तमू समाज कुवेतद्वारा आयोजित भलिवल प्रतियोगिता सम्पन्न


जय आले, कुवेत

तमू समाज कुवेतको आयोजनामा अन्तर नेपाली भलिवल प्रतियोगिता ११ मार्च २०११ शुक्रवारको दिन, कुवेतको मङ्गाफस्थित भलिवल मैदानमा सफलतापूर्वक सम्पन्न भएको छ ।

अल-कुवेत, होटल रेडिसन ब्लु, नव-प्रतिभा-ए, तामाङ्ग घेदुङ्ग, SDFC-ए, अल-मुल्ला कम्पनी, तमू समाज, प्रेस नेपाल, नव-प्रतिभा-बि, नयाँ नेपाल, मेनपावर एशोसियसन, SDFC-बि, कालीगण्डकी, क्रेज नेपाल र DXN नेपाल गरी १५ नेपाली टिमहरुले उक्त प्रतियोगितामा सहभागीता जनाएका थिए । नक-आउटको आधारमा ‘A’ र ‘B’ गरी दुई पोलबाट खेलाईएका समुहगत चरण र क्वार्टर फाईनलका खेलहरुमा आफ्ना निकट्तम प्रतिश्पर्धीहरुलाई पराजित गर्दै नव-प्रतिभा-ए, कालीगण्डकी, नयाँ नेपाल र SDFC-ए’ले सेमीफाइलन चरणको यात्रा तय गरेका थिए ।

यस्तै, सेमीफाइनल खेलमा ‘A’ पोलबाट SDFC-ए’ले नव-प्रतिभा-ए’लाई र ‘B’ पोलबाट नयाँ नेपाल’ले कालीगण्डकी’लाई पराजित गर्दै फाइनलमा प्रवेश गर्न सफल भए, भनें फाइनल खेलमा खारिएका सशक्त खेलाडी र राम्रो सेट मिलेको टिम भनेर परिचित SDFC-ए’ले नयाँ नेपाल’लाई लगातार २ सेटमा पराजित गरी प्रतियोगिता बिजेताको उपाधी चुम्न सफल भयो भनें नयाँ नेपाल’ले उप-बिजेतामै चित्त बुझाउनु पर्‍यो ।

यसैगरी, कुवेतमा आजसम्म आयोजना हुने गरेका अन्तर नेपाली भलिवल प्रतियोगिताहरुमा बिजेता, उप-बिजेता, उत्कृष्ट खेलाडी र उत्कृष्ट टिम गरी जम्मा ४ श्रेणीमा दिईने अवार्डलाई तमू समाज कुवेतले भनें पृथक ढंगबाट ९ श्रेणीमा वर्गिकरण गरी ९ विधामा अवार्ड वितरण गर्दै अन्तर नेपाली भलिवल प्रतियोगिता कुवेतमा एक आयाम थप गरेको छ ।

-आयोजक तमू समाज कुवेतले ९ श्रेणीमा वर्गिकरण गरेको अवार्डलाई निम्न विधामा वितरण गरिएको छ ।

१) बिजेता टिम: SDFC-ए
२) उप-बिजेता टिम: नयाँ नेपाल
३) अनुशासित सहभागी टिम (Overall Tournament): क्रेज नेपाल
४) उत्कृष्ट खेलाडी (Overall Tournament): चुबिन गुरुङ्ग (SDFC-ए)
५) उत्कृष्ट लिफ्टर (Overall Tournament): सन्तोष राना (कालीगण्डकी)
६) उत्कृष्ट शटर (Overall Tournament): सम्बत चौधरी (नयाँ नेपाल)
७) उत्कृष्ट खेलाडी (Final Match): ओम कुमार गुरुङ्ग (SDFC-ए)
८) उत्कृष्ट खेलाडी (Semifinal Match-1): सम्बत चौधरी (नयाँ नेपाल)
९) उत्कृष्ट खेलाडी (Semifinal Match-2): रत्न बहादुर के.सी (SDFC-ए), रहेका छन ।

बिजेता/उप-बिजेता टिमहरुलाई ट्रोफी, मेडल, प्रमाणपत्र र खसी उपहार दिई सम्मान गरिएको छ भनें अन्य बिजेताहरुलाई प्रमाणपत्र, ट्रोफी र मायाको चिनो दिई सम्मान गरियो ।

तमू समाज कुवेतको भलिवल प्रतियोगिता सफलतापूर्वक सम्पन्न पार्नमा समाजका निम्न पदाधिकारीहरुले निम्न सुविधाहरु उपलब्ध गराई अतुलनिय सहयोग पुर्‍याउनु भएकोमा समाजले धन्यवाद ज्ञापन गर्दै सदा वहाँहरुले लगाउनु भएको गुन सम्झिरहने बताएको छ ।

