लिबियाबाट १२ सय ७७ फर्के


नेस, काठमाण्डौ । सरकारले सोमबारसम्म लिबियामा कार्यरत राजनीतिपीडित नेपाली कामदारमध्ये १२ सय ७७ लाई उद्धार गरी नेपाल फर्काएको जनाएको छ । सरकारले तीनपटकसम्म विमान चार्टर गरी लिबियामा कार्यरत सिनो हाइड्रो कम्पनीमा काम गरिरहेका ७ सय २२ मध्ये पहिलोमा २ सय ६५ जना दोस्रोमा २ सय २७ जना र तेस्रोमा २ सय ३० जनालाई काठमाडौं भित्र्याएको हो । तेस्रो चार्टर सोमबार आइपुगेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा हाल लिबियाको राजधानी त्रिपोलीमा थप १ सय १५ जना र अर्को शहर बेंगाजीमा १२ जना नेपाली कामदार रहेको जनाइएको छ । ती कामदारलाई कायरोस्थित नेपाली राजदूतावासले अवस्था हेरी सुरक्षित स्थानमा लैजाने प्रयासमा लागेको जनाइएको छ ।

लिबियामा केही समयदेखि चलिरहेको आन्दोलनका कारण त्यहाँ कार्यरत विदेशीहरुलाई आ-आफ्नो देश फर्काउने अभियान चलाइएको छ । त्यसै क्रममा नेपाल सरकारले पनि आफ्ना नागरिकलाई स्वदेश फर्काउने कामलाई उच्च प्राथमिकता दिएको छ ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.