रेफरलबाट सटिक निर्णयको प्रतिशत बढ्यो .


दिल्ली, फागुन २५ (एजेन्सी)- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले रेफरल प्रणाली (डिआरएस) को प्रयोगबाट विश्वकपमा सटिक निर्णयको औसत ९० दशमलब १८ बाट बढेर ९७ दशमलव ८२ प्रतिशत भएको दाबी गरेको छ। आइसिसीका महाप्रबन्धक डेव रिचर्ड्सनले विश्वकपमा रेफरल प्रणालीले सटिक तरिकाबाट काम गरिरहेको बताए।

‘विश्वकपमा सटिक निर्णयको प्रतिशत एकदिने खेलको सामान्य औसतभन्दा बढी छ, जसबाट रेफरल प्रणालीले अम्पायरलाई सटिक निर्णय दिन मद्धत पुर्‍याएको स्पष्ट हुन्छ,’ उनले रेफरल प्रणालीमा एलबिडब्लुको मामिलामा स्टम्पबाट साढे २ मिटरपरको नियममा कुनै परिवर्तन नगरिएको पनि उनले बताए। तर यस’boutमा अम्पायरहरूलाई स्पष्ट दिशा निर्देश दिइएको पनि उनले बताए। विश्वकप क्रिकेट २०११ मा पहिलोपटक रेफरल प्रणालीको प्रयोग गरिएको छ।

भारत र इङ्ल्यान्बीच बेङलोरमा भएको खेलमा इयान बेलविरुद्ध एलबिडब्लुको अपिललाई मैदानका अम्पायरले अस्वीकार गरेपछि भारतले रेफरल मागेको थियो। रिप्लेअनुसार बल स्टम्पमा गइरहेको थियो, तर मैदानी अम्पायरले आफ्नो निर्णयलाई कायमै राखेका थिए। भारतीय कप्तान महेन्द्रसिंह धोनीले खेलपछि रेफरल प्रणालीको आलोचना गरेका थिए र धोनीको समर्थन गर्दै भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले पनि यसमाथि आपत्ति जनाउँदै आइसिसीलाई पत्र लेखेको थियो।

भारतीय खेलाडी र बोर्ड रेफरल प्रणालीको विरोधमा रहँदै आएका छन्। यसबीच पाकिस्तानका पूर्वकप्तान रसिद लतिफले धोनीको कुरामा सहमति जनाउँदै रेफरल प्रणालीको औचित्यमा प्रश्न उठाउँदै यसलाई ठट्टाको संज्ञा दिए।

‘विश्वकपमा जुन किसिमले रेफरल प्रणालीलाई लागू गरिएको छ र जसरी अम्पायरको निर्णय उल्टाइँदै छ, त्यसबाट यो एउटा ठट्टामा सीमित भएको छ। यो प्रणाली आफ्नो उद्देश्यको पूर्तिमा असफल सावित भइसकेको छ।’

Posted by: Shiva Paudel

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.