कतारबाट नेपाल फोन सस्तोमा हुने


दोहा, फाल्गुन २६ -फोन सेवालाई सहज बनाउन नेपाल टेलिकम र कतारको सरकारी सञ्चार क्युटेलबीच सोमबार शुल्क घटाउनेलगायत विषयमा समझदारी भएको छ । समझदारीमा क्युटेलले सर्किट थप्ने, फोन शुल्क सस्तो गर्ने, कतारमा मध्यपूर्वको मुख्य विन्दु (प्वाइन्ट अफ प्रेजेन्स) बनाउनेलगायत विषय छन् । समझादारीको अवसरमा क्युटेलले मंगलबार र बुधबार नेपाल फोन गर्दा लाग्ने कलरेट कटौतीसमेत गरेको छ ।

समझदारीपत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंह र क्युटेलका प्रमुख सञ्चालन अधिकृत निक डेन्टले हस्ताक्षर गरेका छन् । नेपालका लागि नियमित कल रेट ९९ दिराम प्रतिमिनेट (लगभग २० रुपैयाँ) लिँदै गरेको क्युटेलले व्यापार प्रवर्द्धनका लागि माघ १८ देखि फागुन ३० सम्म ५५ दिराम (११ रुपैयाँ) बनाएको छ । समझदारीपछि क्युटेलले नेपाल फोन गर्न २ दिनका लागि प्रतिमिनेट ४५ दिराम (९ रुपैयाँ) मा झारेको छ ।

क्युटेलले नेपालमा फोन गर्न १२ सय सर्किट दिँदै आएकामा सम्झौतापछि ६ सय थप गरी १८ सय सर्किट पुर्‍याएको छ । सर्किट थप भएपछि अब नेपालमा फोन गर्न कुनै झन्झट बेहोर्न नपर्ने सिंहले कान्तिपुरलाई बताए। कतारबाट नेपालमा फोन गर्दा व्यस्त समय तथा अफरको बेला नेटवर्क टिप्न कठिनाइ हुने समस्या पर्दै आएको थियो । त्यस्तै कल दर कति बनाउने, मोबाइलबाट रेमिट्यान्स कसरी पठाउने, त्यसको सेवा शुल्क कति लिने र कतारलाई प्वाइन्ट अफ प्रेजेन्स बनाएर मध्यपूर्वको टेलिफोन कललाई सस्तो बनाउने विषयमा पनि क्युटेलसँग छलफल भइरहेको उनको भनाइ छ । उनले नेपालबाट कतार फोन गर्दा लाग्ने शुल्क पनि घटाउने योजना बनाएको कान्तिपुरलाई सुनाए । क्युटेलसँग नोभेम्बरको अत्यदेखि सम्बन्ध सुरु भएको जनाउँदै सिंहले समझदारीपत्रमा हस्ताक्षरपछि क्रमिक रूपमा विभिन्न विषयमा सम्झौता गरिने बताए ।

कतारमा दुई वटा टेलिकम सेवा प्रदायक कम्पनी क्युटेल र निजी क्षेत्रको भोडा फोनले नेपाल फोन गरेको हाल सामन्यतः ५०/ ५५ दिराम (१०/११ रुपैयाँ) प्रति मिनेट लिने गरेको छन्। यसअघि करिब १ रियल (२० रुपैयाँ) र एक/डेढ वर्षअघि प्रतिमिनेट दुई/अढाइ रियल (४०/५० रुपैयाँ) लिने गरेका थिए । कतारका लागि नेपाली राजदूत डा. सूर्यनाथ मिश्रले क्युटेल र भोडा फोनका अधिकारीहरूसँग भेटेर पहिलेदेखि नै नेपाल कल गर्दा लाग्ने शुल्क घटाउन आग्रह गर्दै आएको टेलिकमका अधिकारीसँगको कुराकानीमा बताए । ‘नेपालीले कतारमा गर्ने खर्चमध्ये करिब २५ प्रतिशत सञ्चारमा खर्चिएका छन्,’ उनले भने, ‘कल खर्च घटेर सस्तो भए नेपाल जाने रेमिट्यान्ससमेत बढ्छ ।’

टेलिकम अधिकारीका अनुसार कतारबाट विदेशमा सबैभन्दा बढी फोन गर्नेमा नेपाली छन । कतारमा कार्यरत नेपालीले नेपालका सबै सेवा प्रदायक कम्पनीका मोबाइल र टेलिफोनमा गरी दैनिक १० लाख मिनेट फोन गर्दै आएका छन । कतारमा रहेका साढे ३ लाख नेपालीमध्येको अनुपातअनुसार प्रत्येक व्यक्तिले दैनिक करिब ३ मिनेट नेपाल कुरा गरेको तथ्यांकले देखाएको छ । प्रबन्ध निर्देशक सिंहले अन्य देशसँग पनि सस्तो मूल्यमा भरपर्दो सेवा उपलब्ध गराउने योजना बनाएको बताए । ‘जहाँ बढी नेपाली बस्छन्, ती ठाउँको सेवा सस्तो र सहज बनाउन लागेको छौं,’ सिहंले भने ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.