जसमा:
१) नेट, बल र समाजका खेलाडीलाई जर्सी: खोप गुरुङ्ग-उपाध्यक्ष, अमर जंग गुरुङ्ग-वरिष्ट सल्लाहाकार, गोपाल गुरुङ्ग-सल्लाहाकार, नरजित गुरुङ्ग-सल्लाहाकार
२) टेन्ट (पाल): पिंकी गुरुङ्ग-सदस्य
३) उत्कृष्ट खेलाडी ट्रोफी (सेमिफाइनल/फाइनल चरण): नरेश गुरुङ्ग-सदस्य
४) उत्कृष्ट लिफ्टर/शटर ट्रोफी (प्रतियोगिता अवधिभर): दिपक गुरुङ्ग-सदस्य
५) चियापान: क्याप्टेन कुल प्रसाद गुरुङ्ग-वरिष्ट सल्लाहाकार, भिम गुरुङ्ग-सल्लाहाकार
६) खाजा, नास्ता: निपेश गुरुङ्ग-सह-कोषाध्यक्ष, रञ्जना गुरुङ्ग-सदस्य

यसैगरी निष्पक्ष रेफ्रिको भूमिका निर्वाह गर्नु हुने रेफ्रिहरुमा केश गुरुङ्ग, प्रेम गुरुङ्ग, शिव गुरुङ्ग, मनु मगर, रुद्र के.सी, रन बहादुर रसाईली र पदम गुरुङ्ग रहनु भएको छ । समाजले रेफ्रिहरुलाई पनि कदरपत्र एवं मायाको चिनो दिई सम्मान गर्‍यो, भनें प्रतियोगितामा स्वयंसेवकदेखी लिएर अन्य सहयोग पुर्‍याउनु हुने नवराज श्रेष्ठ, गंगा बहादुर श्रेष्ठ, सन्तोष गुरुङ्ग, तिर्थ राज पुन र अमृत गुरुङ्गलाई पनि समाजले कदरपत्र दिई सम्मान गरेको छ ।

समाजका अध्यक्ष श्री अमर बहादुर गुरुङ्गको सभापतित्व, वरिष्ट सल्लाहाकार क्याप्टेन श्री कुल प्रसाद गुरुङ्गको प्रमुख आतिथ्य एवं शुभकामना मन्तव्य, सदस्य दिपक गुरुङ्गको सञ्चालन, सल्लाहाकार भिम गुरुङ्गको स्वागत मन्तव्यमा सम्पन्न उक्त अन्तर नेपाली भलिवल प्रतियोगिता समारोहका अतिथिहरुमा: NRNA कुवेतका अध्यक्ष श्रीमान/श्रीमती राजेन्द्र तामाङ्ग, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका अध्यक्ष किरण पौड्याल, उपाध्यक्ष धर्मराज गिरी, सचिव ईन्द्र प्रसाद भूषाल, कोषाध्यक्ष एवं कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आले, सह-कोषाध्यक्ष/सह-सम्पादक शिवराम पौडेल, मेनपावर एशोसियसनका अध्यक्ष बम बहादुर पुलामी, नयाँ नेपाल क्लवका अध्यक्ष दिल बहादुर पुन, कालीगण्डकी बचत समुहका अध्यक्ष आशिष कुवँर, जन-जागृति युवा समाजका अध्यक्ष दिपक क्षेत्री, तामाङ्ग घेदुङ्ग कुवेतका अध्यक्ष सुन बहादुर तामाङ्ग, नेपालकुवेत डटकमका प्रबन्ध निर्देशक सुजन के.सी, सम्पादक हरिकृष्ण न्यौपाने र नेपालकुवेत साँस्कृतिक मञ्चका अध्यक्ष टिकाराम आचार्य रहनु भएको थियो ।

भलिवल प्रतियोगिताका प्रमुख झलकहरु:

Advertisements

5 responses to “तमू समाज कुवेतद्वारा आयोजित भलिवल प्रतियोगिता सम्पन्न

  1. tamu samaj kuwaitle sanchalan gareko vollyball pritiyogita safalta purbak sampanna bhayeko khabar padhna pauda jyadai khushi lagyo tashartha karyakram safal banauna afno anter atma dekhi sahyog puraunu hune sampurnama ma mero bektigat tarfabata muri2 dhanyabad chadhauna chahanchhu.

  2. धन्यवाद छ गुरुङ समाज लाई कुवैतको खाडी मुलुकमा बसेर पनि आफ्नो नेपाली खेलाडी मित्र हरुलाई खेल प्रदर्सन गरुन भएकोमा हामी

    नेपाल तामांग घेदुंग को तर्फबाट hirday dekhi नै dherai dherai धन्यवाद दिनु chahanchhu antyama aaudo dinharuma पनि

    yestai bibhinna karyakram haru prastut garnako nimti anurodh garna chahanchhu धन्यवाद…………….

  3. Thanx Jay Ale bro. for your assistance and perfect news covering. We all Tamu Samaj Kuwait so much appreciate to you. Also Sampurna Sayaoghi sathi haru ma hami tamu samaj kuwait tarfa bata ma aabhar byakta garna chahanchu.

    Jay Tamu Samaj kuwait
    President – Amar Tamu

  4. thank you for kuwait tamusamj pardesma afno srambestatama rahera pani samaey kinali valebal partiyogita rakhi kheladi haruma husela ra yekapasma balakusari garaunu vaeykoma !

  5. sarba pratham namaskar sansar bhari rahanu bhayeka nepali daju bhai harulai yo kwt.ko khadi bata suwikar garidinu hola ani tamu samaj kwt.ka member harulai hardik badhai kina bhane yesto khalko management sayed yo nai pahilo hunu parchha feri-feri yestai game haru sanchalan gardai janu hola bhanne lageko chha hawasta dhanyabad.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.