Daily Archives: 10/03/2011

अन्तरेकी साली (गजल)


मनोज काफ्ले ‘मनसुन’
रचना: २७ फेब्रुवरी २०११

आँखैभरि गाजल दली ओठैभरि लाली
रातो साडी पहिरिएकी अन्तरेकी साली !

छड्केगरी नजर तरी आफै लट्ठ परी
रसिली ती कसिली मुहार काली काली ! पढ्नेक्रम जारी राख्नुहोस्

दाहालपुत्र फिल्म सुटिङमा


  कास्की, फाल्गुन २६ – माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाश (सँगैको तस्बिरमा बायाँबाट तेस्रो) बुधबार पोखराको फूलबारी रिसोर्ट परिसरमा चलचित्रकर्मीमाझ भेटिए ।संगीतकार चेतन सापकोटाले उनलाई ‘कमरेड’ सम्बोधन गर्दै क्यामेरा पुज्न लगाए । माओवादी समर्थित सिनेकर्मीहरूले निर्माण गर्न लागेको फिल्म ‘बोस’ को शुममुहूर्तका लागि पोखरा आएका प्रकाश दाहाल निकै उत्साही देखिन्थे ।  पार्टीको कुनै विशिष्ट पदमा नरहे पनि पढ्नेक्रम जारी राख्नुहोस्

अध्यक्ष युनुस अन्सारीलाई गोली हानियो


फाल्गुन २६ – केन्द्रीय कारागारमा रहेका नेशनल टेलिभिजनका कार्यकारी अध्यक्ष युनुस अन्सारीलाई गोली हानिएको छ । नक्कली भारतीय रुपैयाँको कारोवारमा संलग्न रहेको अभियोगमा अन्सारी सुन्धारास्थित केन्द्रीय कारागारमा छन् । बिहीबार बिहान साढे ११ बजे उनलाई भेट्न पढ्नेक्रम जारी राख्नुहोस्

भारत क्वाटरफाइनलनजिक


नयाँदिल्ली (एजेन्सी), फाल्गुन २६ – युवराज सिंहले अर्द्धशतक बनाएपछि भारत विश्वकप क्रिकेटमा बुधबार नेदरल्यान्ड्सलाई ५ विकेटले हराउँदै क्वाटरफाइनलनजिक पुगेको छ । भारतले १ सय ९० रनको विजयी लक्ष्य ३६ ओभर तीन बलमा पूरा गर्‍यो । युवराजले नटआउट ५१ रन जोडे । पढ्नेक्रम जारी राख्नुहोस्

ट्रकको ठक्करबाट मनुमायाको मृत्यु, पृथ्वी राजमार्ग अवरुद्ध


समुन्द्र पौडेल,

तनहुँ, फागुन २६- पृथ्वी राजमार्ग अर्न्तगत तनहुँको बन्दिपुर-८, याम्पाफाँटमा बिहीबार बिहान ट्रकले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।   मृत्यु हुनेमा श्याम्घा-९ का ५० की मनुमाया पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुसँले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

कतारबाट नेपाल फोन सस्तोमा हुने


दोहा, फाल्गुन २६ -फोन सेवालाई सहज बनाउन नेपाल टेलिकम र कतारको सरकारी सञ्चार क्युटेलबीच सोमबार शुल्क घटाउनेलगायत विषयमा समझदारी भएको छ । समझदारीमा क्युटेलले सर्किट थप्ने, फोन शुल्क सस्तो गर्ने, कतारमा मध्यपूर्वको मुख्य विन्दु (प्वाइन्ट अफ प्रेजेन्स) बनाउनेलगायत विषय छन् । पढ्नेक्रम जारी राख्नुहोस्

बेलायतद्वारा ३३ करोड पाउण्ड सहयोग घोषणा


काठमाडौ, फाल्गुन २६ -बेलायतले नेपालको चौतर्फी विकासका लागि ३३ करोड एक लाख स्टर्लिङ पाउण्ड प्रदान गर्ने भएको छ । शान्तिप्रक्रिया, सबल शासन, सुरक्षास्थितिमा सुधार तथा न्यायमा पहुँच बढाउन चार वर्षको अवधिमा खर्च गर्ने गरी बेलायतले उक्त सहायता रकम बुधबार अपराहृन घोषणा गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

३० हजारमा श्रीमती बेच्ने प्रहरी खोरमा


धनगढी, फाल्गुन २६ -कैलालीका एक युवाले आफ्नो श्रीमती महेश्वरीलाई भारतमा लगेर ३० हजार भारुमा बेचेका छन । श्रीमती भारतमा बेचेको आरोप लागेका युवालाई प्रहरीले पक्राउ गरेको छ । छोरी बेचिएको आशंकामा महेश्वरीका माइती पक्षले प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन । पढ्नेक्रम जारी राख्नुहोस्