३० हजारमा श्रीमती बेच्ने प्रहरी खोरमा


धनगढी, फाल्गुन २६ -कैलालीका एक युवाले आफ्नो श्रीमती महेश्वरीलाई भारतमा लगेर ३० हजार भारुमा बेचेका छन । श्रीमती भारतमा बेचेको आरोप लागेका युवालाई प्रहरीले पक्राउ गरेको छ । छोरी बेचिएको आशंकामा महेश्वरीका माइती पक्षले प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन ।

गत माघ २८ गते अभियुक्त शिवराजले आफ्ना जेठाबुबा हरिलाल जोशीलाई फोन गरेर श्रीमती सरसामान लिएर भागेको बताएका थिए । उनका जेठाबुवा हरिलालबाट महेश्वरीका माइती पक्षले छोरी हराएको थाहा पाएका थिए । कैलालीको चौमला गाविस वडा नम्बर ८ बनबेहडा बस्ने २५ बर्षिय शिवराज जोशीले आफ्नी श्रीमती भुवनेश्वरीलाई ३० हजार भारुमा बेचेका हुन् । उनले भारतको रानस्थानका नागरिक सेतुराम भाटीलाई श्रीमती बेचेको आरोप छ ।

श्रीमती बेचेको आरोपमा भारतबाट घर फर्कने बित्तिकै उनलाई घरबाटै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक प्रेम चन्दले बताए । अदालतबाट आदेश लिएर उनलाई बुधबार देखि हिरासतमा राखेको उनले बताए। शिवराजले आफ्नो श्रीमती महेश्वरीलाई आठ महिनाअघि भारतीय नागरिकलाई ३० हजारमा बेचेको स्विकारेका छन ।

छोरा छोरी नहुने समस्या देखिएकाले रु ३० हजार भारु लिएर श्रीमती उसलाई बेचेको उनले बताए । उसले छोराछोरी नहुने श्रीमती मलाई ठिक हुन्छ भनेर पैसा दिई लगेको उनले बताए । आरोपित जोशीलाई भारतबाट घर फर्कने बित्तिकै घरबाट पक्राउ गरेको प्रहरीले बताएको छ । जोशी गत शुक्रबारमात्र भारतबाट घर आएका थिए । भारतीय सुरक्षाकर्मीको सहयोग लिएर बेचिएकी महेश्वरीको उद्धार गरिने प्रहरी उपरिक्षक चन्दले बताए । प्रहरीले उनी बिरुद्ध मानव बेचबिखन सम्बन्धी मुद्धा चलाएको छ ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.