एम्नेष्टीको अवसरमा सूचना प्रवाहको निम्ति जन–जागृतीको सकृयता तिब्र


जय आले, कुवेत

कुवेत सरकारले गत मार्च १ देखि जुन ३० सम्म रहने गरि कुवेतमा गैह्र कानुनी रुपमा बस्दै आएका विदेशी नागरीकहरुलाई सजिलै आफ्नो मुलुक फर्किन बाटो खुल्ला गरेको छ । आम माफीको अवधिमा घर फर्किनको लागि कुवेतस्थित विभिन्न नेपाली सँघ–संस्थाहरुले अनलाईन मार्फत विज्ञप्ती निकाली स्वदेश फर्किन आव्हान गरेका छन् भने कुवेतमा सामाजिक सेवामा समर्पित जन–जागृती युवा समाज कुवेतले पर्चाको माध्यमबाट सूचना तथा जानकारी प्रदान गर्दै आएको छ ।

कुवेतमा पीडित बनेकी नेपाली चेली शान्ती माया दोङ्गको उद्वारार्थ साँस्कृतिक कार्यक्रम प्रस्तुती जस्ता सामाजिक कार्यमा सकृयतापूर्वक लागि पर्दै कुवेतको नेपाली समाजको सामाजिक क्षेत्रमा छिट्टै लोकप्रियता हाँसिल गरेको जन–जागृती युवा समाजले गत हप्ता देखि नै आम माफीको समाचारलाई आम नेपालीबीच प्रचार प्रसार गर्दै आईरहेको छ ।

तमू समाजले आयोजना गरेको भलिवल प्रतियोगिताको दिनमा पनि जन–जागृतीका समाजसेवी युवाहरु ५ पानाको पर्चा हातमा लिएर खेल मैदानमै वितरण गर्दै हिंडेको देखियो । समाजका संयोजक टीकाराम आचार्य पनि पर्चा वितरण गर्नमा व्यस्त देखिनु हुन्थ्यो । उक्त पर्चामा समाजका अध्यक्ष दिपक क्षेत्री मार्फत गैह्र कानुनी रुपमा बस्दै आएका नेपालीहरुलाई समयमै दूताबास गई आवश्यक कागजपत्रहरु मिलाएर घर फर्किनको लागि प्रेरित गरिएको छ भनें विगतमा केहि व्यक्तिहरुले आवश्यक भन्दा बढी रकम लिई ठगी गरेको हुँदा त्यस्ता व्यक्तिहरु प्रति सचेत रहि सिधा दूताबास मै सम्पर्क गरि काम गर्न सावधान गराईएको छ ।

उक्त पर्चाको उद्देश्य माथी प्रकाश पार्दै जन–जागृती युवा समाजका सदस्य श्री डम्बर रिमालले “मात्र अनलाईन समाचारहरु सबै नेपालीको पहुँच भित्र पर्न नसकेको र आम माफीको सूचनाबाट कोही पनि नेपाली बन्चित भई स्वदेश फर्किनबाट नरोकिउन भन्ने उद्धेश्यले यो अभियान अघि सारेको” बताउनु भयो ।

यसपटकको आममाफीमा सकेसम्म सबैलाई सूचना प्रवाह गरि घर फर्काउन अभिप्रेरित गर्ने काम भईरहेको र कुवतेको विभिन्न ठाउँहरु फाहहिल, मंगाफ, अबु-हलिफा, महबुल्ला, जिलिव सुवैख, जहारा, हवाली, मालिया, मुर्गाफ, साल्मिया आदी सिटीहरुमा व्यापक प्रचार प्रसार भईरहेको तथा टेलिफोन मार्फत पनि आवश्यक परामर्श प्रदान गर्दै आएको जानकारी दिंदै जन–जागृतीको यो कामलाई सबैले प्रशंसा गर्दै धन्यवादहरु आईरहेको कुरा पनि समाजकै अर्का सदस्यद्वय आस बहादुर नेपाली तथा शिब दयाल सिंहले कुवेतनेपाल डटकमलाई जानकारी गराउनु भयो ।

जन–जागृतीको यस अभियानलाई प्रशंसा गर्दे जिलिव सुवैखस्थित मेनपावर संचालक श्री रसुल मियाँ र खगेन्द्र लम्सालले उक्त पर्चाको १००० प्रति फोटोकपी प्रायोजन गरेका थिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.