जापानमा १४ नेपाली बिद्यार्थी सम्पर्कविहीन


देबेन्द्र भट्टराई
काठमाडौ, फाल्गुन २९ – जापानमा आएको भुइचालो र सुनामीको प्रकोपमा परेर बाँच्न सफल एक नेपाली बिद्यार्थी रविन शर्माले आफूसंगै पढ्ने १४ जना नेपाली बिद्यार्थीको स्थिति बेखबर रहेको जानकारी गराएका छन् । सेन्डाइस्थित भाषा स्कुलको कक्षामा बसेर पढिरहेका बेला सुनामी आउदा आफू भागेर बाहिर निस्कन सकेपनि अन्य सहपाठीहरु स्कुलमैं थुनिएको र सुनामीले स्कुल क्षतबिक्षत भएको उनले जनाएका छन् । ‘रविनले मोबाइल मेसेजबाट पठाएको खबरमा सगैका साथीभाइको स्थिती’bout चिन्ता जनाएका छन्,’गैर आवासीय नेपाली संघ, जापानका प्रवक्ता डा.कुमार बस्नेतले कान्तिपुरलाई फोनमा भने ।

यसबाहेक, यति तथा साइनो नामका नेपाली रेष्टुरेन्ट बगाएको र झण्डै एक दर्जन नेपालीहरु सम्पर्कहीन रहेको बिषयमा समेत स्थानीय नेपाली समुदाय सम्पर्क स्थापित गर्न-गराउनमा लागीपरेको बस्नेतले बताएका छन् । ‘हामी नेपालीहरुको स्थिती पहिल्याउन विदेश मन्त्रालयमार्फत पहल गरिरहेका छौं,’टोकियोस्थित दुतावासका उपनियोग प्रमुख डा.दुर्गा सुवेदीले  कान्तिपुरसग भने ।

सेन्डाइमा पढ्ने नेपाली बिद्यार्थी रविनको मोबाइल मेसेज यसप्रकार छ-

Hi,

I am a student in sendai Japanese school, I am now inside a evacaution building but i dont know where my frns are. nobody come here to save us . I am mailing you by my mobile phone .. Please save me , alltogether we are 15 student here. I dont know about the other friends.We were in a class when tsunami came, I ran away from the class but rest of my friends are not able to run away, they are still in a class room, but our class room is damaged by Tsunami.

Rabin Sharma

Posted by: Shiva Paudel

Source: Kantipuronline

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.