आईकाडबासी नेपालीहरुद्वारा उल्टो साइकल यात्रीलाई सम्मान


विरही रिजाल, अबुधाबी

यही मिति ११ मार्च २०११ शुक्रवारका दिन नेपालका प्रथम उल्टो साइकलयात्री लगायतका तीनजनाको टोलीलाई अबुधाबीस्थित आईकाड सिटीमा रहेका नेपालीहरुले एक समारोहका बीच आर्थिक सहयोगका साथ सम्मान गरेका छन् ।

नेपाली समाज, मुसफाह क्षेत्रीय समितिको आमन्त्रणमा आईकाड सिटी पुगेको साईकल यात्रीहरुको टोलीलाई द राइजिङ्ग सितोरियो कराँते डोजो अबुधाबी कराँते टीम, काठमाण्डू रेष्टुरेण्ट र नेपाली समाज, मुसफाह क्षेत्रीय समितिका पदाधिकारीहरुको सँयुक्त आयोजनामा गरिएको सो सम्मान कार्यक्रमको अध्यक्षता नेपाली समाज, मुसफाह क्षेत्रीय समितिका उपाध्यक्ष धनेन्द्र राईले गरेका थिए भने कार्यक्रम सञ्चालन द राइजिङ्ग सितोरियो कराँते डोजो अबुधाबी कराँते टीमका प्रमुख प्रशिक्षक थ्री डन् गजेन्द्र चौधरीले गरेका थिए ।

सो सम्मान कार्यक्रममा नेपाल पत्रकार महासँघ, यूएई शाखाका सहसचिव गिरधारी रिजाल, सर्वदा वाङ्गमय प्रतिष्ठान् यूएई शाखाका सचिव चेतन कार्की, काठमाण्डू रेष्टुरेण्टका प्रोप्राइटर भीमनारायण श्रेष्ठ लगायत आईकाडबासी नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

पत्रकार गिरधारी रिजालले सो कार्यक्रममा मन्तव्य दिने क्रममा नेपाल र नेपालीहरुको शानका निम्ति विश्वमा आफ्नो ध्वजा फहराउँदै ज्यान समेत जोखिममा राखेर हिड्ने साइकलयात्रीहरुलाई सम्मान गर्न पाउँनु हामीहरुको सौभाग्य हो भन्दै उहाँहरुको कदर गर्नु नै नेपालको कदर गर्नु हो भन्ने कुरा औल्याए भने सर्वदा वाङ्गमय प्रतिष्ठान, यूएई शाखाका सचिव चेतन कार्कीले जोखिम उठाई उहाँहरुले शुरु गरेको पर्यटन वर्ष २०११ सफल पार्ने र नेपालको नाम रोशन गर्ने अभियानमा हामी सबैले साथ दिनुपर्ने कुरामा जोड दिए ।

विश्व साइकलयात्री टोली प्रमुख काभ्रे निवासी जनार्दन खनालले आफ्नो साइकलयात्राको अनुभव उल्लेख गर्ने क्रममा करीब १८ वर्षको शिक्षण पेशा पश्चात् ३८ वर्षको उमेरमा दीगो शान्ति, विश्व भाइचारा र नेपाल तथा नेपालीको पहिचान विश्वभर दिलाउँने उद्देश्य लिई सन् २००४ देखि साइकलयात्रामा निक्लेको र सन् २०१३ सम्ममा यात्रा पूरा गर्ने योजना राखेकोमा आर्थिक संकट र पिताको निधनले सो सम्भव नभएकोले हालसम्ममा ३० वटा देश भ्रमण गरेको र सन् २०१५ देखि २०१७ सम्ममा यात्रा पूरा गर्ने योजना रहेको बताउँछन् ।

यसैगरी उदयपुर निवासी नेपालकै प्रथम उल्टो साइकलयात्री बीरेश प्रसाद दाहालले आफ्नो साइकलयात्राको अनुभव उल्लेख गर्ने क्रममा वि.सं. २०५७ सालमा नेपालको यात्रा पूरा गर्दै वि.सं. २०६३ देखि विदेश भ्रमणको सिलसिलामा यूएई दशौं देश रहेको बताउँछन् । नेपालमा कलाकार, खेलाडी र पत्रकारको कुनै सम्मान छैन तर विदेशमा आएर हामीले सबैभन्दा ठूलो सम्मान पाएका छौं भन्दै आफ्नो मुख्य लक्ष्य नेपाल पर्यटन वर्ष २०११ लाई सफल पार्दै विश्वकै प्रथम उल्टो साइकलयात्रीको नाम गिनिज बुक अफ वल्र्डमा लेखाएर नेपालको नाम उँचो राख्ने उद्देश्य रहेको र यो योजना आगामी पाँच वर्षभित्र पूरा गरिछाड्ने बताउँछन् भने उल्टो साइकलयात्री बीरेश प्रसाद दाहालको सपना पूरा गर्न एकजना साथीको आवश्यकता महसुस गरेर उनको सहयोगको निम्ति साइकल यात्रामा आपूm पनि निक्लेको उदयपुर निवासी बबीन बस्नेत बताउँछन् । यात्रा क्रममा यूएई उनको दोश्रो देश रहेको छ ।

कार्यक्रमको अन्तमा नेपाली समाज, मुसफाह क्षेत्रीय समितिको तर्फबाट उनीहरुको यात्राको कामना गर्दै तीनैजनालाई खादा ओढाएर सम्मान गरिएको थियो भने समितिको तर्फबाट सहयोग स्वरुप दिर्हाम्स ३००/- प्रदान गरिएको थियो । यसैगरी काठमाण्डू रेष्टुरेण्टका प्रोप्राइटर भीमनारायण श्रेष्ठले दिर्हाम्स ३००/- र कराँते टीम तथा उपस्थित जनसमुदायका तर्फबाट २५१/– दिर्हाम्स संकलन गरी यूएई दिर्हाम्स जम्मा ८५१/– सँयुक्त रुपमा तीनैजनालाई हस्तान्तरण गरिएको थियो ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.