अध्यक्ष युनुस अन्सारीलाई गोली हानियो


फाल्गुन २६ – केन्द्रीय कारागारमा रहेका नेशनल टेलिभिजनका कार्यकारी अध्यक्ष युनुस अन्सारीलाई गोली हानिएको छ । नक्कली भारतीय रुपैयाँको कारोवारमा संलग्न रहेको अभियोगमा अन्सारी सुन्धारास्थित केन्द्रीय कारागारमा छन् । बिहीबार बिहान साढे ११ बजे उनलाई भेट्न आएका एक व्यक्तिले गोली हानेको प्रहरीले जनाएको छ । घाइते अन्सारीलाई उपचारार्थ नर्भिक अस्पताल लगिएको छ । उनको कुममा गोली लागेको छ । अन्सारी खतरा मुक्त रहेको अस्पतालले जनाएको छ । गोली हान्ने व्यक्ति हतियार सहित पक्राउ परेको महानगरी प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी माधव नेपालले बताए । प्रहरीका अनुसार भारतीय नागरिक अहमद खान पक्राउ परेका हुन् । उनले खुट्टामा लुकाएर  जेलमा पेस्तोल लगेका थिए । कारागार स्रोतका अनुसार तीन महिना यता उनी अन्सारी, चाल्र्स शोभराज र अपहरण मुद्दामा पक्राउ परेका अमर टण्डनलाई भेट्न आइरहन्थे । उनले अन्सारीको छातिमा गोली हान्न खोजेपनि एकजना प्रहरी जवानले जोगाएका कारण  कुममा गोली लागेको हो । पक्राउ परेका खान ‘कन्ट्रयाक्ट किलर’ रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनलाई तेस्रो पक्षले १५ लाख रुपैयाँ दिएर अन्सारीमाथि गोली हान्न लगाएको बुझिएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसअघि गत वर्ष माघ २४ गते च्यानल नेपालका संचालक जमिम शाहलाई गोली हानी हत्या गरिएको थियो ।

Posted By: DPR                                                                  Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.