कुवेतमा एम्नेष्टीको सु-अवसर र मेनपावर एशोसिएसनका सहयोगी हातहरु…


जय आले, कुवेत

कुवेत सरकारले गौह्र कानुनी रुपमा कुवेतमा बसोवास गर्दै आएका बिदेशी नागरिकहरुलाई बिना सजायँ स्वदेश फिर्तिको निम्ती प्रदान गरेको एम्नेष्टी (आम माफी) को अवसरमा नेपाली नागरिकहरुको लागि व्यावस्थापन र अन्य सहयोगको लागि नेपालकुवेत मेनपावर एशोसियसनले आफ्ना सहयोगी हातहरु अगाडि बढाएको छ ।

एशोसियसनले -नेपाली दूतावास कुवेतबाट ट्राभल डकुमेन्ट लिए पछी त्यसलाई लिएर सिधै सार्कस्थित सेन्ट्रल गभर्मेन्टको अनुसन्धान शाखामा जानु पर्ने हुन्छ । जहाँ सम्बन्धित व्यक्तिको विवरण हेरेर उसले फिंगर प्रिन्टका लागि सुवैखमा रेफर गर्छ । सुवैखबाट फिंगर भएपछि स्पोन्सर कहाँको हो, सो ईलाकामा गएर क्लियरेन्स लिनु पर्ने हुन्छ र अधिकांश नेपालीलाई यो कुराको राम्रो ज्ञान नहुँदा अन्यौलमा परेका हुन सक्छन । उक्त अवस्थामा नेपालकुवेत मेनपावर एशोसिएसनका पदाधिकारीहरु नि:शुल्क सवारी साधनको साथमा व्यवस्थापन र अन्य आवश्यक सहयोगका लागि तत्पर रहेका छन भनी एशोसियसनले जानकारी दिएको छ ।

हरेक हप्ताको पाँच दिन (आइतबार देखी बिहीबार) सम्म दूतावासको गेट बाहिर पाँचवटा निजी गाडीसहित एशोसियसनका प्रतिनिधिहरु आवश्यक सहयोगका लागि तयारी अवस्थामा रहने छन । जसलाई आवश्यक परेको छ, उनिहरुले निर्धक्क भई सम्पर्क गर्न सक्नु हुनेछ । बिभिन्न माध्यम अर्थात हामी जस्तै एजेन्सीहरुबाट आएका हाम्रा नेपाली चेलीहरुको उद्वार/सहयोग गर्नु हाम्रो कर्तब्य/धर्म हो भनी यस उद्वार/उपकार कामको थालनी गरिएको एशोसियसनले जानकारी दिएको छ ।

कतिका आफ्ना/आफन्त होलान तर अधिकांशको यहाँ कोही नहुँदा घर फर्कने सुवर्ण अवसर प्राप्त गर्दागर्दै पनि प्रकृया थाहा नहुँदा सास्ती भोगी रहेका गैह्र कानुनी नेपालीहरुको सहयोगार्थ एशोसिएसनले चालेको प्रकृया अवश्य पनि स्वागतयोग्य छ ।

हामीले नेपाली कामदार महिलाहरुलाई कुवेत ल्याउने मात्र नभई उनिहरु कुवेतमा कार्यरत रहुन्जेल बिताएका समयको समेत निगरानी गरेर सुरक्षित तरिकाले स्वदेश फर्काउन सकौं भन्ने हाम्रो मनसाय हो, गैह्र कानुनी भएर अरुको मुलुकमा बस्दा के कस्ता दु:ख/बेदना भोग्नु पर्छ, उनीहरुको व्यथालाई  हामीले नजिकबाट अनुभव गरेका छौ, एशोसिएसनका सचिव राजु खड्काले बताउनु भयो ।

सकेसम्म बिना झन्जट सरल तरिकाले आफ्नो परिवारसँग उनीहरुको मिलन होस जसको लागि के कसरी सहयोग गर्न सकिन्छ भनी नेपाली दूतावास, NRNA र एसोसिएसनका प्रतीनिधीहरुबीच गतहप्ता भएको छलफलका आधारमा एसोसिएसनले सहयोगी हातहरु फिंजाउन शुरुवात गरेको हो । यसका अतिरिक्त, कुवेतको नेपाली समाजमा भटाभट उदाएका तीन दर्जनको हाराहारीमा रहेका नेपाली सँघ-संस्थाका प्रतिनिधिहरु आ-आफ्नो रोजीरोटीमा ब्यस्त हुनुको वाबदुद पनि हप्तामा हुने एक दिने बिदामा समेत सक्दो सहयोग गर्न जुटिरहेको देखिंदै आएको छ ।

उता नेपाली दूताबास स्थापना पश्चात पहिलो पटक मिलेको एम्नेष्टीमा दूतावास परिसर हुल र भिडले खचाखच भएको छ भनें दूतावासका कर्मचारीहरुलाई काम गर्न र सम्हाल्न हम्मेहम्मे परेको छ । महामहिम राजदूत श्री मधुवन पौडेलले नि:शुल्क रुपमा कागजपत्र उपलब्ध गराउन नेपाल र कुवेत सरकारबीच समन्वय गरी खेलेको कुटनीतिक भूमिकाको पनि हरेक तहबाट कुवेतवासी नेपालीहरुले स्वागत गरेका छन ।

एशोसिएसनले गतहप्ता कागजपत्र नहुनेहरुलाई आ-आफ्नो एजेन्सीहरुमा सम्पर्क गर्न गरेको सार्वजनिक आव्ह्वानले गर्दा पनि कयौं गैह्र कानुनी नेपालीहरुले सम्पर्क गरी कागजपत्र लगी सकेको सचिव खड्काले थप जानकारी दिनु भयो ।

यसै क्रममा, कागजपत्र बनीसकेपश्चात नेपाली दूतावासदेखी सार्क, सुवैख हुँदै आ-आफ्नो कपिल(स्पोन्सर) रहेको ईलाकासम्म नि:शुल्क रुपमा आवत जावत गर्न सवारी साधन र अन्य सुविधाको लागि निम्न एशोसिएसनका प्रतिनिधिहरुलाई कुनै पनि बेला सिधै सम्पर्क गर्न सक्नु हुने जानकारी समेत नेपालकुवेत मेनपावर एशोसियसनले दिएको छ ।

बम बहादुर थापा – ६६५६५५७२
नबराज श्रेष्ठ – ६६४२०१९१
राजु खड्का – ६५५५६०३२
अर्जुन तामाङ्ग – ६६०४५१८७
सुन्दर गिरी – ६५१७१४१८
दिनेश परियार – ९९१३८२८९
श्याम लामा – ६५८८१३७६
राम बहादुर तामाङ्ग – ९९९७४६७८
राजु थापा – ६६१९६५०५
राम चन्द्र सुवेदी – ६६६४२५०३

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.