मुलुकभरका निजी विद्यालयमा पठनपाठन ठप्प


धनकुटा, फाल्गुन २५ – शिक्षकका न्युनतम पेशागत तथा निजी विद्यालयमा भएका विद्यमान सम्पूर्ण कमजोरी हटाउन माग राख्दै नेपाल संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले बुधबार मुलुकभरका निजी विद्यालय बन्द गराएको छ । नियुक्ति पत्र, प्रचलित तलबभत्ता, सञ्चयकोष लगायतका सुविधा उपलब्ध गराउनु पर्ने, विद्यालयलाई कम्पनि ऐनमा दर्ता हुने प्रावधान खारेजी, नेपालको राष्ट्रियता माथि हस्तक्षेपपुर्ण पाठ्यपुस्तक खारेजी, बिना अनुमति सञ्चालित विद्यालयलाई कानुनको दायरामा ल्याउन, निजी विद्यालयका शिक्षकमाथि हुने सबै प्रकारका शोषण अन्त्य गर्ने लगायत एक दर्जन माग राख्दै विद्यालय बन्द गरिएको इस्टुका सदस्य दिनेश अधिकारीले जानकारी दिए ।

यस अघि सरकारसँग भएका वार्ताबाट कुनै उपलब्धी नभएकोले आज एक दिन बन्द गरिएपनि प्याब्सन, एन प्याब्सन, विद्यालय सञ्चालकहरु संवेदनशील नभए चरणबद्ध आन्दोलनमा उत्रने विज्ञप्ति मार्फत चेतावनि दिइएको छ । बन्दका कारण सम्पूर्ण निजी विद्यालयहरुमा आज बिहानैदेखि पठनपाठन ठप्प रहेको छ ।

पोखरा । नेपाल संस्थागत बिद्यालय शिक्षक युनियन (इस्टु) को आन्दोलनका कारण बुधवार कास्कीका सबै २ सय ७ वटै नीजि बिद्यालय बन्द भएका छन ।

प्याब्सन, एनप्याब्सन सरकारी प्रतिनिधि र शिक्षक युनियनसंग २०६३ र २०६४ सालमा भएको संझौता तथा शिक्षा नियमावली छैठौ संसोधन २०६७ ले तोकेको संस्थागत शिक्षक पारिश्रमीक, सेवा सुविधाका शर्त सम्बन्धमा गरेको ब्यवस्थाको कार्यान्वयन गराउन ईस्टुले देशभरका नीजि विद्यालय बन्दको आब्हान गरेको थियो ।

बिद्यालय बन्दका कारण कास्कीका २ सय ७ नीजि विद्यालय पुरै बन्द भएका र यसबाट करीब ७० हजार विद्यार्थी प्रभावित बनेका छन । एकदिने विद्यालय बन्द सांकेतिक मात्रै रहेको र माग पुरा नभए चरणबद्ध आन्दोलनमा जाने इस्टु कास्कीका सचिव नारायणप्रसाद उपाध्यायले बताए । कास्कीमा झण्डै ४ हजार शिक्षक नीजि विद्यालयमा कार्यरत छन ।

जिल्ला शिक्षा कार्यालय कास्कीका शिक्षा अधिकारी बैकुण्ठप्रसाद अर्यालले बिद्यालय बन्दका विषयमा औपचारिक जानकारी नभएको बताए ।

Posted by: Shiva Paudel

Source: Kantipuronline

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.