अश्लील भिडियो बनाएको विरोधमा जाहेरी दिने किशोरी धम्की आएपछि विस्थापित


धादिङ (गजुरी), फागुन २९- भूमेस्थान गाविसकी १४ वर्षीया किशोरीले आफूलाई ललाइफकाइ, प्रलोभनमा पार्नाका साथै अश्लील भिडियो बनाएर यौन शोषण गरेको भन्ने जाहेरी दिएकामा पीडकहरूको धम्कीका कारण बालिका आइतबार बिहानदेखि विस्थापित भएकी छिन्। पीडकपक्षले पटकपटक मुद्दा फिर्ता नलिए जे पनि गर्नसक्ने भन्दै धम्की दिएका थिए।

   धम्कीका कारण पीडित बालिका विस्थापित भएकाले जिल्लामा क्रियाशील महिला मानवअधिकार रक्षकहरूले उद्धार गरी सुरक्षित स्थानमा राखेको महिला मानवअधिकारकर्मी राधिका सापकोटाले जानकारी दिइन्।

पीडित विस्थापित भएका कारण कक्षा सातको अन्तिम परीक्षासमेत दिन पाएकी छैनन्। दुई अभियुक्त प्रहरी नियन्त्रणमा भए पनि उनीहरूको सञ्जालले पीडित बालिकाको घरमा गएर धम्की दिएको र गाउँभरि हल्ला गरेर बेइज्जत गरिदिन्छौँ भन्दै तत्काल नमिले आफूहरूले ठूला मानिसलाई भनेर मुद्दा फिर्ता गर्नसक्ने चेतावनी दिइररहेको पीडितको परिवारले जनाएको छ।

भारत मोतीहरी मलाइधाम मलाइवेडरुवा निवासी ४३ वर्षीय विनोद गुप्ता र रौतहट निवासी धादिङको थाक्रे गाविस वडा नं ३ महादेवबेसीमा पसल गरी बस्ने शेख अल्यासले पटकपटक बालिकाको नाङ्गो तस्बिर बनाएर गाउँभरि वितरण गरेको, पटकपटक यौन शोषण गरेको र बिक्री गर्न खोजेको भन्ने पीडितको जाहेरीको आधारमा प्रहरीले पीडकहरूलाई गिरफ्तार गरेको जनाइएको छ।

ती बालिकालाई मोबाइल, पैसा जति चाहिए पनि दिने भनी ललाइफकाई गरेर यौन शोषण गरेको तथा उनीहरूले भनेको ठाउँमा भनेको मान्छेसँग यौन सम्पर्क गर्न नमानेपछि फोटोलाई दुरुपयोग गरेर गाउँभरिका मानिसको मोबाइलमा पठाएको पीडित बालिकाले बताइन्।

Posted by: Shiva Paudel

Source: Nagariknews

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.