दाहालपुत्र फिल्म सुटिङमा


  कास्की, फाल्गुन २६ – माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाश (सँगैको तस्बिरमा बायाँबाट तेस्रो) बुधबार पोखराको फूलबारी रिसोर्ट परिसरमा चलचित्रकर्मीमाझ भेटिए ।संगीतकार चेतन सापकोटाले उनलाई ‘कमरेड’ सम्बोधन गर्दै क्यामेरा पुज्न लगाए । माओवादी समर्थित सिनेकर्मीहरूले निर्माण गर्न लागेको फिल्म ‘बोस’ को शुममुहूर्तका लागि पोखरा आएका प्रकाश दाहाल निकै उत्साही देखिन्थे ।  पार्टीको कुनै विशिष्ट पदमा नरहे पनि चलचित्र युनिटले उनलाई प्रमुख अतिथिको रूपमा डाकेका हुन् । पूजापाठमा विश्वास नगर्ने माक्र्सवादी दर्शनका पक्षपाती उनले शुममुहूर्तका क्रममा नरिवलसमेत फोरे । 

शुभारम्भका क्रममा नायिकाले दिएको नृत्य पोज उनले निकै गहिरिएर हेरे । त्यहीबीचमा फिल्मका मुख्य अभिनेता आयुष रिजाल पनि दाहालपुत्र प्रकाशलाई देखेपछि दंग परे । उनले सोधे, ‘पहिलोपटक आउनुभएको हो सुटिङमा ?’ दाहालले जवाफ फर्काए, ‘अहिलेसम्म सुटिङ हेरेको थिइनँ, पहिलोपटक नै हो ।’ त्यही भएर होला उनी सुटिङका दृश्यहरू निकै कौतुहलतापूर्वक नियाल्न मग्न देखिन्थे ।

‘युवाहरूका लागि फिल्म बन्न लागेकोले हौसला दिन र साथीहरूको आग्रह नकार्न नसकेर यहाँ आएको हुँ,’ उनले भने । उतिसारो नेपाली फिल्म हेर्ने फुर्सद नमिलेको बताउने दाहालले पछिल्ल्ाोपटक पार्टीसम्बद्ध ‘जनयुद्ध’ नामको चलचित्र हेरेका रहेछन् । अधिकांश समय आफू भारतमा रहेकाले नेपालीभन्दा भारतीय फिल्म बढी हेरेको उनले बताए ।

हिन्दी फिल्म ‘नायक’ त पाँचपटक हेरें,’ उनले सम्झे । निजी सवारी चढेर आएका दाहाल बाबु र आमाको जन्म स्थान ढिकुरेपोखरी र हेम्जा पनि पुगे । सुटिङ क्रममा चलचित्रका कलाकारसँग तस्बिर खिचाउनुका साथै भलाकुसारी गर्न पनि भ्याए । सुटिङमा युनिटले कलाकारहरूलाई समेत ‘कमरेड’को सम्बोधन गरेको

थियो । ‘पार्टीगत माहौल भएकाले नाम अगाडि कमरेड थपेका हौं,’ ‘चलचित्रका लेखक मौनता श्रेष्ठले भने, ‘हाम्रो चलचित्र पार्टीगत नभए पनि आस्थाले कमरेड माहौल

बनेको हो ।’

प्रेम र द्वन्द्व समेटिएको चलचित्रमा रिया श्रेष्ठ, निता ढुंगाना, रिया श्रेष्ठ, डीबी क्षेत्रीलगायतले अभिनय गर्ने छन् । प्रदीप श्रेष्ठको निर्देशन रहेको फिल्म तुलसी आचार्य र डीबी क्षेत्रीले निर्माण गर्न लागेका हुन् ।

Posted by: DPR                                                      Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.