भुकम्पपछि जापानमा भिषण सुनामी


हजारौ घरमा क्षति, मर्नेको संख्या बढ्दै

प्रकाश पौडेल माइला

२७ फागुन, टोक्यो । जापानको मियागी क्षेत्रमा शुक्रबार अपराहृन ८ दशमलब ९ रेक्टर स्केलको भूकम्प गएपछि उत्तरपूर्वी प्रशान्त महासागर छेऊ रहेका शहरहरुमा सुनामी आएको छ । बिज्ञहरुले भूकम्प पछिल्लो सातवर्षको सबैभन्दा ठुलो भएको बताएका छन् । भूकम्पपछि मियागीको तटीय क्षेत्रमा ७ देखि १० मिटर अग्लो छाल आएपछि सेन्दाई लगायतका तटीय शहरहरु बगाएको छ ।सुनामी आएको केहीवेरमै जापानी प्रधानमन्त्रीले मुलुकमा आपतकालीन अबस्थाको घोषणा गरि उद्धार प्रकृया तिब्र पार्न प्रधानमन्त्री कार्यालयमा आपतकालीन उद्धार केन्द्रको स्थापना गरेका छन् । सरकारले जोखिम न्यूनीकरण गर्न उद्धारको पर्खामा रहेकालाई तत्काल उद्धार गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै सुरक्षा उपाय अपनाउँदै धैर्यता राख्न जनतासमक्ष अनुरोध गरेको छ ।

जापानको एनएचके टेलिभिजनले घर, पानीजहाज र कारहरु बहाइरहेको तथा बिभिन्न स्थानमा आगलागी भएको दृष्य प्रसारण गरेको थियो । करिव दश मिटर अग्लो छाल समुद्रकिनारका शहरमा उर्लेर पसेको देखिन्थ्यो, जसले आँखै अगाडी ठूला घर, जहाज, कारलाई बगाएर एकछिनमै समुद्रमा परिणत गरिदिएको थियो ।

अपरान्ह दुई बजेर ४६ मिनेटमा आएको भूकम्पपछि सरकारले प्रशान्त महासागर क्षेत्रसुनामी आउने चेतावनी दिंदै आफ्ना जनतालाई सुरक्षित स्थनमा सर्न आह्वान गरेको थियो । भूकम्पलगत्तै आएको सुनामीले पुरै वस्ती र शहरहरु केहीमिनेछको अन्तरमा बगरमा परिणत गरेको थियो । भूकम्प आउँदा धेरैजसो जापानीले काम गरिरहेको भवन हल्लिएको र उड्न लागेको जहाजमा चढेको जस्तो महसुस भएको टोकियोवासी जापानीहरुले बताए ।

जनजीवन

भुकम्पको धक्का महसुस हुनासाथ टेलिफोन, रेलवे, हवाई सेवा लगायतका अत्याबश्यक सेवा बन्द भएका थिए । चलिरहेका रेल बिचमै रोकिंदा मानिसहरु अत्तालिएका थिए भने ट्रेन स्टेशनमा मानिसहरुको भीड देखिन्थ्यो । काममा गएका मानिहरु बिचमै घरतिर फर्किने प्रयासमा थिए भने खुला ठाउँमा मानिसको भीड लागेको थियो । प्रमुख धक्कासंगै साना भूकम्पीय धक्काहरु टोक्यो र योकोहासम्म महसुस गरिएको थियो । मानिसहरु के भइरहेको छ भनेर अनुमान गर्न पनि सकिरहेका थिएनन् । फोन अबरुद्ध हुँदा आफन्त सुरक्षित रहे वा नरहेको जानकारी लिन नपाएका नागरिकहरु निराश देखिन्थे । साँझसम्म पनि टेलिफोन सेवा पूर्ण सूचारु हुन सकेको छैन, सामान्यरुपमा चलेको इन्टरेनटबाट मानिसहरु सम्पर्कमा रहेका थिए ।

क्षति

प्रारम्भीकरुपमा आएका रिपोर्टहरुले ६० भन्दा बढी जापानी नागरिकको मृत्यु भएको उल्लेख गरेपनि स्पष्ट तथ्याङ्क आइसकेको छैन् । मर्नेको संख्या अझै थपिदै जान सक्ने देखिन्छ । जापान सरकारले आफ्ना ८ वटा नौसैनिक जहाजलाई क्षतिग्रस्त क्षेत्रमा पठाई क्षतीको जानकारी लिन र उद्धार गर्न लगाएको छ । जापानी सेना, प्रहरी, रेडकक्रसकर्मी लगायतको उद्धार टोली पनि खटिएको छ ।

भूकम्पपछि आएको सुनामीले लाखौं घर बगाएको तथा  जारौ मानिस वेपत्ता भएका छन् । सेन्दाई लगायतका शहरमा अहिले पनि पानी जमिरहेको छ भने त्यसक्षेत्रका हवाई अड्डा, आणविक उर्जा केन्द्र, वाटो, रेल सवै बन्दा गरिएका छन् । जापानमा रहेका ४ वटै आणविक सुरक्षितरुपमा बन्द गरिएको राष्ट्रसंघीय आणविक उर्जा केन्द्रले जनाएको छ ।

गुगलको खोजी सेवा

यसैवीच भूकम्पपछि आएको सुनामीमा परि हराएका, मृत्यु भएका वा मानविय उद्वारको प्रतिक्षामा रहेका ब्यक्तिहरुलाई सहयोग गर्ने हेतुले सर्च इन्जिन गुगलले ‘पर्सन फाइन्डर सर्भिस’ सेवा सुरु गरेको छ । भिजिटरहरुको बढी भन्दा बढी सहभागिताको लागि उक्त नयाँ भर्सन विभिन्न वेबसाइट एवं सोसल नेटवर्किङ साइटहरुमा राखिने छ ।

यो साइटले डाइरक्टरीको रुपमा काम गर्नेछ, जसमा भूकम्प तथा सुनामी प्रभावित जापानीहरुले हराएका वा मृत आफ्ना आफन्तजन’bout जानकारी लिन सक्नेछन् । यसको अलवा उनीहरुले प्रक्रोपबाट सुरक्षित रहेका आफन्त’bout पनि साइटमा जानकारी गराउन सक्नेछन् । प्राकृतिक प्रकोपपछिको समयमा हुने समस्याहरुलाई न्यूनिकरण गर्दै पीडित पक्षलाई सहि सुचना, जानकारी दिन तथा एक-अर्काबाट टाढिएका परिवारजनलाई पुनर्मिलन गराउन यो सेवा सुरु गरिएको गुगलले जनाएको छ ।

हालसम्म जापान ‘क्वेक पर्सन फाइन्डर’मा २ हजार २ सय भन्दा बढी रेकर्डहरु उपलब्ध भैसकेका छन् । २०१० को जनवरीमा हाइटीमा गएको विनासकारी भूकम्पका समयमा यस प्रणालीको पहिलोपटक प्रयोग गरिएको थियो ।

Posted By : Narayan  Nepal

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.