बेलायतद्वारा ३३ करोड पाउण्ड सहयोग घोषणा


काठमाडौ, फाल्गुन २६ -बेलायतले नेपालको चौतर्फी विकासका लागि ३३ करोड एक लाख स्टर्लिङ पाउण्ड प्रदान गर्ने भएको छ । शान्तिप्रक्रिया, सबल शासन, सुरक्षास्थितिमा सुधार तथा न्यायमा पहुँच बढाउन चार वर्षको अवधिमा खर्च गर्ने गरी बेलायतले उक्त सहायता रकम बुधबार अपराहृन घोषणा गरेको हो ।

नेपालको भ्रमणमा रहनुभएका बेलायतका अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री एलन डन्कनले आर्थिक वृद्धिबाट फाइदा लिन नसकेका गरिब तथा पिछडिएका वर्गको उत्थानलगायत कार्यक्रम कार्यान्वयनलाई चारवर्षे योजनाले प्राथमिकता दिएको बताउनुभयो ।

सर्वसुलभ स्वास्थ्य तथा शिक्षा सेवा प्रवाहमा सघाउने, मौसम परिवर्तनका कारण पर्ने प्रभावको सामना, भूकम्पजस्ता दैवी विपत्ति न्यूनीकरणका साथै महिला तथा बालबालिकाको जीवनस्तर उकास्ने कार्यमा प्रदत्त रकम खर्च गरिने उहाँले जानकारी दिनुभयो । बेलायत सरकारले सञ्चालन गर्ने विकासका योजनाले दुई लाख ३० हजार रोजगारीका अवसर सिर्जना गर्नुका साथै जलवायु परिवर्तनको जोखिमबाट ३० लाख नेपालीलाई जोगाउने छ ।

त्यसैगरी, वनसँग सम्बन्धित कार्यक्रमबाट पाँच लाख ७० हजार जना गरिबीबाट मुक्त हुने, एक लाख आठ हजार दुई सयलाई अवाञ्छित गर्भधारण गर्नबाट रोक्ने तथा एक लाख १० हजारले शौचालय सुविधा उपभोग गर्न पाउनेछन ।

सन् २०११ देखि २०१५ सम्म कार्यान्वयन गरिने चारवर्षे विकास कार्यक्रम घोषणापछि आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री डन्कनले गरिबी घटाउन राजनीतिक स्थिरताका साथै सहमति प्रवर्द्धन हुनुपर्नेमा जोड दिनुभयो । नेपाललाई प्राथमिकताप्राप्त मुलुकको सूचीमा समावेश गरेको उल्लेख गर्दै उहाँले सहायता राशिमा ९१ प्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो ।

बेलायती करदाताले दिएको रकम परिवर्तनका निम्ति उपयोग भए नभएको आफूहरूले निरन्तर अनुगमन गर्ने उहाँले बताउनुभयो । ‘पैसाको महत्व र जवाफदेहिता हाम्रो नयाँ कार्य सम्पादन मन्त्र हो’ राज्यमन्त्री डन्कनले भन्नुभयो ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.