मनोज काफ्ले ‘मनसुन’
रचना: २७ फेब्रुवरी २०११
आँखैभरि गाजल दली ओठैभरि लाली
रातो साडी पहिरिएकी अन्तरेकी साली !
छड्केगरी नजर तरी आफै लट्ठ परी
रसिली ती कसिली मुहार काली काली !
लामालामा केशराशी टमक्कको जिउ
होशमेरो संगै उड्यो तानी एकैपाली !
मैले उसलाई हेरिरहें उसले मलाई बेरिरही
नजिकैका साथीसंगी बजाइहाले ताली !
मैलाइ पनी शर्म भयो उस्लाई पनी शर्म
अन्तरेले भने अरे साली इज्जत फाली !!
Posted by: Jay Ale
nice and cute poem. keep it up……..
very nice poem manoj ji.keep it up and wish you good luck ahead.
indra bhusal
A very nice Gajal Manoj ji & want to reply it with some thing hai..
घरमा गोरी हुँदा हुँदै किन खोज्छौ काली ?
अन्तरेकै साली ताक्ने तिमी कती जाली !
तिमी यता अर्कैसंग बस्छौ किन रमाएर ?
उता कती तड्पी होलीन् बिचरी घरवाली !
आफ्नो फुल कुल्चेर अर्काको फुल चुम्ने
नबन भो त्यती बिध्न बिग्रिएको माली !