कुवेतमा नेपालकी चर्चित कलाकार निशा सुनारको साथमा “युएई एक्सचेंज” लाइभ कन्सर्ट हुँदै…


जय आले, कुवेत

आगामी २५ मार्च २०११, शुक्रवारको दिन, कुवेतवासी नेपालीहरु फेरी एकचोटी सांगितिक रमझममा झुम्ने छन् ।

नेपाल पर्यटन बर्ष २०११ बिश्वव्यापी रुपमा प्रचार प्रसार गर्ने सन्दर्भमा नेपालकी ख्याती प्राप्त एवं चर्चित कलाकार (गायिका/नायिका/मोडल) निशा सुनारको कुवेत आगमन हुने प्रबन्ध मिलाईएको व्यवस्थापक/आयोजक श्री सौगात सुवेदी तथा कृष्ण मल्लले जानकारी दिनु भयो ।

उक्त साँस्कृतिक कार्यक्रमको लागि युएई एक्सचेंज कुवेत/हिमाल रेमिटले प्रमुख स्पोन्सरको भूमिका निर्वाह गर्नेछ भनें निशाको साथमा कुवेतका स्थानिय नेपाली कलाकारहरुलाई समेटेर कार्यक्रम प्रस्तुत गरिने थप जानकारी आयोजकले दिएको छ । यसका अतिरिक्त, कार्यक्रम प्रस्तुतिको अवसरमा दर्शकहरुलाई बिभिन्न आकर्षक भाग्यशाली पुरस्कारहरुद्वारा पुरस्कृत गरिने पनि आयोजकले बतायो ।

नेपाल पर्यटन वर्ष २०११ भनी नामांकित गरिएको यस कार्यम्रमलाई युएई एक्सचेंजले प्रमुख स्पोन्सर गरेकोले युएई एक्सचेंज लाइभ कन्सर्ट भनी पुन नामांकरण गरिएको पनि आयोजक समितिले थप जानकारी दिएको छ ।

नेपाल पर्यटन वर्ष २०११ को अवसरमा युएई एक्सचेंज लाइभ कन्सर्ट निम्न मिति/समय/स्थानमा हुन गई रहेकोले समयमै टिकट लिई आफ्नो सिट सुरक्षित गर्नु हुन पनि आयोजकले यसै मिडिया मार्फत अनुरोध गरेको छ ।

मितिः २०११ मार्च २५ गते, शुक्रबार
स्थानः एशिया-एशिया होटल मालिया, कुवेत
समयः अपरान्ह ठिक २.३० बजे
टिकट दर: के. डि. ३ मात्र

उक्त अवसरमा राखिएका भाग्यशाली उपहारहरु:

१) २१ इन्चको रंगिन टेलिभिजन २ थान
२) डि.भि.डी. प्लेयर २ थान
३) क्यामेरा ४ थान

अधिक जानकारी तथा टिकट बुकिङ्को लागि सम्पर्क:

सौगात सुवेदी – ६५७५०६६२, ५५३९५६२३, कृष्ण मल्ल – ६५८९५५६५, खेम गिरी – ६५५६४६३४, आनन्द आचार्य – ५५२०६६४१, शिव दयाल सिंह – ६६२७९९७१, नगेन्द्र क्षेत्री – ६५५०५८३१

3 responses to “कुवेतमा नेपालकी चर्चित कलाकार निशा सुनारको साथमा “युएई एक्सचेंज” लाइभ कन्सर्ट हुँदै…

  1. जय सर २५ तरिख को कार्यक्रम धमका त भन्नु भयो।।। तर एक जना नेपाल बाट आएको कलाकार ले कुवैत् बासी नेपाली दर्सक हरुलाई मनोरन्जन दिन सक्छ होला र? फेरी कुवैत् का चर्चित कलाकार चाँही को को समाबेश छन त थाहा भएन नि त?

  2. होइन लाईभ कन्शर्ट कस्तोलाई भन्छ आयोजक भएर पनि थाहा छैन जे पायो त्यही भनेर नेपाली दर्शक लाई अती लाटो बनाउनु त भएन नि फेरी कन्शर्ट हो कि बम्पर उपहार कार्यक्रम हो नि जबो तेती कम् मुल्यको तिकट् पनि बिक्री नहुने भो भनेर?अनी कुवेटको चर्तित कलाकार चाँही को को हुन नि भबिश्यमा अर्को कार्यक्रम गर्नलाई कतै कठिन् त हुँदैन यस्तो परले ?

  3. कुवैत् आयोजक तपाईंहरुको धन भएर मन नभएको हो कि किनकी विश्वकै ठुलो रुपैया कुवैत्को होइन ? कुवैत् नेपाली समाजमा त एकता को कमी पो लाग्यो नेपालमा धेरै राम्रा राम्रा कलाकारहरु लिएर यहाँ मलेसियामा झै रोमन्चक कार्यक्रम गर्नु पर्‍यो त्यहा कुनै कठिन् छैन जस्तो लाग्छ जेहोश नयाँ कलाकारलाई पनि मौका दिनु भएकोमा कुवैत् आयोजकलाई बधाई छ तर निशा सुनार चाँही खाशै नामै नसुनेको हो अब चर्चित त कसरी हुने र हजुरहरुले अलिक ज्यादा गफ हाँक्नु भयो कृपया यसो गरेर नयाँ कलाकारलाई पछी पार्ने काम नगर्नु होला|आगमी दिनमा अझ राम्रो कर्यक्रम आयोजना गर्नुहोला अग्रिम शुभ – कामना छ नव बर्ष २०६८ सालको यहाँहरु सम्पूर्ण लाई |

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.