृतुको मुखबाट फर्केका हामी दुवै एक अर्काबीच माया साटासाट गर्न थाल्यौं । मेरी श्रीमती निकै खुशी मुद्रामा थिईन तर म…! श्रीमतीको न्यानो अंगालोमा म निदाउन सकिनं, मेरो मन र दिमाखमा एउटै कुरा अनि एउटै छायाँ मात्र खेलिरहन्थ्यो सेतो बस्त्रमा सजिएकी लामो चुच्चो नाक वाली मेरो कथामा हराएकी पात्र… म मन्त्रमुग्ध भएर सोंची रहें “के साच्चिकै ऊ नर्स थिई त ?” कि मेरो कमजोर मानसिकताको उपज हो यो ? किन म उसलाई भुल्न सक्दिनं ? श्रीमतीको न्यानो अंगालोमा पनि किन म निदाउन सकिनं ? श्रीमतीको अंगालोमा निदाएर किन उसकै सपना देखिरहन्छु ? म सोंच्न बाध्य भएं म सोंचमा डुबी रहे…!

मेरी श्रीमती पनि निकै कमजोर बनिसकेकी थिई, उसलाई आरामको आवश्यकता भएकोले उसले जागिर न खाने सोच गरि म पनि उसको कुरामा मञ्जुर दिएं ऊ  घरमै बसिरहन्थी, म जागिरमा… घण्टा, दिन, हप्ता, महिना हुँदै समयले हामीलाई छाड्दै थियो । समय आफ्नै गतिमा दौडिरहेको थियो तर हामी भने कुवाको भ्यागुतो कुवाको कुवामै भने झै फड्को मार्न सकेका थिएनौ । खाली दिमाख सैतानको घर हुन्छ भन्छन । ऊ दिमाखमा अनेकौ कुराहरु खेलाई रहन्थी सानो सानो कुरामा पनि झगडा गर्न खोज्ने, कहिले कहिँ म पनि उसलाई गलत बाटोमा नजाओस भनेर सम्झाई रहन्थे तर उसलाई…! एक जनाको कमाईले दुई जनाको पेट पाल्न निकैं नै धौधौ भएको थियो । जागिर गर्न उसलाई मैले सुझाब दिएं, शुरुमा त ऊ अनुहार बिगारी पछी के भयो कुन्नि उसले जागिर गर्ने बिचार मलाई सुनाई त्यसमा मैले पूर्ण समर्थन जनाएं ।

विधिको विडम्बना भनौ वा भाग्यको खेल नै भनौ । ऊसले एउटा नामी अमेरिकन रेष्टुरेन्टमा काम पाई, त्यो रेष्टुरेन्टको नाम थियो “वाफ्ले एंड स्ट्रीक” जस्तो नाम त्यस्तै काम अनि दाम पनि… आहा ! मेरी श्रीमतीको अनुहारमा एउटा खुशीको दियो जलेको थियो त्यसैको रापमा म पनि न्यानो भएको अनुभूति गरें । जति मलाई  न्यानोपनको आभाष हुन्थ्यो ऊसको अनुहारको चमक झनझन तेज हुँदै जान्थ्यो । समयले आफ्नो गति रोकेन, समयको गतिसंगै हिड्दै हामी मिनेट, घण्टा, दिन, हप्ता हुँदै महिनाको पर्खाल नाघ्न थाल्यौं । समय परिवर्तनशिल छ अनि गतिशील पनि ।

मानिस समयको पिछालागु हुन बाध्य छ, त्यहि समयको छालले मेरी श्रीमतीलाई पनि बाँकि राखेन, ऊ समयसंगै परिवर्तनको भाषा बोल्न थाली । उसको खुशी सगरमाथाको चुचुरो भन्दा पनि उचाइमा पुग्न थाल्यो, ऊ हावामा उड्न चाहन्थी अनि हवाई महल बनाउन चाहन्थी, ऊ सुनको पलङमा सुत्न चाहन्थी, उसले आफ्नो यथार्थ बिर्सीसकेकी थिई । सगरमाथाको चुचुरोमा पुगेको हर्षउल्लाससंगै एउटा पर्वतारोहीले आफ्नो आधार शिविरको कथा व्यथा भुले जस्तै उसले पनि आफ्नो यथार्थता, आफ्नो प्रेम र अतितको व्यथा बिर्सी सकेको झनक देखाउँथी । उसको हाउभाउ देख्दा लाग्थ्यो ऊ सगरमाथको चुचुरो देखि उडेर अझै माथि माथि चन्द्रमासम्म पुग्न चाहन्थी । बुढापाका भन्छन- “दु:खमा न आत्तिनु – सुखमा न मात्तिनु” तर मेरी श्रीमतीको हकमा यो नियम लागु हुदैन्थ्यो । ऊ दु:खमा धेरै नै निराश हुने अनी सुख परे दुनियाँलाई बिर्सने स्वभावकी थिइ । उसको यो स्वभाव देखि म निकै नै असन्तुष्ट थिएं । उसमा आएको यो एक्कासी परिवर्तन संगै मलाई चिन्ता थियो, कतै ऊ हावामा उड्दा उड्दै कालो बादलमा काग हराए झैँ आकाशमै हराउने त होइन ? कतै उसको  सपनाको महल बालुवाको घरजस्तै छिनभरमै भताभुङ्ग त हुने होइन ? त्यसपछि कतै ऊ हिनताबोधको शिकार हुने त होइन ? निराशापनको उपज कतै आत्महत्या…? उफ: यिनै प्रश्नहरुको भुमरीमा म फसिरहेको थिएं, कताकता निसास्सिएको अनुभब हुन्थ्यो । म उसको बिषयमा निकै भाबुक बनि सकेको थिएं, ऊसको हरेक साना-साना खुशीमा म साथ दिने गर्थें ताकि ऊ निराश नबनोस्, उसको खुशीमा मेरो हाँस्ने अनि दु:खमा रुने बानि बसिसकेको थियो । हामीहरु हाँस्दा हाँस्दै रुने गर्थ्यौं, अनि रुदारुदै हाँस्ने पनि… समयको गतिसंगै परिवर्तनको छाल यसरी तिब्र हुँदै गयो, जुन सुनामी बनेर मेरो जीबनमा छायो, जसको आत्मकथा यस प्रकार छ…!! क्रमश…

Posted by: Jay Ale

One response to “बनभोज र मेरो हराएको पात्र… भाग-४ !!

  1. keep it up rajandra jeeeeeeeeeee. keep it up ………………….

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.