नव वर्ष २०६८ को स्वागतमा लालीगुराँस परिवार कुवेतले साँस्कृतिक कार्यक्रम गर्ने


जय आले, कुवेत

कुवेतमा कृयाशिल लालीगुराँस साँस्कृतिक परिवारले नयाँ वर्ष २०६८ को पावन अवसरमा आगामी ०८ अप्रिल २०११ शुक्रवारको दिन, आफ्नो दोस्रो सांगितिक प्रस्तुती स्वरुप कुवेतको एसिया-एसिया होटलमा आफ्ना लोकप्रिय (स्थानिय) कलाकारहरुको साथमा भव्य साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

गत वर्ष नेपालीहरुको महान चाड बडा दशैंलाई स्वागत गर्दै आफ्नो प्रथम प्रस्तुती स्वरुप “दशहरा सांगितिक रमझम-२०१०” सफलतापूर्वक प्रस्तुत गरी चर्चाको शिखरमा पुगेको यस परिवारले आफु एउटा साँस्कृतिक एवं सांगितिक संस्था हुनुको वावजुद पनि खेलप्रेमी प्रवासी नेपालीहरुको भावनालाई कदर गर्दै गत वर्षको बक्रे इदमा “१३ नेपाली टिमहरुको सहभागीतामा” अन्तर नेपाली भलिवल प्रतियोगिताको समेत आयोजना गरेको थियो ।

लालीगुराँस साँस्कृतिक परिवारले नव वर्ष २०६८ को स्वागतार्थ आफ्ना लोकप्रिय कलाकारहरुको साथमा प्रस्तुत गर्न गईरहेको प्रस्तुतिको गायन तर्फ संस्थाका सचिव एवं चर्चित गायक चन्दन लिम्बु र नृत्य तर्फ नृत्यकार सागर राई र नृत्यांगना मनिता रसाईलीको संयोजकत्वमा व्यापक तयारी भईरहेको संस्थाका अध्यक्ष बि.बि मल्ल ठकुरीले कुवेतनेपाल डटकमलाई जानकारी गराउनु भयो ।

Advertisements

9 responses to “नव वर्ष २०६८ को स्वागतमा लालीगुराँस परिवार कुवेतले साँस्कृतिक कार्यक्रम गर्ने

  1. congratulation laligurns.. Love u all….

  2. लल ललिगुरास परिवारलाई मेरो तर्फबाट हार्दिक बधाई तथा शुभकामना र भरपूर्ण सपोर्ट

    धर्म राज गिरी

  3. congratulation laligurns.. Love u all….Best of luck

  4. I would like to request to all of my friends and all Nepalese in Kuwait to come and enjoy this cultural program.

    Indra Bhusal

  5. धेरै धेरै बधाई छ् लाली गुरास परिवार लाई हजुर हरुको कार्यक्रम भब्यता का साथ् सफल होस्

  6. naya barsa ma huna lageko karyakram bhabye ta ka satha safal rahosh ! yehi mero lali gurash pariwarlai shuvakamana.

  7. बधाई छ लालिगुरास परिवार लाई।।। सफलता को कामना गर्दछु cangraculaction and all the best

  8. lali gurash pariwarlai safaltako hardik badhai cha sathai naya barsha 2068 suv-kamana cha .tapai haruko karykram prastuti ramro cha tara alik dherai lok geet bhayo pop taha aadhunik ko matralai pani sthan dida jyadi utkrist hunacha hai.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.