६०१ कागले संविधानसभा घेर्ने !


२०६५ को काग तिहारका दिन राजधानीमा कागको बथान बोलाउँदै गौतम सापकोटा । उनलाई २५१ जातका चराको आवाज निकाल्न आउँछ । फाइल तस्बिरविराटनगर, फाल्गुन २५ – चराहरूको स्वर निकाल्ने र उनीहरूसँग संवाद गर्ने खुबी भएका मकवानपुरका गौतमप्रसाद सापकोटा अर्थात् ‘चरीदादा’ ले निर्धारित समयमा संविधान नबने जेठ १४ का दिन ६ सय १ काग भेला गरी संविधानसभा घेराउ गर्ने घोषणा गरेका छन् ।

२ सय ५१ प्रजातिका चराको आवाज निकालेर बोलाउनसमेत सक्ने र दुई दर्जन प्रजातिसँग दोहोरो संवाद गर्न सक्ने कला’bout गिनिज बुक अफ वल्र्ड रेकर्डका लागि आवेदन दिइसकेका उनले भने, ‘तोकिएको समयमा संविधान जारी नभए काग बोलाएर संविधानसभा हल घेराउँछु ।’

संविधान बनाउन आलटाल भएकाले दबाब दिन आफूले यसो गर्न लागेको उनले बताए । उनले यसअघि २०६४ मा संविधानसभा निर्वाचनका लागि दबाब दिन काग सम्मेलन गरेका थिए । त्यस्तै २०६५ कात्तिक १० गते काग तिहारमा बालकुमारीको सल्लाघारीमा काग बोलाएर पञ्चकन्या पूजा गरी विश्व शान्तिको कामना गरेका थिए । त्यसैगरी २०६६ मा परराष्ट्र मन्त्रालयभित्रै काग बोलाएका थिए ।

‘जंगलनजिक भए अरू चरा पनि बोलाउन सकिन्छ तर सहरमा काग मात्र उपलब्ध हुन्छन्,’ उनले भने, ‘संविधान नबने जेठ १४ का दिन संविधानसभा भवन कागहरूले घेर्नेछन् ।’ उनी चराबाहेक सात जनावरको आवाज पनि निकाल्छन् ।

सापकोटा पर्यटन वर्ष २०११ का सद्भावना दूत पनि हुन् । उनले २००८ विश्व वन्यजन्तु कोषको टसी लामा संरक्षण पुरस्कार, २००९ मा जेसिसको उत्कृष्ट युवा पुरस्कार र २०१० को उत्कृष्ट युवा पुरस्कार पाएका छन् । चरा बोलाउने क्रममै ६५ जिल्ला घुमिसकेका उनले ५ हजारवटा प्रमाणपत्र पाइसकेका छन् ।

Posted by: Shiva Paudel

Source: Kantipuronline

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.